20131002

काठमाडौंमा आयोजित एक भब्य कार्यक्रममा "अभियान वर्ष ०७० सम्मान" बाट कला, साहित्य, गीत संगीत, संस्कृतिका क्षेत्रमा अमुल्य योगदान पुर्याएका अशेष मल्ल, रामप्रसाद खनाल सहितका प्रतिष्ठित कलाकर्मी सम्मानित

नेपालका सबैभन्दा पुराना कलाकार संस्था मध्येको एक प्रतिष्ठित संस्था अभियानले आफ्नो तिसौं वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । यसै अबसरमा कला, साहित्य, गीत संगीत, संस्कृतिका क्षेत्रमा अमुल्य योगदान पुर्याएका हस्तिहरुलाई अभियान श्री सम्मान द्वारा सम्मानित गरियो । अभियान सम्मान २०७० बाट करिब एक दर्जन प्रतिष्ठित कलाकर्मी सम्मानित भएका छन् । अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा औपचारिक कार्यक्रम मार्फत कलाकर्मीलाई सम्मान गरिएको कार्यक्रममा वरिष्ठ नाट्यकर्मी, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिस्ठानका कुलपती  प्रचण्ड मल्ल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्मानित कलाकर्मीलाई फुलमाला लगाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो । नाट्यकर्मी अशेष मल्ल "अभियान रत्न सम्मान २०७०" बाट सम्मानित भए । "अभियान श्री सम्मान २०७०" बाट अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष समेत रहेका कलाकार, लोक दोहोरी गायक रामप्रसाद खनाल, लक्ष्मी गिरी, सानु ताम्राकार, रामकेशर बोगटी, कृष्ण मुरारी
ढुङ्गेल, नृत्य निर्देशक कमल राई, निर्माताद्धय प्रदीप कुमार उदय र छवि ओझा, रंग पत्रकारद्धय विदुर गिरी र शान्तिप्रिय सम्मानित भए । हाल अमेरिकामा रहेका लोक दोहोरी गायक राम प्रसाद खनालको सम्मान हाँस्य कलाकार शिवहरी पौडेलले ग्रहण गरे । हाल अमेरिकामा रहेका लोक दोहोरी गायक राम प्रसाद खनालको सम्मान हाँस्य कलाकार शिवहरी पौडेलले ग्रहण गरे । सम्मान ग्रहण गर्ने मध्येबाट कलाकार अशेष मल्ल, शिवहरी पौडेलले र निर्माता प्रदीप कुमार उदयले सम्मानबाट आफुलाई काम गर्न हौसला प्रदान भएको धारणा राखेका थिए । कार्यक्रममा अभियान स्मारिका २०७० को प्रमुख अतिथि प्रचण्ड मल्लबाट विमोचन गराइयो । अभिनेता कृष्ण मल्ल अभियानका अध्यक्ष हुन् । कार्यक्रमको सुरुमा अभियानको सचिव मनोज केसीले स्वागत मन्तव्य राखेका थिए ।
अमेरिकामा रहेकाले आफु अनुपस्थित हुनुपरेको जनाउँदै अन्तराष्ट्रिय कलाकार मँच का अध्यक्ष रामप्रसाद खनालले पठाउनु भएको लिखित यो सन्देश कार्यक्रममा बरिस्ठ हाँस्य कलाकार एबम अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलले समारोहमा बाचन गर्नुभएको थियो । लिखित सन्देश जस्ताको तस्तै :   


अभियान सम्मान समारोहका अध्यक्ष ज्यु प्रमुख अतिथी ज्यु बिसिस्ठ अतिथी गण यस सम्मान समारोहमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनिहरु
सर्ब प्रथम अभियान जस्तो तीन दशक भन्दा बढी समय देखी कला, साहित्य, गीत संगीत र सन्स्कृतिको क्षेत्रमा काम गर्दै आएको एउटा गरिमामय संस्थाले मलाई देश बाहिर अमेरिकामा रहेका बेला पनि मैले गीत संगीत र कलाको क्षेत्रमा पुर्याएको योगदान लाई सम्झेर सम्मान गर्न योग्य सम्झिएछ म अभियान का सम्पूर्ण पदाधिकारी, सदस्य र छनौट समितिलाई सधन्यबाद आभार प्रकट गर्न चाहन्छु । देश भित्र बसेर गीत संगीत कला र सँस्कृतिका लागि काम गर्ने मेरो अठोट हुँदा हुँदै पनि केही बाध्यता र बिबसताले मलाई अमेरिका डोर्याएको हो । म अमेरिका मा बसे पनि मेरो मन मुटु आज पनि नेपाल मै छ र मैले नेपाल लाई कहिलै भुल्ने छैन । गीत संगीत कला साहित्य सन्स्कृतिलाई म मेरो जिबनबाट एक छिन पनि अलग गरेर हेर्न सक्दिन । त्यसैले अहिले अमेरिकामा बस्दा पनि यसै को प्रबर्धन का लागि हामीले अन्तराष्ट्रिय कलाकार मँच स्थापना गरी यस मार्फत संसार का ३० वटा देशहरुमा र अमेरिकाका अन्य राज्यहरुमा समेत गीत संगीत कला सन्स्क्रितीका लागि काम गरिरहेका छौं । अहिले हाम्रो अन्तराष्ट्रिय कलाकार मँचमा नेपाली मात्र होइन बिभिन्न देश का अन्तराष्ट्रिय स्तरका कलाकार हरु समेत आबद्ध हुनुहुन्छ । नेपालका अत्यन्तै सम्माननिय कलाकारहरु निर शाह, कृष्ण मल्ल, हरी बहादुर थापा जस्ता पुराना अबल दर्जाका कलाकार देखी नयाँ पिँढिका कलाकारहरु सम्म अन्तराष्ट्रिय कलाकार मन्चमा आबद्ध हुनुहुन्छ । नेपाल मै बरिस्ठ हाँस्य कलाकार शिवहरी पौडेल जी को अध्यक्षता मा नेपाल शाखा पनि क्रियाशिल छ । अभियानले मलाई आज गरेको सम्मानले मलाई अझ यो क्षेत्रमा कृयाशिल हुन र अगाडि बढ्न प्रेरणा दिएको अनुभब मैले गरेको छु । अभियान सम्मान लाई त्यसै खेर फाल्न नदिने प्रण गर्दै अभियान को यो सम्मान लाई सलामका साथ ग्रहण गर्दछु । आज मेरो अनुपस्थितिमा मेरो सम्मान ग्रहण गरिदिन मैले म अध्यक्ष रहेको अन्तराष्ट्रिय कलाकार मँच को नेपाल शाखा का अध्यक्ष श्री शिवहरी पौडेल जी लाई अनुरोध गरेको छु । मलाई पूर्ण विश्वाश छ शिवहरी जी ले मेरो अनुपस्थितिमा मेरो भूमिका निर्वाह गर्नुहुने नै छ । शिवहरी जी लाई पनि धन्यवाद । 
भवदिय 
- राम प्रसाद खनाल - अध्यक्ष , अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका














News and photo source: FilmiKhabar.com 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक