20131019

एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार

दाङको धमकापुरमा एकीकृत नेकपा माओबादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको छ । डुरुवा गाबिस ६ धमकापुर का ३८ बर्षीय चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अबस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली हानेको हो । चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । आक्रमणमा परि गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने समूहका दुई जनाको पहिचान भएको छ । उरहरी बेलगनारका जगत चौधरी र पारस हमाल गोली प्रहारमा संलग्न भएको छ । उनीहरु यसअघि पनि अपराधिक गतिविधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्टवाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार घटना पश्चात दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा प्रहरी परिचालन भएको छ । त्यस्तै शसस्त्र प्रहरी पनि नाका र हाईवेमा परिचालन गरिएको छ । एकीकृत नेकपा माओवादीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्माको वडा नं २ चिन्तुमा एकीकृत नेकपा माओवादीका भूपालसिंह ओलीलगायतको प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्नेलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । अर्मा गाविस वडा नं २ का खडकबहादुर पुन, दीपेन्द्र खड्का र धर्मबहादुर खड्का पक्राउ परेको रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरुले नुवाकोट गाविसको तिमिलेमा लागेको स्थानीय मेलामा वीरेन्द्र ओली र विजय ओलीमाथि पनि
साङ्घातिक आक्रमण गरेको जनाइएको छ । घाँटीमा खुकुरी लागेका दुवैको अवस्था गम्भीर रहेको बताइएको छ । शुक्रबार राति १ बजे चुनावी प्रचार टोलीमाथि आक्रमणको प्रयास गरेका उनीहरुलाई शनिबार बिहान प्रहरीले पक्रेको हो । आˆनो पार्टीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने नेकपा एमाले निकट युथफोर्सका जिल्ला सदस्य भएको दाबी एमाओवादीको छ । माओवादीको २ नं क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक गोपाल शर्माले विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक