20131020

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका शेष घले अत्यधिक मतले बिजयी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका शेष घले अत्यधिक मतले बिजयी हुनुभएको छ ।
shesh ghaleकेहीवेरअघि सम्पन्न मतगणनाअनुसार कुल ८ सय २ मतमध्ये घलेले ५१० मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी तेन्जी शेर्पाले २८० मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा भवन भट्ट ३४८ मत र टीवी कार्की ३०० मतसहित उपाध्यक्षमा बिजयी हुनुभएको छ ।
महासचिवमा कुमार पन्त ३९५ मतसहित बिजयी हुनुभएको छ भने अर्का प्रतिस्पर्धी राजेन कँडेलले ३६० मत पाउनुभएको छ । सचिवमा रञ्जु थापा २७३ मतसहित बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्र्धी पुष्पराज तिमल्सिनाले २१० मत पाउनुभएको छ । यसैगरी कोषाध्यक्षमा बद्री केसीले ४७४ मत पाएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अरुणकुमार श्रेष्ठले २८६ मत पाउनुभएको छ । युवा संयोजकमा डा. राजेन्द्रप्रसाद पराजुली बिजयी हुनुभएको छ । यसैगरी युरोप संयोजकमा अर्जुन श्रेष्ठ र एसिया प्रसान्त क्षेत्रीय संयोजकमा गंगा राई बिजयी हुनुभएको छ । सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रकृयामार्फत अध्यक्ष चुनिएको हो । यसअघि सर्वसहमतिमा नेतृत्व अध्यक्ष चयन हुँदै आएको भएपनि अन्य पदमा भने मतदान भएको थियो । उम्मेदवारी दर्ता गरेको पाँचमध्ये हितमान गुरुङ, रामप्रताप थापा र रामेश्वर साहले घलेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक