20131119

दिउसै रात पार्ने र जगत हसाउने कुरा गर्ने बैद्य बा र उनका नेत्र बिक्रम, देब गुरुङहरुको राँडी रुवाइ !

निर्वाचन एतिहासिक रुपमा सम्पन्न भएको लगत्तै बैद्य माओवादीले भनेको छ उनिहरुको बहिस्कार को आन्दोलन र बन्द भब्य सफल भएको छ भनेर दिउसै रात पार्ने र जगत हसाउने कुरा गरेर बैद्य बा र उनका नेत्र बिक्रम हरु , देब गुरुङहरुको राँडी रुवाइ देखेर आज आची गर्ने लाई भन्दा देख्ने लाई लाज भनेझै
भयो । जगत हसाउने वहाँ हरुको यो प्रेस बिज्ञप्ती पनि पढ्नुस जस्ताको तस्तै :  
प्रेस वक्तव्य
१. राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन सम्पन्न गरियोस् भनी सरकार र ४ दलका शीर्ष नेताहरुको ध्यानाकृष्ट गराउनका लागि यथास्थितिको राष्ट्रघाती निर्वाचनको बहिष्कार तथा गत कार्तिक २६ गतेदेखि आज बेलुकी ५:०० बजेसम्म अत्यावश्यक वस्तु र सेवाको वाहन बाहेकको चक्काजाम कार्यक्रम सञ्चालन गरिएको यथार्थता सर्वविदितै छ । ४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले गरिएको दमनका बावजुद पनि चक्काजाम र बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ । त्यसको लागि चक्काजाम तथा बहिष्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

२. चक्काजाम र बहिष्कार आन्दोलनको क्रममा राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर दमन, धरपकड र आतङ्क सिर्जना गरियो । देशभर ५०० जनाभन्दा बढी नेकपा–माओवादी सहित ३३ दल सम्बद्ध नेता, कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाइएको छ । सरकारको यस दमनकारी नीतिको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका सम्पूर्ण साथीहरुलाई बिनाशर्त अविलम्ब रिहाई गर्न हामी जोडदार माग गर्दछौं ।

३. चक्काजाम र बहिष्कार आन्दोलनको विरुद्धमा राज्यद्वारा निरङ्कुश ढङ्गले गरिएको बल प्रयोगका कारणले कतिपय स्थानहरुमा अनपेक्षित दुःखद घटनाहरु पनि घटेको देखिन्छ । त्यसबाट भएको क्षति र जनसमुदायमा पर्न गएको पीडाका सन्दर्भमा हामी दुःख व्यक्त गर्न चाहन्छौं ।

४. अन्त्यमा, राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भए तापनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट छ । राजनीतिक निकासको लागि जुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले फेरिपनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग हार्दिक आग्रह गर्दछौं ।

मिति : २०७० मङ्सिर ४

(देव गुरुङ)
३३ दलीय राजनीतिक मोर्चा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक