20131013

भारतको मध्यप्रदेश राज्यमा एउटा धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा सयौँको ज्यान गयो, कैयौं बेपत्ता, हजारौं घाइते


भारतको मध्यप्रदेश राज्यमा एउटा धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तीमा उनान्नब्बे जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। अधिकारीहरुले दातिया जिल्लामा एउटा हिन्दु धार्मिक समारोहमा भाग लिइरहेका दशौं हजार तीर्थयात्रुहरुबीच भागदौड मच्चिँदा ती हताहति भएको जनाए।हि न्दुहरुको प्रमुख चाड नवरात्रि अन्तर्गत महानवमीका दिन रतनगढ माताको मन्दिरमा दर्शन गर्न एउटा साँगुरो पुल पार गर्न
खोज्दा उक्त दुर्घटना भएको बताइएको छ। नवरात्रि भरि नै हजारौं श्रद्धालुहरुले मन्दिरमा दर्शन गरेका थिए। ग्वालियर-दतिया मार्गमा सवारी साधनहरु जाममा परेका थिए। पुलको रेलिङ भाँचिएको र कैयौं मानिसहरुले ज्यान जोगाउन सिन्ध नदीमा हाम्फालेको बताइएको छ।ठूलो भीडमा भागदौड मच्चिँदा कैयौं मानिसहरु किचिएका थिए। प्रहरीले हताहतिको संख्या अरु बढन सक्ने आशँका गरेका छन्। उद्धार कार्यकर्ताहरुले नदीमा डुबेका हुनसक्ने मानिसहरुको खोजी गरिरहेका छन्। नदीमा बाढी आएकाले उद्धार कार्यमा कठिनाइ भैरहेको बताइएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। तर केही स्थानीय सन्चारमाध्यमहरुले प्रहरीले भीड नियन्त्रण गर्न लाठी प्रहार गर्दा भागदौड मच्चिएको जनाएका छन्।स्थानीय प्रहरी प्रमुख डि के आर्यले भने, "पुल भत्कन लागेको हल्ला फैलिएपछि भागदौड मच्चिएको हुनसक्छ।" भारतमा अव्यवस्थित धार्मिक समारोहहरुमा प्रायश: भागदौड हुने गरेको छ। यसै वर्षको शुरुमा उत्तरी भारतमा कुम्भ मेलाका क्रममा भएको भागदौडमा कम्तीमा छत्तीस जनाको ज्यान गएको थियो। दुई बर्ष अघि भारतको पवित्र हरिद्वार नगरमा भागदौड मच्चिँदा कम्तीमा बीसजना तीर्थयात्रुहरुको ज्यान गएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक