20131126

टुट्यो सारँगीको तार : "सारँगी नायक" जँग बहादुर गन्धर्बको दु:खद निधन, अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवारको तर्फबाट हार्दिक श्रध्दान्जली

आज अकस्मात नेपालबाट खबर आयो प्रख्यात "सारँगी बादक" कलाकार जँग बहादुर गन्धर्बको दु:खद निधन भयो भनेर । केही बर्ष अघी झलकमान गन्धर्ब, केही महिना अघी तिर्थ गन्धर्ब र आज फेरी अर्को सारँगी नायकलाई हामीले गुमायौँ । एउटा गायक भएको नाताले र मेरा करिब दुई दर्जन एल्बममा, बजारमा आएका लोक र दोहोरी गीतहरुमा मात्र होइन, नेपालको साँगीतिक इतिहासमा एउटा अलग्गै ईतिहास रच्न सफलनेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का थुप्रै भागहरुमा सारँगीको मिठो धुन दिने दाई जँग बहादुर गन्धर्बको निधनले मेरो साँगीतिक जिबनमा पनि ठुलो आघात परेको महशुस गरेको छु । मैले मात्र होइन नेपालले नै ठुलो क्षति बेहोर्नुपर्ने छ जँग बहादुर गन्धर्बको अभाबमा । यस्ता अशल सारँगी बादक, मलाई भन्न मन लाग्छ "सारँगी नायक" जँग बहादुर गन्धर्बको निधन मा दु:ख प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा समबेदना र स्वर्गिय आत्मा प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्न चाहन्छु । वहाँको आत्माले शान्ती पाओस, सधैं स्वर्गमा बास होस हाम्रो कामना । 
 - राम प्रसाद खनाल - अध्यक्ष एबम 
 अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवार 
 वहाँको सारँगीको मिठो धुन ले सुसँजित मेरा केही सुपरहिट भएका गीतहरुमा वहाँको सारँगी को मिठो धुन सुनेर वहाँ प्रती श्रध्दान्जली अर्पण गर्न मन भए तल . ( Read More...) मा जानुस






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक