20131013

कोरियामा नेपालीले गरे आत्महत्या

- निर्मल थपलिया 
अक्टोबर १३ / दक्षिण कोरिया / चाडबाड, जाडोगर्मि, दिनरात नभनी आफ्नो भबिष्य र परिवारको सुखशान्तिको लागि लगातार खटीरहदा पनि मनले शान्ति पाउन नसके पछि बाच्नुको अर्थ के नै रहयो र भन्ने सोचेरै होला, संसारभरका नेपालीहरुले हर्सौल्लास साथ बडादशैं मनाईरहदा  दक्षिण कोरियामा डोटीका मोहन बिस्टले आत्महत्या गरेका छन् | पाँच महिना अगाडी रोजगारीको सिलसिलामा  इ पी एस मार्फत कोरिया प्रवेश गरेका २४ बर्षीय बिस्ट सुवन स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए | मृतकले बिगत केहि समय यता न्यून तलब तथा साहुनीको किचकिच र खराब ब्यबहारको कारण कम्पनि छाड्ने तयारी गरेका गरेका थिए | दशैंको अगाडी काम छाडेर नेपाल फर्कने विचार गरेका उनलाई साथीभाइको सल्लाह सल्लाहमा धैर्य गरेका थिए | हिजो अक्टोबर १२ का दिन बेलुका ५:३०  बजेको अनुमानित समयमा कम्पनिबाट पाँच सयमिटर जति नजिकै गएर पासो लगाई आत्माहत्या गरेको  प्रहरीले जनाएको छ | रातको ११:३० बजे तिर मात्र नेपाली साथीहरुले खबर पाएका थिए | हाल मृतकको शव  सुवन स्थित सब गृहमा राखिएको छ | बिस्टले आत्महत्या  गरेको खबर  नेपाल स्थित घर परिवारलाई  पुर्याइसकेको छ | कोरिया स्थित राजदुताबासबाट कर्मचारीहरु केहिसमय पछि आउने कुरा भएको छ | एकै परिवारका लिला बिस्ट, शेर बिस्ट,काशिराम बिस्ट,
कृष्ण बिस्ट आफ्नो काकाहरु कोरियामा नै रहेको कुरा  बताउदै घटनाको विवरण खरेल देबी प्रसादले दिनु भएको हो |  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक