20131030

पूर्व प्रहरी महानिरिक्षक रवीन्द्रप्रताप शाहको नाम एनेकपा माओवादीको समानुपातिक सूचीमा देखेपछि !

- बबिता बस्नेत 
 पूर्व प्रहरी महानिरिक्षक रवीन्द्रप्रताप शाहको नाम एनेकपा माओवादीको समानुपातिक सूचीमा देखेपछि धेरै मानिसहरु झस्किए । प्रायः सबैको मनमा उस्तै प्रश्न उब्जियो, ओहो, सुरक्षा क्षेत्रमा पनि यस्तो हुँदो रै’छरु कुनै बेला सारा नेपालीले आफ्नो ठानेको नेपाल प्रहरीको प्रमुख या भनौं सबै नेपाली जनताको सुरक्षाको भरोसा केन्द्र त माओवादी निकट पो रहेछन । यस प्रकारका प्रतिक्रियाहरु हिजोआज जताततै सुन्न पाइन्छ, जिल्ला, राजधानी, ब्यवसायिक ब्यक्तित्वहरु, सर्बसाधारण, मुलुक प्रति चासो राख्ने जोकोहीलाई आश्चर्यचकित बनाएको छ । त्यसोत अहिले संबिधान सभामा अन्य पनि पूर्व प्रहरी महानिरिक्षकहरु समानुपातिकमा त के प्रत्यक्षमैं चुनाव लडेका छन तर पुराना भएर हो या के त्यति चर्चा पाउन सकेका छैनन । प्रदिप शम्सेर राणा र ध्रुब बहादुर प्रधान दुइ मध्ये एक ध्रुव बहादुर प्रधान अघि देखिनै राजनीतिमा भएकाले राजनीतिक दलमा उहाँको सक्रियतालाई लिएर चर्चा हुने कुरै भएन । उहाँको बारेमा हुनु पर्ने जति चर्चा बिगतमैं भइ सकेको छ । खासै सीमा नतोकिएकाले नेपालको राजनीतिमा को जान सक्ने को नसक्ने भन्ने छैन । नेपाली नागरिक जुनसुकै क्षेत्र, पेशा वा ब्यवसायको होस निर्वाध रुपले राजनीतिमा जान सक्छ । राजनीतिमा जानका लागि समाजसेवा देखि पेशा ब्यवसाय सम्मलाई भ¥याङ्ग बनाउनेहरु पनि छन र मुलुकलाई हित हुने अनेकौं काम गरेकाहरुले राजनैतिक परिवेशको वरीपरी पाइलै टेक्न नपाएका घटना सन्दर्भहरु पनि छन । राजनीति त ब्यवसायिक ब्यक्तिले नभएर राजनीतिकर्मीलेनै गर्नु पर्छ भन्ने मान्यता राख्नेहरु र होइन राजनीतिक क्षेत्रमा
सबै प्रकारको बिज्ञता हासिल गरेकाहरु हुनु पर्छ भन्ने यी दुबै मान्यताले झन्ने बराबरी जस्तो ठाउँ लिएको देखिन्छ । कतिपय पेशाहरु स्वतन्त्र छन र कतिपय पेशामा ब्यवसायिक सीमा अलि बढिनै छ । ब्यवसायिक सीमा, मर्यादा र चेन अफ कमाण्डमा नरहँदा तहस नहसनै हुने भएकाले सुरक्षा क्षेत्रलाई फरक तरिकाले हेरिन्छ । यसका काम, कर्तब्य र अधिकार पनि फरक छन, जे छन मुलुकका प्रति बफादार रहेर गर्नु पर्ने प्रकारका छन । कुनै दल बिशेष या अन्य कुनै पनि पक्ष बिपक्ष हुने कुरासंग सरोकार नराख्ने र राख्न नमिल्ने भएका कारण सुरक्षा क्षेत्रसंग सम्बद्ध ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोण पनि फरक छ । त्यसैले सरक्षा क्षेत्रका मानिसहरु कुनै दलमा आबद्ध हुँदा सर्ब साधारणले अनौठो मान्नु स्वभाविक पनि हो । हाम्रो मुलुकमा मात्र होइन अन्य मुलुकमा पनि सुरक्षा क्षेत्र भनेपछि अत्यन्त संबेदनशील भएकाले त्याहाँ आबद्ध भएका ब्यक्तिहरु अझ भनौं सुरक्षा क्षेत्रको उपल्लो तहमा बसेर काम गरेकाहरुलाई हेर्ने दृष्टिकोण र उनीहरु प्रति गरिने ब्यवहारनै फरक हुन्छ । सेवा निबृत्त भएपछि पनि उनीहरुको महत्व फरक हुन्छ । राज्यले बिशेष परिस्थितिमा सरसल्लाह लिने चलन छ । मुलुकमा सुरक्षाको अवस्थालाई लिएर सल्लाह लिने र पूर्व सुरक्षा प्रमुखका कुराहरुलाई गंभिरता पूर्वक लिएर राज्यले आवश्यक कदम चाल्ने गरेको पनि देखिएको छ । छिमेकी मुलुक भारत होस या सम्बद्ध मुलुक अमेरिका सबै प्रजातान्त्रिक मुलुकहरुमा सुरक्षालाई बिशेष रुपमा हेरिन्छ र अवकाश प्राप्त सुरक्षा अधिकारीहरुको क्षमतालाई कुनै न कुनै रुपमा राज्यले प्रयोग गर्ने वातावरण निर्माण गरिन्छ । भारतमा विवेकानन्द फाउन्डेशन मार्फत पूर्व सुरक्षा अधिकारीहरुको बिज्ञतालाइृ राज्यले उपयोग गर्ने गरेको छ । राष्ट्रिय सुरक्षालाई लिएर यस प्रकारका बौद्धिक अभ्यास गर्ने थलो भारतमा अरु पनि छन । यस्तै अमेरिकामा पनि एटलान्टिक काउन्सिल लगायतका केही संस्थाहरुमा पूर्व सुरक्षा अधिकारीहरुको बाक्लो उपस्थिति छ । अमेरिका, भारत लगायतका राष्ट्रले पूर्व सुरक्षा अधिकारीहरुलाई थिंक ट्याङ्कका रुपमा उपयोग गर्ने गरेका छन । संबेदनशील निकायमा बसेर काम गरि सकेका कारण उनीहरुले मुलुकमा आइ पर्न सक्ने संकट र अन्य गंभिर महत्वपूर्ण कुराहरु बुझेका हुन्छन त्यसैले कुनै राजनीतिक दल बिशेषले नभएर राज्यलेनै त्यस प्रकारको संबेदनशील क्षमतालाई प्रयोग गर्नु उपयुक्त ठानिन्छ । हामी कहाँ सोच र परिस्थिति दुबै फरक छ । राजनीतिक दल, समूह, बर्ग, जात लगायतमा मानिसहरु बिभाजित भएका कारण राष्ट्रलाई केन्द्रमा राखेर अरुले त हेर्दैनथेनै, अब सुरक्षा अधिकारीहरुले समेत नहेर्ने परिस्थिति बनेको छ । राज्यले पूर्व सुरक्षा अधिकारीहरुको क्षमतालाई उपयोग गर्ने वातावरण नबनेका कारण उनीहरु समुह, जत्था, दल खोज्दै हिड्ने अवस्था सिर्जना भएको छ । यसमा राज्य त दोषी छ नै उनीहरु स्वयंको नैतिकतालाई पनि कम दुस्सहासीपूर्ण मान्न सकिन्न । राज्यको सबै सुरक्षा संबेदनशीलताको बारेमा जानकार मानिस एउटा दल या गुटमा आबद्ध हुनु बाहिर हेर्दा जति अशोभनीय देखिन्छ यो त्यतिनै गंभिर पनि छ । हिजोका दिनमा भूमिगत रहेको माओवादी सार्बजनिक हुनासाथ नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङ्गको माओवादीसंगको निकटता र उहाँले पाएको पदलाई लिएर अहिले पनि कतिपय मानिसहरु शंका र घृणा ब्यक्त गर्छन । फुदुङ्गको माओवादी प्रबेश र त्यतिबेला उहाँले ब्यक्त गर्नु भएको अभिब्यक्ति सुनेर त्यतिबेला मानिसहरु “यस्ता मान्छे त सुरक्षा क्षेत्रको उपल्लो तहमा भएपछि राष्ट्रले के अपेक्षा गर्नेरु” भन्ने गर्थे । हुन पनि राज्यसंग लडि रहेको र नेपाली सेनाका कैंयो जवान तथा अधिकारीहरुको ज्यान लिएको माओवादीसंग उहाँको त्यो हद सम्मको सामिप्यताको कलपना पनि गरिएको थिएन । पछि त धेरै जर्साब कर्साबहरु, सशस्त्र र जनपदका पूर्व प्रहरी अधिकारीहरुको पार्टीहरुसंगको संलग्नता सामान्य मानिदै गयो । हामी कहाँ पूर्व सुरक्षा अधिकारीका लागि कुनै स्थान नभएका कारण कतिले तास खेलेर, आफन्तहरुसंग घुमफिर गरेर वा घरमा त्यसै बसेर समय गुजार्ने गरेका छन जुन एउटा सक्रिय जीवन बाँची रहेको र बाँचन चाहने मान्छेका लागि कठिन समय हो । सुरक्षा क्षेत्रका उपल्लो स्थानका अधिकारीहरुको जीवन जागिर हुन्जेल अत्यन्त सक्रिय र सम्मानित हुन्छ । दिनमा सैंयौको संख्यामा सलाम खाइ रहेकाहरु एक्कासी सुनसान घरमा सीमित हुनु पर्दा जीन्दगीमा ब्यापक निराशा छाउनु स्वभाविक हो । त्यसमा पनि ३० बर्ष काम गरेर जागिरबाट अवकाश पाउनु भनेको अनुभव हाँसिल गरेर त्यसलाई राम्ररी प्रयोगनै गर्न नपाई बाहिरिनु हो । ५०, ५५ बर्षको क्रियशिल उमेरमा घरमा बसेर ह््वीस्की या तासलाई साहारा बनाउनु भन्दा राज्यलेनै कुनै बिशेष स्थान दिनु अवश्यनै राम्रो कुरा हुने थियो । यसो भन्दैमा सबैलाई राजनीतिक नियुक्ति या त्यस्तै स्थान दिएर साध्य हुने कुरा पनि होइन तर तय नभइ सकेको र जे पायो त्यही पाराले अघि बढेको हाम्रो परराष्ट्र नीति ९जो सुरक्षा नीतिसंग प्रत्यक्ष सम्बन्धित छ० लगायतका कार्यमा पूर्व सुरक्षा अधिकारीहरुको क्षमतालाई प्रयोग गर्न पाए सलाम खोसिनासाथ लाल सलाम वा कुनै वादतिर जाने प्रबृत्तिमा कमी आउने थियो कि भन्न सकिन्छ । -घटना र बिचार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक