20131120

संविधानसभा निर्वाचनको प्रारम्भिक परिणाम !

Updated ....
आतंककारी र अपराधीहरुका सरदार, नेपाली बिन लादेन प्रचन्डलाई नेपाली काङ्रेस का एक जना बहादुर युबा राजन केसिले नमज्जाले हारको स्वाद चखाएर छोडे ! बधाई छ काठमाडौं का क्षेत्र नम्बर १० का आतंक बिरोधी र शान्ती कामी जनता लाई । यस बाट पाठ सिकेर प्रचन्ड अब असली छबिलाल दाहाल बनुन होइन भने अब नेदरल्यान्द को हेग तिर पनि आजको दिन दोहोरिने पक्का छ समयमै चेतना भया ! निर्वाचन को परीणाम स्विकार नगरे र धेरै फुर्ती लगाउन थाले हेग तिर पाइला चाल्ने दिन अझ नजिकिने हुनसक्छ । मनन गर्दा राम्रो । 
.......................................       
ताजा परिमाण
Updated........
क्षेत्र नं. १० को परिणाम: नेपाली कांग्रेसका राजन केसी २०३९२, सुरेन्द्र मानन्धर (एमाले)१३६१५, पुष्पकमल दाहाल(माओवादी) १२८५२ ।
पाल्पा क्षेत्र नं. २ मा एमालेका सोमप्रसाद पाण्डे, कास्की क्षेत्र नं ३ बाट एमालेका रविन्द्र अधिकारी विजयी भएका छन् ।
......................................... कांग्रेसले मनाङबाट खाता खोलेको छ । कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल गुरुङले ११९२ मत पाए भने राप्रपा नेपालका भुजुङ गुरुङ ५६२ मतसहित तेस्रो भए । संविधानसभा निर्वाचनमा षड्यन्त्र भएको भन्दै एमाओवादी निर्वाचनबाट पछि हट्न खोजेको छ । अधिकांश क्षेत्रमा एमाओवादी पराजय उन्मुख भएपछि एमाओवादीले मातहतका कमिटीलाई पत्राचार गर्दै प्रक्रिया स्थगित गर्न माग गरेको छ । प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती जारी गर्दै 'संविधानसभा निर्वाचनमा विभिन्न खाले षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षाअनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई यही स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको' उल्लेख गरेका छन् ।ताजा परिमाण
पार्टीजितअग्रता
नेपाली कांग्रेस2            ७३           
नेकपा एमाले2४८
एमाओवादी००१९
फोरम लोकतान्त्रिक०००५


तमलोपा०००४
स्वतन्त्र०००१
सद्भावना०००१
राजमो०००१
फोरम नेपाल०००६
राप्रपा ०००२

राष्ट्रियमधेस सद्भावना पार्टी

०००१
राप्रपा नेपाल०००१





हुन त मत गणना अझ धेरै बाँकी छ अहिले नै यसो भयो त्यसो भयो भनेर बोल्नु निकै हतार हुनेछ । अहिले त मात्र प्रत्यक्ष्य तर्फको गणना भैरहेको छ २४० सिटको मात्र । ३३५ जना समानुपातिक तर्फ कस्को के अवस्था छ थाहा पाउन अझ केही दिन लाग्न सक्ने छ । त्यो थाहा नभए सम्म अहिले नै यो हुन्छ त्यो हुन्छ भन्ने पक्ष मा हामी छैनौँ । जसले जती जिते पनि सरकार बनाए पनि हाम्रो चिन्ता भनेको देश मा संबिधान बनोस, जातिय आधारमा मुलुक नटुक्रियोस, सबै नेपाली मिलेर बस्न, बाँच्न पाइयोस भन्ने मात्र चासोको बिषय हो । प्रारम्भिक नतिजा हेरेर आतंककारी प्रचन्ड र बाबुरामहरुको उन्माद एक हद सम्म कम हुने र साइजमा आउने अवस्था छ है भन्दा साह्रै खुशी लागेको छ । जसले जितोस जे होस् अहिलेको आवश्यकता भनेको नेपाली बिन लादेन प्रचन्ड र मुस्ताङे नौटँकी बाबुराम लाई देश टुक्र्याउन बाट रोक्नु, यिनिहरुलाई ठेगान लगाउन सक्नु नै हो । तर यो पनि सत्य हो कि यिनिहरुलाई पाखा लगाएर मात्र पनि सम्स्या हरु समाधान हुने अवस्था छैन । जसले जिते पनि मिलिजुली सानो सहमतिको सरकार, एक बर्ष भित्र देश नटुक्रिने गरी संबिधान बनाउनु नै अब को मुख्य काम हुनुपर्छ । कसैलाई उन्माद नचढोस्, जनताको मत को कदर होस् । जँगल जान तम्तयार बैद्य माओवादी लाई जङल जानबाट रोकियोस । यो जनताको मत ६०१ जना को हुल लाई तलब भत्ता खाने, देश अरु बर्बाद बनाउने हिजोको जस्तो लाइसेन्स नबनोस । हाम्रो यही कामना छ ।

 केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु

 -प्रचन्डले जनता संग लब (love)पर्या छ मेरो भन्ते विचरा पुरै वान साईडेड लप पर्या रैच!!! -६४ मा दुध उम्लेर धेरै भयको थियो, आखिरी उम्लेको दुध न हो सेलाए पछि साइजमा आइहाल्यो नि -मकैको गेडा पड्केर जती माथि पुगेपनी, अन्तिम मा खस्ने भनेको कराइमै हो ! -हेलिकप्टर चढ्दैमा दुईतिहाई आउनेभए पाइलटको सतप्रतिशतआउँथ्यो । -रुख हराभरा भयो...घाम पनि मजाले लागे...,हसिंया हथौडा चैं खिया लागेछन्. -राणाहरु साफ हुन १०४ बर्ष लाग्यो माओबादी त ४/५ बर्षमै पत्ता साफ हुने पर्यो । राणा भन्दा गैबर पो रछन् त माओवादी।जनता धेरै शिक्षीत भैसकेछन् अब। -प्रचन्नले भन्थे हाम्रो लडाइँ कांग्रेस, एमालेसँग होइन, सिधै राजासँग हो । हो रैछ, त्यसैले त अहिले राप्रपा नेपालसँग भिड्दैछन् । - पहिलेको निर्वाचनमा जस्तो एमाओवादीलाई 'भूतप्रेत'ले भोट नहालेकाले यसपाली धेरै ठाउँमा कम लम्बर ल्याएको हो, यसमा 'जीवित जनता'को कुनै दोष छैन ! -देस लुटेर खाने प्रचन्डलाई कसैले छुन सकेका थिएनन अब साझा बस मा भाडा तिरेन भने खलासीले सम्म मुत्ने गरी कुट्छ। -राष्ट्रपति(भित्ते)भएको,प्रधान मंत्री भएको,हिरो(रेखाको) भएको,झापड खाएको पटक पटक गरी देखिएको थियो, यसपटक त रोएको पनि देख्न पाइन्छ जस्तो छ! -माअोवादि ले त फ़ेसबुक मा केटीहरूको प्रोफ़ाइल फोटो को लाइक्कस् बराबर नि भोट लेउदैन जस्तो छ :पि -अग्रगमनका नाममा अराजकता, पहिचानका नाममा छाडापन र विकासका नाममा ब्रम्हलूटको स्रोत बनेको 'माओवादी रजाईं'ले जनताको झापड पाउला जस्तो देखियो । -खड्ग ओली भन्थे - बाँदर ले हाङगा हल्लाउने मात्र हो । रुख लडाउन सक्दैन , माओवादी त्यस्तै हो । हो रहेछ , बुढाले ठीक भनेका रहेछन । -प्रचन्ड प्रतापी भु-पती,दोस्रो चुनावमै माओवादीको यो गती । -प्रचण्ड ले बैद्य लाई फोन गरेर भनेछन - " अलि अलि बम बचेका छन् भने सापट देउ त |" -प्रकाशको ३ वटी प्रगती, प्रचण्डको दुर्गती -चुनाव हारे बाराभ त ईन्जिनियर गरी खालान बिचरा प्रचन्ड के गर्नेहुन खै ? सिराहा तिर रिक्सा चलाऊन लाई मधेश गाका हुन क्यारे -"निश्चित रुपमा सप्पै-सप्पै दोष उनै रेखाको ... मने त्यस्तो अन्धै पार्ने नाच किन देखाको ? " - अध्यक्ष कमरेड -पदम कुवरले हानेको झापड त सहेकै हो कमरेड अहिले त जनताले नै दनक दिए लौ न उपाय खोज्नुस । नाक देखाउनै गारो हुने भो रे के -एमाओबादी - रेलिगेसनमा पर्ला जस्तो लाग्यो मलाइ | -गाउ खाने कथा : जन्गलबाट आएका जन्गलमै जान लागेका के हो? उत्तर : प्रचन्ड -माओवादीले त अब हाम्रो झापाको लोकल बसमा नि सिट पाउलान् जस्तो छैन झन संविधान सभाको कुरै छाडौ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक