20131111

दशौं हजारको ज्यान लियो फिलिपिन्स मा अंधिबेहरी ले ! हेर्नुस भिडियो र समाचार


फिलिपिन्समा आएको विध्वँशक समुद्री आँधी पछि राष्ट्रपति बेनिग्नो अक्विनोले देशव्यापी राष्ट्रिय विपदको घोषणा गरेका छन्। उनले आँधीबाट बाँच्न सफल मानिसहरुसम्म छिटो सहायता पुराउन र अत्यावश्यक खाद्यान्नको मूल्य नियन्त्रणमा राख्‍न त्यस्तो घोषणा गरिएको बताए। मध्य फिलिपिन्समा अहिलेसम्मकै सबैभन्दा
खराब समुद्री आँधीहरुमध्ये एकबाट बाँच्न सफल व्यक्तिहरुले आफ्ना ध्वस्त भएका घरहरुको पुनर्निर्माणको प्रयास गरिरहेका बेला राष्ट्रपतिले त्यस्तो घोषणा गरेका हुन्। समुद्री आँधी हाइयानबाट ताक्लोबान नगरमा मात्रै हजारौं मानिसहरुको ज्यान गएको बताइएको छ। बीबीसीका एकजना संवाददाताले एउटै भवन पनि सद्दे नरहेको, भग्नावशेषहरु चारैतिर छरिएको र मृत गाइवस्तु तथा मानिसहरुको शवका कारण दुर्गन्ध फैलिएको बताए।
छिमेकी सेबु प्रायद्विपमा केही नगरका असी प्रतिशतसम्म भाग ध्वस्त भएको एकजना अधिकारीले बताए।
अधिकारीहरुले पूर्वी तटवर्ती प्रान्त लेटेस्थित ताक्लोवान शहर तथा अन्यत्र गरी मात्रै झण्डै दश हजार जनाको ज्यान गएको हुनसक्ने आशँका गरेका छन्।

उद्धार

गत शुक्रबार शक्तिशाली समुद्री आँधी हाइयान तटवर्ती प्रान्तहरु लेटे तथा समरमा आइपुगेको थियो।
फिलिपिन्समा आएको यो नै सबभन्दा ठूलो आँधी भएको बताइएको छ।
उक्त आँधीले ४० लाख भन्दा बढी मानिसलाई प्रभावित गरेको बताइएको छ, तर जनधनको क्षतिको पुरै विवरण आइसकेको छैन।
आँधीबाट बाँच्न सफल ताक्लोवान नगरकि एकजना वासिन्दा एभेलिनाले भनिन्, "हामी भित्तामा अडिएका थियौं। हामी बर्षा थामियोस् र हुरी रोकियोस् भनि इश्वरसँग प्रार्थना गरिरहेका थियौं। हामी तीनचार घन्टा पानीमा रुझ्यौं। मेरी एकजना बहिनी र उनका छोराछोरीले नारियलको रुखमा टाँसिएर आफ्नो ज्यान बचाए।"

सँघर्ष

एउटा ठूलो अन्तर्राष्ट्रिय उद्धार प्रयास थालिएको छ, तर उद्धार कार्यकर्ताहरु आँधीका कारण अलगथलग परेका केही गाउँ तथा नगरहरुमा पुग्न सँघर्ष गरिरहेका छन्।
अन्तर्राष्ट्रिय रेडक्रसका एकजना अधिकारीले कतिपय सडकहरुबाट अवरोध हटाएर यातायात शुरु गरिएको जनाएका छन्।
मौसमविद्हरुले मँगलबार फिलिपिन्सका तटवर्ती क्षेत्रहरुमा मुसलधारे पानी पर्ने अनुमान गरेका छन्।
यसबाट उद्धार कार्यमा थप वाधा पुग्ने अनुमान गरिएको छ।
फिलिपिन्स सात हजारभन्दा बढी टापुहरु मिलेर बनेको देश हो।
केही मानिसहरुले समुद्री आँधीबाट जनधनको क्षति कम गर्न अधिकारीहरुले थप केही गर्नसक्थे कि भनि प्रश्न गरिरहेका छन्।
आँधीले विध्वँश मचाएका क्षेत्रहरुमा हजारौं सैनिकहरुलाई तैनाथ गरिएको छ र सैनिक मालवाहक विमानहरुले खाद्यान्न लगायतका सामग्री खसाइ रहेका छन्।
ताक्लोवान नगरमा लुटपाट मच्चिएपछि त्यहाँ स्थिति नियन्त्रणमा ल्याउन सैयौं सैनिकहरु तैनाथ गरिएको छ।
एकजना स्थानीय शिक्षक एण्ड्रयु पोमेदाले भने, "आउँदो एक साता भित्र कैयौं मानिसहरुले खान नपाएर ज्यान गुमाउने खतरा मैले देखेको छु।"


अमेरिकाले विमान तथा पानी जहाजबाट सहायता सामग्रीहरु पठाएको जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक