20131003

पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’

  • - पंकज चौधरी/सुजन पन्त
Madhav nepalपूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’
केही दिन पहिले काठमाडौंको बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारी चयनलाई अन्तिम रुप दिन भेला भएका एमाले नेताहरुको जमघटमा वरिष्ठ नेता माधव नेपालले ‘मुलुकमा ठूलै घटना हुन लागेको’ जानकारी दिएपछि एमालेका अन्य नेताहरुले विष्मयको जिब्रो टोके । एमाले अध्यक्ष झलनाथ खनाल र बामदेव गौतमलगायतका नेता झस्कीए । बामदेवले प्रश्न गरे, ‘कसले कहाँ के घटना गराउँदैछ कमरेड ?’ माधवले भने, ‘अब त्यो सबै कुरा मलाई थाहा भएन, तर कुनै न कुनै ठूलै घटना यहाँ हुनेवाला छ हेर्र्दै जानुहोला । त्यसले निर्वाचन फेरी पर धकेलीने छ ।’ माधवले एकाएक यस्तो जानकारी दिएपछि एमाले नेतृत्व पंक्ती हुँदै यो खबर पेरिस डाँडास्थित एमाओवादी केन्द्र्रीय कार्यालयसम्म पुग्यो । पूर्व गृहमन्त्री रहेका बामदेव गौतमले यसबारेमा सेना, प्रहरी र गुप्तचर अधिकारीसँग पनि सोधखोज गरे । उनले आफू निकटका पत्रकारसँग पनि सोधे । कसैबाट पनि त्यस्तो घटनाको कुनै संकेतको नमिलेपछि बामदेवले आफू निकटका नेताहरुसँग भने, ‘सूचना श्रोत त मेरो पनि
दरै छ, माधवजीले कसरी कुन आधारमा यसरी ठूलै घटना हुँदैछ भनेर भनिरहनुभएको छ ?’ ( नोट: यो समाचार हामीले रातो पाटीबाट लिएका हौँ )

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक