20131004

बारा क्षेत्र नं ४ का उम्मेदवार मोहम्मद आलममाथि गोली प्रहार, आलममाथि गोली प्रहार गरेको जिम्मेवारी मधेश मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेश)ले लिए, अन्य उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन धम्की !

बारा क्षेत्र नं ४ का उम्मेदवार मोहम्मद आलममाथि गोली प्रहार भएको छ। टाउकोमा गोली लागेका आलमलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा अहिले उनको उपचार भइरहेको छ। भारतीय नम्वर प्लेटको मोटरसाइकल चढेर आएका ३ जनाले उनीमाथि आज बिहान करिव ११ बजे गोली हानेका थिए। गोली प्रहारपछि उनीहरु मोटरसाइकलमै भागेका प्रत्यक्षदर्शीले बताए। बाराका प्रमुख जिल्ला अधिकारी नरेश भट्टराईका अनुसार उनलाई तत्कालै उपचारका लगिएको बताए। गम्भीर घाइते उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार प्रारम्भिक उपचार भएको थियो। आलाम एमाले केन्द्रीय सदस्य तथा मुश्लिम इतिहाद संघका अध्यक्ष पनि हुन्। गोली प्रहार गर्ने समूह फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले
एमालेका तर्फबाट मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि हिजै बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थिए। घटनाको विरोधमा एमाले कार्यकर्ताले वीरगञ्ज बजार बन्द गर्ने बताएका छन्। उनीहरुले घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। नेकपा एमालेका उम्मेदवार मोहमुद आलममाथि गोली प्रहार गरेको जिम्मेवारी मधेश मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेश)ले लिएको छ । आज एउटा विज्ञप्ती जारी गर्दै निर्वाचनको विरोधस्वरुप उनलाई भौतिक कारवाही गरिएको बताइएको छ । बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका आलममाथि शुक्रवार मध्यान्ह अज्ञात समूहले गोली प्रहार गरेको थियो । राजनप्रताप र अर्जुन सिंहको नामबाट जारी विज्ञप्तीमा अन्य उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन धम्की दिइएको छ । उम्मेदवारी फिर्ता नलिए उनीहरुको हालत पनि आलम जस्तै पार्ने धम्की पनि विज्ञप्तीमा दिइएको छ ।
Madhesh Mukti Tigers
 ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’ एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारी चयनलाई अन्तिम रुप दिने समयमा यस्तो बताएका थिए । ठूलो घटना हुने र चुनावी वातावरण विथोलिने छ भन्ने नेपालको भनाईप्रति कतिपय नेताहरुले आश्चर्य समेत व्यक्त गरेका थिए । यसबारे पुष्टि गर्न नेताहरुले सुरक्षा निकाय तथा गुप्तचरमा सम्पर्क गर्दा कुनै जानकारी नभएको बताएका थिए । सुरक्षा निकाय तथा गुप्तचरलाई समेत जानकारी नभएको सुचना नेपालले कसरी प्राप्त गरे ? रहस्यको विषय बनेको छ । माधव नेपालले भनेझैं बारामा आज संविधानसभाको निर्वाचनका उम्मेदवारमाथि गोली प्रहार भएको छ । कतै नेपालले भनेजस्तै कुनै ठूलो घटनाको संकेत त होइन ? कतै यस्ता घटनाहरु बारम्बार दोहोरिदै गएर भयानक अवस्थाको सिर्जना त हुने होइन ? यसले चुनावको तयारीमा लागेकाहरुलाई नै त्रसित बनाएको छ । बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका एमालेकै मोहमुद आलममाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुह पत्ता लागेको छैन । टाउकोमा गोलि लागेको उनको अवस्था चिन्ताजनक छ । नेपालले सुचना पाएजस्तै आलम प्रकरणपनि एक हो कि भन्ने आशंका उत्पन्न भएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक