20131019

ससुरालाई खुकुरी प्रहार गर्ने एक महिला पक्राउ

खोटाङ ।/ ससुरालाई खुकुरी प्रहार गर्ने यहाँकी एक महिला पक्राउ परेकी छिन् । पाथेका-६ का ८० वषर्ीय बखतबहादुर राईलाई खुकुरी प्रहार गर्ने उनकी ३४ वर्षीया बुहारी अरुणकुमारी राई (रुपा) पक्राउ परेकी हुन् । घरायसी विवादमा ज्यान मार्ने उद्देश्यले बुहारीले खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि बुहारी रुपालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । घरमै बसिरहेका ससुरालाई शुक्रबार बुहारीले खुकुरी प्रहार गर्दा ससुराको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइते ससुराको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक