20131002

कलाकार भुवन केसीलाई एमाले ले फेरी बलीको बोको बनाएछ , एमालेको जय होस, बरु अब फेरी को को भुवन केसी बनाइने हुन त्यो चाँही हेर्न बाँकी छ ।

कलाकार भुवन केसीलाई एमाले ले फेरी बलीको बोको बनाएछ । हुन त यो एमालेको नितान्त निजी कुरा हो यसमा हामीलाई भन्नु केही छैन तर एमालेका ताहरुको बोलीमा कती विश्वाश हुन्छ, एमालेले कती अडान लिन सक्छ भन्ने जान्न का लागि यो पछील्लो उदाहरण काफी छ ! यदी दिएको टिकट फिर्ता नै गर्नु थियो भने किन टिकट दिनु ??!!! यहाँ भन्दा ठुलो मान मर्दन अरु के हुन सक्छ र भुवन केसीका लागि । एमाले को यही प्रब्रित्ती ले यसले धेरै इमान्दार कार्यकर्ता, जुझारु कार्यकर्ता, नेता गुमाएको छ । अहिले पनि एमालेमा इमान्दार कार्यकर्ता को लावा लस्कर छ तर सबै भित्र भित्रै पाकेर, गलेर बसेको अवस्था छ त्यो सबैलाई थाहा भएको कुरा हो । नपत्याए राम कुमारी झान्क्री जस्ता होनाहार हरुलाई सोधे हुन्छ । रेखा थापा माओवादी मा छिरिन भनेर भुवन केसी एमालेमा छिर्नु भन्दा उनी आफु स्वतन्त्र रहेरै कलाकार को रुपमा बसेको भए अत्ती उत्तम हुन्थ्यो । यस्तै हो भुवन जी कहिले काही पितल लाई सुन ठान्दा तपाईंले मात्र होइन हामी धेरै जसो ले धोका पाएका छौं कही कतै कुनै रुपमा । त्यसै त आतंकका नाइके बाबुरामहरुले भन्ने गर्छन्  "एमाले तेश्रो लिँगी पार्टी हो, यसको कुनै बोलीको भर छैन, हो पनि होइन पनि, बोली फेरी रहन्छ" नभन्दै अहिले त केही तेश्रो लिँगी हरु पनि एमाले छिरेका छन क्यारे ! भुवन केसी बलीको बोको भएर केभो र ! भुवन जी लाई राजनीतिक समबेदना । एमालेको जय होस बरु अब फेरी को को भुवन केसी
बनाइने हुन त्यो चाँही हेर्न बाँकी छ ।              
नेपाली सदावहार नायक भुवन केसी एक राते सभासद्को उमेद्वार बन्न पुग्नुभएको छ । नेकपा एमालेले एक रातका लागि काठमाडौं क्षेत्र नं १ को उमेद्वार बनाएर बुधबार उहाँको उमेद्वारी खोसेको छ । सभासदको टिकट पाएपछि ३ करोड नेपालीको साथ पाएको बताउँदै अन्तरवार्ता दिई हिँड्नुभएका नायक केसीले राप्रपा नेपालमा प्रवेश गरेर टिकट पाउन लागेको थाहा पाएपछि एमाले नेता माधव नेपालको जोडबलमा एमालेले काठमाडौं १ मा उहाँलाई उमेद्वारी दिएको थियो । बुधबार उहाँको उमेद्वारी खोसेर एमालेले विद्या न्यौपानेलाई काठमाडौं १ मा टिकट दिने निर्णय गरेपछि चलचित्रका नायक केसीको उमेद्वारी ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’को जस्तो बन्न पुगेको हो । एमालेका क्षेत्रीय नेताहरुको चर्को दबावपछि नेकपा एमालेले नायक केसीको टिकट खोसेको हो । कार्यकर्ताकै दबावका कारण केसीलाई काठमाडौं १ को निर्णय उल्टाउँदै विद्या न्यौपानेलाई टिकट दिन एमाले नेताहरु बाध्य बनेका हुन् । ‘पार्टी स्थायी समितिको निर्णयअनुसार काठमाडौं १ मा विद्या न्यौपानेलाई टिकट दिइएको छ’ एमाले संसदीय विभाग प्रमुख अग्नि खरेलले अनलाइनखबरसँग भन्नुभयो । यसअघि एमाले स्थायी समितिले नै मंगलबार काठमाडौं १ मा भुवन केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । टिकट नपाउने चर्चासँगै राप्रपा नेपाल प्रवेशको तयारीमा रहेका केसी फेरि टिकट दिने भएपछि अन्तिममा एमालेमै बस्नुभएको थियो । तर, भुवनलाई टिकट दिएको थाहा पाएलगतै कार्यकर्ताहरुले चर्को विरोध गरेका थिए । एमालेको गढ मानिएको काठमाडौं १ मा अघिल्लो संविधानसभा निर्वाचनमा भने कांग्रेस महामन्त्री प्रकाशमान सिंह निर्वाचित हुनुभएको थियो । कांग्रेसले भनेयो पटक पनि सिंहलाई नै उम्मेदवार बनाएको छ । यसअघि ०४८ मा एमाले नेता दमन भण्डारीले तत्कालीन प्रधानमन्त्री कांग्रेसका कृष्णप्रसाद भट्टराईलाई हराएपछि काठमाडौं १ एमालेको गढ नै बनेको थियो । ०५० मा मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि ०५१ को मध्यावधि चुनावमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले यो क्षेत्रबाट चुनाव जित्नुभएको थियो भने काठमाडौं २ मा भने मदनपत्नी विद्या भण्डारीले दमननाथ ढुंगानालाई पराजित गर्नुभएको थियो । त्यसैगरी ०५६ मा काठमाडौं १ बाट एमालेकै प्रदीप नेपाल विजयी हुनुभएको थियो भने कृष्णप्रसाद भट्टराई चौथो स्थानमा पुग्नुभएको थियो । तर, ०६४ को संविधानसभामा प्रदीपलाई हराउँदै कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ मा विजयी हुनुभयो । यसैबीच एमाओवादीले नायिका रेखा थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएन । पर्सा क्षेत्र नम्बर १ बाट नाम सिफारिस भएपछि उम्मेदवार छनोट समिति र हेडक्वाटरले बलिराम साहलाई उम्मेदवार बनाएको छ ।

संविधान सभाको निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेले प्रत्यक्ष निर्वाचनमा टिकट नदिएपछि एमाले नेता राजेन्द्र राईले आक्रोश पोख्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभएको हो ।
आफ्नो गृह जिल्ला भोजपुर क्षेत्र नम्बर १ मा एमालले आफू भन्दा पार्टीमा कम योगदान गरेका नेता कृपाशु शेर्पालाई उम्मेद्वार बनाएको भन्दै राई आक्रोशित बन्नुभएको हो । उहाँले सबैथोक छोडे अन्ध राजनीतिमा लागेको भन्दै पछुतो व्यक्त गर्नुभएको छ ।
राईले व्यक्त गर्नुभएको असन्तुष्टि यस्तो छ ।
... ....
उम्मेद्वार बनाइने सम्बन्धमा मसँग जोडिएका केही सवाल बारे स्पष्टीकरणः
१. धनकुटाबाट उम्मेद्वार बन्ने राजेन्द्र राई म होइन । म अनेरास्ववियुको पूर्व अध्यक्ष हुँ र मेरो घर भोजपुर हो भने उहाँ धनकुटा एमालेको अध्यक्ष हुनुहुन्छ ।
२. हो, भोजपुर क्षेत्र नं १ बाट उम्मेद्वार कसलाई बनाउने भन्ने सम्बन्धमा मेरो नाम पनि चर्चामा आएको हो तर त्यस क्षेत्रबाट कृपासुर शेर्पालाई उम्मेद्वार बनाउने निर्णय भएको जानकारी गराउँछु ।
३. भोजपुर क्षेत्र नं १बाट कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा एमालेको स्थायी कमिटीमा करिब करिब सबैभन्दा बढी विवाद भयो भन्ने सुनियो, बुझियो, यस विवादमा तानिएको एउटा पात्र म भएको नाताले केही थोरै कुरा भन्न जरुरी ठानेको छुः

विवाद मैले गर्दा भएको होइनः

विवाद रोक्न मैले निम्न प्रयत्न गरेको थिएँ :
  • केही महिना अघि सम्पन्न भोजपुर जिल्ला अधिवेशनबाट नेतृत्व छनौट गर्दा कुनै पनि हालतमा चुनावी प्रक्रियामा जानु हुँदैन, त्यसले चुनावलाई असर गर्छ भन्ने मान्यता अघि सार्दै सर्वसम्मतिले नेतृत्व छनौट गर्ने काममा केही योगदान गरेको थिएँ ।
  • क्षेत्रीय कमिटी र जिल्ला कमिटीको बैठकबाट पनि विना विवाद नाम सिफारिश गर्ने, महिला सहित ४ जनाको नाम आएकोले बरु ४ जनाकै पठाउनु पर्छ भनेको थिएँ । तर अनावश्यक रुपमा योजनागत ढंगले विवाद गराउने काम गरियो ।
  • मैले मेरा लागि बोली दिनुपर्छ भनेर एकै जना नेतालाई पनि भेटिन र भनिन बरु अर्कै प्रसंगमा भेट हुँदा कमरेड माधव नेपाललाई मैले भनेको थिएँ, मेरो लागि म तपाईलाई टेन्सन दिन चाहन्न भनेको थिएँ ।
  • जिल्ला अगुवाहरुले भनेको म मान्छु भन्दै आएको थिएँ । खुदै कृपासुर कमरेडसँग पनि कुराकानी अगाडि बढाई रहेको थिएँ ।

मेरो चर्चा हुनु अस्वाभिक थिएनः

कुनै पनि उम्मेद्वार बनाईदा उसको इतिहास, योगदान, त्याग, पार्टीको काम गर्दा पाएको दुःख, कष्ट, त्यो पद प्राप्त गरेपछि खेल्ने भूमिका, लोकप्रियता, स्वच्छ छवि, आचरण आदि हेरिनुपर्छ । उल्लिखित मापदण्डहरुमध्ये म एकमा कमी थिइँन । अरु कुरा छाडेर इतिहास, त्याग र योगदानको तुलनात्मक अध्ययन गरेर हेरे हुन्छः

म राजेन्द्र राईः

राजनीतिक इतिहासः

  • कक्षा ८ मा अध्ययनरत रहेको बेला २०४१ सालमा अनेरास्ववियुको मावि प्राक सचिवबाट कामको आरम्भ गरेदेखि आजका मितिसम्म पूर्णकालीन भएर काम गरि रहेको । आजका मितिसम्म घर, व्यवहार त्योगेर सम्पूर्ण जिन्दगी र समय अनेरास्ववियु र पार्टी काममा व्यतित गरेको ।
  • अनेरास्ववियुमा २० वर्ष काम गर्ने क्रममा मावि सचिव, मावि प्राक अध्यक्ष २ पटक, क्याम्पस सह प्राक अध्यक्ष, प्राक उपाध्यक्ष, संयोजक, सम्पर्क कमिटी, जिल्ला, अन्चल, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी सदस्य, प्रचार विभाग प्रमुख, केन्द्रीय सचिव, महासचिव, दुई कार्यकाल अध्यक्ष, चर्चित क्याम्पस आर आरको स्ववियु सदस्य दुई पटक सभापति, स्ववियु काउन्सिलको केन्द्रीय सचिवालय सदस्य आदि भएर काम गरेको ।
  • पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य, उपसचिव भएको, उपत्यका समन्वय कमिटी सदस्य, केन्द्रीय अतिरिक्त विभाग, केन्द्रीय युवा विद्यार्थी विभागको सदस्य आदि भएको ।
  • पिपुल्स भोलिन्टियर्स, नेपालको संस्थापक केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हालेको ।
  • करिब ६ महिना पञ्चायतको जेल, तत्कालीन राजा ज्ञानेन्द्रको कुपछि ४ महिना नजरबन्द भोगेको, अनगिन्ती पटक प्रहरी हिरासतमा परेको ।
  • करिब १० दिन माओवादी अपहरणमा परेको, मण्डले, नेविसंघ, काँग्रेसको आक्रमण, घेराबन्दीमा अनगिन्ती पटक परेको ।
  • आफ्नै मित्र शक्ति माले अनेरास्ववियु, डा. बाबुरामको जनमोर्चाको साँघातिक आक्रमणमा परेको ।
  • सडक आन्दोलनमा दर्जनौँ पटक घाइते भएको ।
  • कामको कारणले पढाईलाई राम्रोसँग अगाडि बढाउन नसकेको ।
  • भनी नसक्नुको आर्थिक समस्याहरु भोग्नु परेको ।

महत्वपूर्ण कामहरुः

  • कसैले पनि गणतन्त्रको सम्भावना नदेखी रहेको र गणतन्त्रको आवाज नउठाई रहेको बेला गणतन्त्रको आवाज उठाउने र गणतान्त्रिक आन्दोलनको अगुवाई गरेको ।
  • संयुक्त शैक्षिक आन्दोलन अगाडि बढाई सफलतामा पुर्‍याउने कामको अगुवाई गरेको ।
  • विभिन्न पटकको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको ।
  • एमाले विभाजित भएको केही समयपछि औपचारिक कार्यक्रम गरेर पार्टी एकीकरणको कुरालाई अनेरास्ववियुको तर्फबाट अगाडि बढाउन आरम्भ गरेको । त्यसबेला यस्तो कुरा सोचिनु, गरिनु अपराध जस्तै ठानिन्थ्यो ।
  • अनेरास्ववियुको विभाजन पछि स्ववियु चुनावमा अनेरास्ववियु दोस्रो स्थानमा पुगेको अवस्थालाई सुधार गरी पहिलो स्थानमा पुर्याभउन मात्र होइन इतिहासमा नै सबैभन्दा बढी सिट जिताउन सफल भएको (आफू अध्यक्ष भएको बेला) ।
  • दुई कार्यकाल अध्यक्ष भएको बेला अनुशासित र विवादरहित ढंगले अनेरास्ववियुलाई सन्चालन गरेको ।
  • आफूले विदा अनेरास्ववियुलाई ऋणमुक्त बनाएको ।
  • विद्यार्थी आन्दोलन सम्बन्धी दुई पुस्तक विचारको खेती र आयु १ विद्यार्थी आन्दोलन लेखेको र शिक्षा सम्बन्धी पुस्तक शिक्षाको अँध्यारो छाप्न क्रममा रहेको । विभिन्न पत्र, पत्रिकामा दर्जनौँ लेखहरु प्रकाशित भएको ।
  • अनेरास्ववियुको कामको सिलसिलामा देशका करिब ६५ जिल्ला पुगेको, १० वटा जति विदेशी मुलुक पुगेको ।

कृपासु शेर्पाः

इतिहासः
५६ सालदेखि एमालेको सम्पर्कमा, भोजपुर काठमाडौँ सम्पर्क मत्र्चको सल्लाहकार, अध्यक्ष, कोशी काठमाडौ सम्पर्क मञ्चको कोषाध्यक्ष, भोजपुर जिल्ला कमिटिको एक कार्यकाल सदस्य, केही समय अघिदेखि केन्द्रीय विदेश विभाग सदस्य । (आफ्नो मुख्य उमेर नेपाल सरकारको कर्मचारीको रुपमा व्यतित)।

विशेष योगदानः

पार्टी र नेताहरुलाई आर्थिक सहयोग सकारात्मक अर्थमा ।
तुलना गरेर हेर्ने हो भने म अनेरास्ववियुको केन्द्रीय सचिव हुँदा केन्द्रीय सदस्य रहेका कमरेड शेरधन राई भोजपुर जिल्लाकै अर्को क्षेत्रबाट तेस्रो पटक उठ्दैछन्, विशाल भट्टराई खोटाङबाट तेस्रो पटक, रापस दामोदर भण्डारी वैतडीबाट दोस्रो पटक, म अध्यक्ष हुँदाको सचिवालय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट दोस्रो पटकदेखि लिएर म अध्यक्ष हुँदा जिल्ला कमिटी सदस्य सम्म र म विद्यार्थी नेता हुँदाका बीसौँ कार्यकर्ता उम्मेद्वार बन्दैछन् ।

अन्तमाः

स्पष्टीकरणका लागि मात्र मैले हाललाई केही कुरा भन्न बाध्य भएको हुँ, सबै कुरा अहिले भनिने छैन, त्यसले चुनावलाई नकारात्मक असर पुर्‍याउन सक्छ । एमाले भएसम्म एमालेको निर्णय मलाई स्वीकार्य छ । (विगतमा केही जिम्मेवारी अस्वीकार गरेको कुरा उठाउने हो भने त्यो पाउनु पर्छ, त्यसलाई विद्रोह र अराजकता भन्न मिल्दैन) ।
म जेलमा भएका बेला मलाई विद्यार्थी विशेष जिल्ला कमिटीको उपसचिवबाट हटाएर मेरो २९ बर्षे राजनीतिक यात्रामा पहिलो पटक कमिटीबिहीन बनाउँदा पनि, पार्टीको आठौँ महाधिवेशनको प्रतिनिधि छनौटमा नक्कली पार्टी सदस्य थपेर मलाई परास्त गर्दा पनि, गएको संविधानसभाको चुनावमा भोजपुर जिल्ला कमिटीबाट १ नम्वरमा सिफारिश भएकोलाई प्रत्यक्षमा र म दुई नम्वरमा सिफारिश भएकोलाई कतै नराखी म पछिका ३, ४, ५ र ६ नम्वरमा सिफारिश भएकालाई समानुपातिकमा राख्दा पनि, आठौँ महाधिवेशनबाट लामो समयसम्म पार्टीको कुनै पनि कमिटीगत जिम्मेवारी नपाउँदा पनि सामना गरेर बसेको छु भने यस्ता कुरा सामान्य हुन् मेरा लागि ।
म साँसद, मन्त्री हुन, सम्पति कमाउन राजनीतिमा लागेको होइन, जनता र साथी भाइको माया भए मलाई पुग्छ । मेरा स्तरका अखिल, नेविसंघ, पार्टी नेताहरु लाभका कुनै पदमा नबसे पनि प्राय जसो सम्पति सम्पन्न छन् म करिब २४ महिना प्रधानमन्त्रीका सल्लाहकार भएर पनि एउटा सामान्य विद्यार्थीको जस्तै जिन्दगी विताई रहेको छु, मेरा लागि सम्पति होइन इमान प्यारो छ ।
मेरो विपक्षमा चट्टानी अडान राख्ने कमरेडहरुलाई धेरै धेरै धन्यवाद, किनकि, वहाँहरुले त्यसो गरेर अबको एमालेमा इतिहास, त्याग, बलिदान, दुःख, कष्ट, योग्यता, इमान, आचरण मात्र केही होइन अरु पनि धेरै चीज चाहिन्छ, घर, व्यवहार छाडेर अन्ध राजनीति गर्नु मूर्खता हो भन्ने अति नै मूल्यवान शिक्षा म लगायत धेरैलाई दिनुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक