20131126

प्रचण्ड बाबुराम र अन्य हरुवाहरु द्वारा १ लाख ९ हजार ३ सय ६८ जना मिलेर निर्बाचनमा धाँधली गरेको आरोप !

चुनावमा एमाओवादीले भने जस्तै धाँधली हुन सेनाप्रहरीन्यायधिशसिडिओ, मतदान अधिकृत पर्यवेक्षक, दलका बुथ एजेन्ट,पत्रकार गरि लाखौं व्यक्ति संलग्न हुनुपर्छ । कम्तीमा १ लाख ९ हजार ३ सय ६८ जना नमिली एमओवादीले आरोप लगाएजस्तो धाँधलीको सम्भावना नै छैन ।  
सिडिओ -७५ जना 
डिएसपी/एसपी-७५ जना
जिल्ला निर्वाचन अधिकृत- ७५ जना
क्षेत्र निर्वाचन अधिकृत- २४० जना
नेपाल प्रहरीका कमाण्डीङ अफिसर- २४० जना
सशस्त्र प्रहरीका कमाण्डीङ अफिसर- २४० जना
मतदान अधिकृत-१८४६५
निर्वाचन केन्द्रमा दलका एजेन्ट- ३६९१२
निर्वाचन पर्यवक्षक- ५४०००
माथि उल्लेखित बाहेक सुरक्षामा खटिएका अरु लाखौं प्रहरीसेनाम्यादी प्रहरीबिच मिलेमतो हुनुपर्छ। बाकस
बोक्ने भरिया/ ड्राइभरपत्रकारलाई पनि केहि न केहि षडयन्त्रको गन्ध त आएकै होला नि!
के येति धेरै मान्छे बिच यत्रो ठुलो कुरा गोप्य रह्यो होला त?
यत्रो मान्छेमा कोइ न कोइ त माओबादी समर्थक थिए होलान नि। उसले त्यो खवर तुरुन्त बाहिर ल्याउँथ्यो होला नि।
यदि लाखौं व्यक्तिमा मओवादी समर्थक नै छैनन् भने त्यत्रा धेरैले बहिस्कार गरेको माओवादीलाई बाँकी जनताले बहिस्कार गर्नु ठूलो कुरा होइन। 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक