20131012

शक्तिशाली समुद्री आँधी (साइक्लोन) भारतको ओडिसार पूर्वी तटतर्फ


 समुद्री आँधी आन्ध्र प्रदेशको श्रीकाकुलम आइपुगेको छ । छिमेकी राज्य ओडिसाको गोपालपुरमा पनि आँधी पुगिसकेको उनीहरुको भनाइ छ । पायलिन नामको उक्त आँधीका कारण भएको क्षतीको विवरण आउने क्रम पनि सुरु भएको छ । पारादीप तटमा १८ जना माझि फँसेको र उनीहरुलाई बचाउने प्रयास भैरहेको बीबीसीले जनाएको छ । उनीहरुलाई बचाउन गरिएको दुई वटा प्रयास असफल भएपछि वायु सेनाको हेलिकोप्टर उनीहरुको उद्दारका लागि गएको छ । रुख ढलेर तथा पर्खालहरु भत्किएर अहिलेसम्म ६ जनाको मृत्यु भएको
भन्ने खबर सार्वजनिक भएको छ ।
शक्तिशाली समुद्री आँधी (साइक्लोन) अहिले भारतको ओडिसार पूर्वी तटतर्फबढिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । अहिले आंन्ध्र प्रदेश तथा ओडीशाको तटीय क्षेत्रमा भिषण वर्षा भैरहेको बीबीसीले उल्लेख गरेको छ । 
भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले आँधी प्रभावित क्षेत्रमा तत्काल मद्धतका लागि निर्देशन दिएका छन् । गृह मंन्त्री सुशील कुमार शिंदेका अनुसार ओडीशामा मात्रै साँढ़े पांच लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
आन्ध्र प्रदेशका तीन जिल्लाबाट मात्रै लगभग एक लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले उल्लेखगरेको छ । गृहमन्त्री शिंदेका अनुसार केही व्यक्तिले अझै पनि आफ्नो घर छाड्न मानिरहेका छैनन् । उनीहरुलाई प्रहरी लगाएरै भए पनि बाहिर निकाल्ने काम भैरहेको छ । 
शक्तिशाली समुद्री आँधी (साइक्लोन) आउने भएपछि भारत सरकारले त्यहाँ 'रेड अलर्ट' जारी गरेको छ। धनजनको क्षति हुने सम्भावना बढेपछि समुद्री तटका लाखौं नागरिकलाई सरकारी सेल्टरमा पुर्‍याइएको छ।
उडिसा सरकारले मात्र ३ लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको राजश्व मन्त्री  सूर्य नारायण पात्रलाई उघृत गदैृ बीबीसीले लेखेको छ।
युद्धस्तरमा मानिसहरुलाई हटाउने काम भैरहेको एक सरकारी अधिकारीलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ। दुर्गा पुजा पर्व छाडेर अधिकारीहरु मानिसलाई सुरक्षित स्थानतिर लैजान सक्रिय भएका छन्।
साँझसम्ममा समुद्री आँधी भारत आइपुग्ने अनुमान गरिएको छ। प्रतिघन्टा २ सय १० देखि २ सय २० किलोमिटरको गतिमा आँधी आइरहेको भारतीय मौशम विज्ञान विभागले जानकारी दिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक