20131010

यो बर्षको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रलाई


यो बर्षको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रलाई प्रदान गरिने भएको छ । अमेरिकाकाको टेक्ससस्थित हेम सरिता पाठक एकेडेमीले यो बर्ष मिश्रलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशी दुई हजार अमेरिकी डलर छ । एकेडेमीले संगीत, शिक्षा र समाजसेवामा योगदान पुर्याउने व्यक्तिलाई हरेक बर्ष सम्मान गर्दै आएको छ । बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै एकेडेमीले पत्रकारिताका लागि निजी क्षेत्रबाट प्रदान गरिने यो सबैभन्दा ठूलो पुरस्कार भएको दाबी गरेको छ । यसअघि जिवेन्द्र सिम्खडा, तीर्थ कोईराला, हरिबहादुर थापा र राजन शर्माले यो पुरस्कार पाइसकेका छन् । पाँचसय डलर बराबरको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता साधना पुरस्कार भने झापामा रहेर पत्रकारितामा सक्रिया मदन ढकाललाई दिइने भएको छ । उनी पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुन् । टेक्ससमा बसोबास गर्ने नेपाली उद्यमी हेम प्रसाद पाठकले पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार आगामी बैशाखमा नेपालमै वितरण गरिने एकेडेमीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । नेपाल र नेपालीका लागि, परोपकारी कार्यका लागि मित्र रबिन्द्र मिश्रले पुर्याएको योगदान लाई साधुबाद र पुरस्कार का लागि छानिनुभएकोमा बधाई । यस्ता कर्मठ पत्रकार छानेर पुरस्क्रित गर्ने हेम सरिता पाठक प्रतिस्ठान लाई पनि
साधुबाद । प्रतिस्ठान को यात्रा अगाडि बढीरहोस मित्र हेम पाठक र भाउजु सरिता पाठक एबम परिवार लाई शुभकामना ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक