20131017

गैरआवासीय नेपालीहरुको छैठौँ विश्व सम्मेलन आगामी आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । तीन दिने सम्मेलनका लागि ६५ मुलुकबाट सहभागीहरु काठमाडौं आउने

गैरआवासीय नेपालीहरुको छैठौँ विश्व सम्मेलन आगामी आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । तीन दिने सम्मेलनका लागि ६५ मुलुकबाट सहभागीहरु काठमाडौं आउने क्रम सुरु भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका प्रत्यासीहरुमा अष्ट्रेलियामा रहेका गैरआवासीय नेपाली शेष घले, जर्मनीका रामप्रताप थापा, बेलायतका हितमान गुरुङ, अबुधावीका रामेश्वर शाह र दक्षिण कोरियाका तेन्जी शेर्पा रहेका छन् । अध्यक्षका प्रत्यासी घलेले आफूले जितेमा ६ महिनाभित्र संघलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरेर संस्थागत विकास गर्ने, अरब मुलुकमा कार्यरत नेपालीका लागि राहत संकलन गर्ने, परोपकारी कोष बनाउने र नेपालको आर्थिक विकासको लागि लगानी भित्र्याउन पहल गर्ने बताएका छन् ।  अध्यक्षका अर्का प्रत्यासी थापाले सामुहिक लगानी भित्र्याउने, नागरिकता समस्या समाधान गर्ने बताए । गैरआवासीय नेपालीहरु अध्यक्ष पदमा सर्वसम्मति गराउने प्रयासमा पनि जुटेका छन् । सम्मेलनमा ६५ राष्ट्रका करिब १५ सय सहभागीहरुले भाग लिने जनाईएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक