20130926

सधै हैसिलो मुद्रामा प्रस्तुत हुने अनिलले गम्भीर हुदै भने, कम्तीमा पनि सात समुद्रपारीको यो डायस्पोरिक समाज यसरी दल र जातका आधारमा खण्डीकरण नहोस्

मदरल्याण्डको मर्म अनिलको अडान

- शिव नेपाल
अनुमानित ३ लाखको हाराहारिमा नेपालीहरु रहेको अमेरिकाका प्रायजसो सवै राज्यहरुमा नेपाली डायस्फोरा फैलिएको छ । संघ संस्थाको आंकलन गर्ने हो भने अमेरिकामा नेपालीहरुको संस्था शायद अन्य देशका आप्रवासीहरुको भन्दा अधिक नै छ । एउटै शहरमा पनि थुप्रै संस्थाहरु खुलेका छन् । अध्यक्ष वा पदाधिकारी बन्ने होडवाजी र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने हाम्रो नेपाली नियति र परम्पराको निरन्तरता सात समुद्र पारीको अमेरिकामा पनि देखिएको छ, जसको कारण केही समययता राजनीतिक रुपमा मात्र नभई नेपालमा भइरहेको जातियताको प्रभाव यहाँ पनि पर्न थालको छ  र जातीयताको नाममा पनि संघ संस्थाहरु स्थापना हुन थालेका छन् ।  क्यालिफोनिया राज्यमा मात्र दर्जनको हाराहारीमा नेपाली संस्थाहरु रहेका छन् । ती मध्ये स्यान फ्रान्सिस्को शहर आसपासको वे एरियामा कृयाशील अनिल पाण्डेको अध्यक्षतामा स्थापित मदरल्याण्ड नेपाल अलि फरक संस्थाको रुपमा स्थापित छ । राजनीतिक भन्दा पनि सामाजिक र नेपाल प्रवर्धनमा उनको सकृयता देखिएको छ । नेपाली कला संस्कृति, पहिचान र नेपालको प्रर्वधनका लागि उनको संस्थाले धेरै काम गरेको छ । आलोचना गर्नेहरु उनलाई राजावादीको आरोप लगाउछन् तर आफू कुनै वादी नभई देशवादी मात्र भएको तर्क सुनाउने अनिल आफैमा प्रतिभाशाली कलाकार र पत्रकार पनि हुन् । नेपालका ख्यातीप्रप्त कलाकार सन्तोष पन्तसंग हिजोआजका कुरा लगायतका कार्यक्रममा कलाकारिता प्रस्तुत गरेका अनिल नेपालको वारेमा यहाँ पनि कलम चलाउछन् । परिवर्तन आफैवाट गर्नुपर्छ भन्ने उनको मान्यता छ । भन्छन, अरुलाई गाली गर्नुभन्दा मैले देशको लागि के गरें भन्ने मेरो चिन्ता हो । अनिल सन १९८३ तिर अध्ययनको लागि अमेरिका आएका थिए । त्यतिवेला औलामा गन्ने नेपालीहरु मात्र थिए ति पनि प्रायश अध्ययनको शिलशिलामा आएका । ती मध्ये अनिल र एक दुई जना मात्र होलान यहाँ बसोवास
गरिरहेका । कोही नेपालीसंग भेटघाट हुदा नेपाल नै पुगेको जस्तो लाग्थ्यो, अनिललले ती दिन सम्झदै भने, हामी समय समयमा जम्मा भएर पटलक गथ्यौं । त्यतिवेला पनि अमेरिकामा नेपालको प्रचार गर्ने नेपाली कला सस्कृतिलाई जर्गेना गर्ने र छरिएर रहेका नेपालीहरुको हित र सहयोगको लागि गैर राजनीतिक र गैरनाफामुखी संस्थाको स्थापना गर्ने उनको उदेश्य थियो । अध्ययनपछि अनिल नेपाल फर्किए । नेपालमा पनि उनले राष्ट र राष्टियताको लागि काम गरे तर नेपालको माहोलमा उनी अटाउन सकेनन र फेरी फर्र्किए अमेरिका । नेपालको लागि काम जहाँ बसेर गरेपनि हुन्छ नेपालमा नै बस्नुपर्छ भन्ने छैन उनले भने ।
सन २००२ देखि नेपाल र नेपालीको लागि मदरल्याड सकृय हुन थाल्यो तर औपचारिकता पायो  २००५ देखि । सन २००२ देखि २०१३ सम्म आइपुग्दा मदरल्याण्ड नेपालले नेपाल र नेपालीको लागि धेरै काम गरेको छ विशेष गरि नेपाल र नेपाल संस्कृतिको प्रवर्धनको लागि । नेपालमा दन्द पीडितलाई सहयोगदेखि विद्यालय निमार्ण र छात्रबृत्तिसम्म मदरल्याडको गतिविधि फैलिएको छ । सशस्त्र दन्दमा मारिएका सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्काको परिवारदेखि डिकेन्द्र थापाको बच्चालाई छात्रबृत्तिमा मदरल्याण्डका हातहरु फैलिएका छन् त्यसको अलावा नेपालमा पुस्तक प्रकाशन र पुस्तकालय स्थापनामा पनि अनिल र मदरल्याण्ड संगै उभिएका छन् । सबै नेपाल खत्तम भयो भन्छन् म चाही आफैवाट केही रचनात्मक काम गरौं, हामी जहाँ बसेपनि नेपाली हौं भन्छु, सानो भेटमा अनिलले सुनाए । अनिल आफैंमा कृयाशील र र प्रतिभामुखी ब्यक्ति भएकाले उनी नेपाल र नेपालीको लागि केही र केही गरिरहेका हुन्छन्, नेपाल प्रवर्धनमा उनले गरेका प्रयास प्रशंशनीय छ, डा आमोद पोखरेलले सुनाए । उनी आफैपनि नेपालप्रति समर्पित छन् । 
क्यालिफार्नियाको वे एरियामा नेपाली सामुदायिक केन्द्र निमार्णको लागि आवश्यक पहलको लागि यहाँकी डेमोक्याट पार्टीकी वरिष्ठ सिनेटर डायन फाइन्टाइनसंग समेत अनिलको मदरल्याण्ड सकृय रहेको छ । हालै मात्र नेपाली कला र संस्कृति र नेपालवारे जानकारी दिन स्यान फ्रान्सिस्को शहरका् जपानीज टाउनमा एक कार्यक्रमको आयोजना गरिएको थियो जहाँ नेपालीहरुले आफ्नो कला संस्कृति र परिवेश प्रस्तुसतको अलावा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । अमेरिकामा जन्मिएका नेपाली केटाकेटीहरुले नेपालको संस्कृतिलाइ नविसिउन र आफूलाई नेपालीको रुपमा स्थापित गराउन सकुन भन्ने अभिप्रायले नेपाली भाषा, कलार र नृत्य प्रशिक्षण र नृत्यको कक्षा संचालन गरिरहेको छ । नेपालको गतिविधि र अमेरिकामा रहेका नेपालीहरुको डायस्फोरिक गतिविधि समेटेर साप्ताहिक रुपमा मदरल्याड नेपालले कार्यक्रम प्रस्तुत गर्ने गरेको छ । गत वर्ष मात्र मदरल्याड नेपालले स्यान होजे स्टेट युनिभर्सिटीमा नेपाल डे को आयोजना गरेर नेपाल वारेमा यहाँका विद्यार्थीहरुलाइृ जानकारी दिन बृहत्त कार्यक्रम सम्पन्न गर्याे  । आगामी डिसेम्वर महिनाको ७ तारेखको दिन नेपाली कलाको विकास र बृहत्त सास्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । 
दशकको हाराहारीमा पाण्डेको पहिचान पनि वदलिएको छ, नेपाल पर्यटन वोर्डको मानार्थ दूत र नेपाल अमेरिका नेपाल चेम्वर अफ कमर्शको कोषाध्यक्षको रुपमा । जिम्मेवारी थपिएको छ, अमेरिकामा नेपाल चिनाउने र यहाँ व्यावसाय गर्न नेपालीहरुलाई प्रेरित गर्न थप उर्जा मिलेको छ, संछिप्त प्रतिकृयामा उनले भने । क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को आफैंमा अमेरिकाको पर्यटकीय शहर हो यहाँ करोडौ मान्छेहरु घुम्न आउछन् । नेपाललाई थोरै मात्र चिनाउन सके पनि हाम्रो लागि धेरै हुन्छ, पर्यटन दुतको रुपमा कार्यरत रहेका पाण्डेले भने । 
नेपालमा जति राजनीतिक दल छन्, उति समूहमा नेपलिज डायस्पोरा पनि चिरापरेको अवस्थामा अनिल चाहिं कहाँनिर उभिएका छन् ? के उनी लोकतन्त्रको आधार मानिएको दलीय पद्धति मान्दैनन् त ? कतिले प्रश्न उठाउन सक्छन् । तर्कशील अनिल भन्छन्, ‘नेपाल र नेपालीको कल्याण र उन्नति मेरो लक्ष्य हो, यसका लागि इमान्दार लोकतन्त्रवादी र मानवअधिकार रक्षकहरुको खाँचो पर्दछ’ उनी प्रष्ट पार्छन्, ‘दलीय स्वार्थ पहिलो नम्बरमा र दोस्रो तेस्रो नम्बरतिर मात्र नेपाल र नेपालीलाई सम्झेजस्तो व्यवहार देखाउने समुहसँग मेरो आपत्ति छ ।’ उदाहरण दिदै भन्छन् ‘लोकतन्त्रका नाममा अराजकता र स्वच्छन्दता मुलुकका लागि हितकर छैन । म सञ्चारकर्मी पनि हुँ, मलाई थाहा छ संसारको ठूलो लोकतन्त्र भनिने भारतका एफएम रेडियोलाई सामान्यतः समाचार भन्ने अनुमति छैन, तर नेपालमा  ३ सय भन्दा बढी रेडियोले एकसाथ समाचार फुक्छन् । नबलपरासीमा मोइद खाँको घटनामा साम्प्रदायिक दंगा भयो एउटा अराजक एफएम स्टेसनका कारण । यस खालको, भारतले समेत पचाउन नसकेको लोकतन्त्र र दलीयतासँग मेरो आपत्ति हो । लोकतन्त्र भोजन हो, चाहिन्छ तर पचाउने क्षमता विकास गर्दै भोजन गरौं । सधै हैसिलो मुद्रामा प्रस्तुत हुने अनिलले गम्भीर हुदै भने, कम्तीमा पनि सात समुद्रपारीको यो डायस्पोरिक समाज यसरी दल र जातका आधारमा खण्डीकरण नहोस्, सही अर्थमा लोकतन्त्र र मानवअधिकारको सम्मान होस् ।
- स्यान फ्रान्सिस्को, क्यालिफोर्निया

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक