20131009

खुम बहादुरको भन्दा हजार गुणा बढी भ्रस्टाचार र अपराध गर्ने प्रचन्ड, बाबुराम र उनिहरुका मतियारहरु भए पनि उनिहरु लाई छुने कल्ले ?

हुन त खुमबहादुर खड्का प्रचन्ड र बाबुरामका अगाडि कुनै ठुला भ्रस्टाचारी वा अपराधी होइनन । खुम बहादुरको भन्दा हजार गुणा बढी भ्रस्टाचार र अपराध गर्ने प्रचन्ड, बाबुराम र उनिहरुका मतियारहरु भए पनि उनिहरु लाई छुने कल्ले ? सर्बोच्च अदालत र त्यसका प्रधान न्यायाधीश लाई कुकुर पछी लगाए झै पछी लगाउँदै हिँडिरहेका छन यि महान अपराधीहरु । कानुनी राज्य मान्नेहरुले अदालतको खुम बहादुरलाई भ्रस्टाचारी ठहर गर्दै जेल हाल्ने निर्णयको सम्मान गर्दै खुम बहादुरले आफै हाजिर भएर सर्बोच्च को ठहर बमोजिम जेल सजाय भोग गर्नु लाई पनि उचित र स्वागत योग्य मान्नै पर्छ । भ्रस्टाचार, अपराध गर्ने जो सुकै होस तिनिहरुलाई जेल हाल्नै पर्छ त्यसमा कुनै शँका छैन । अब पालो अरु खुम बहादुरहरुको पनि आउनुपर्छ । यि खुम बहादुर रिहा हुँदा जसरी संसारै जिते जस्तो गरियो (हेर्नुस फोटोहरु र भिडियो पनि ), प्रचन्ड र बाबुराम जस्ता महान अपराधी र भ्रस्टाचारीलाई अहिले जसरी हाइ हाइ गरिंदैछ, यो देख्दा हामीलाई लाग्यो - नेपाली जनताहरुले अझ धेरै दु:ख पाउन बाँकी छ । जनताको चेत अझै आएको छैन । देश अझ भडखालो मा जाकिन बाँकी नै छ । सोमालिया हुन अझै बाँकी छ । सियरालियोन, हाइटी, कङो, बुरुन्डी, लाइबेरिया, इराक, अफ्गानिस्तान, सुडान, लिबिया, पछील्लो समयको इजिप्ट हुन अझै बाँकी छ नेपाल । कठै बरा हामी नेपाली जनता ???!!!!



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक