20131124

धुर्त खेलाडी, राजनीतिक भिलेन प्रचन्ड र बाबुरामद्वारा फेरी अर्को भयानक षड्यन्त्र, प्रचन्ड बैद्य र हरुवा दल सब एक हुँदै, साबधान एमाले काङ्रेस र अन्य दलहरु हो, एमाओबादी अब तिमीहरुलाई नैअर्को ज्ञानेन्द्र बनाउने षड्यन्त्र मा छन, चेतना भया !

शुरु भयो अर्को षड्यन्त्र, दुई माओवादी एक हुने सम्भावना, बार्ता जारी, हरुवा पार्टी र नेता पनि प्रचन्ड सँग एकता गर्दै, जनताको अभिमत को खिल्ली उडाइदै छ, एमाले र काग्रेस ले समयमै प्रचन्ड र बाबुराम को षड्यन्त्र बुझ्नु जरुरी छ, अब का दिन झनै असहज बनाउने षड्यन्त्र हरुवा हरु बिच, कुनै हालत मा झुक्नुहुन्न एमाले काङ्रेस र अन्य दलहरु, अब बहुमत नमान्ने रे हरुवा हरुले ! बहुमत नमान्ने कस्तो लोकतन्त्र हो कस्तो गणतन्त्र हो, कस्तो नयाँ नेपाल बनाएछौ है ! आज जिबन मा पहिलो पटक यो पनि भन्न मन लाग्यो "थुक्क ....."           
**************
संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चाबन्दीबारे नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग छलफल गरेका छन् । एमाओवादी नेता कृष्णबहादुर महराको निवास धोबिघाटमा भएको छलफलमा संविधानसभालाई उपयोग गर्ने वा बहिस्कार गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । छलफलमा एमाओवादी अध्यक्ष दाहाल, नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरा तथा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसहितका नेताहरु सहभागी छन् ।
*******************
दोस्रो संविधानसभा निर्वाचनको मत परिणाममा निकै पछाडि परेको एकीकृत माओवादीले 'दुईतिहाइ प्रक्रियामा नलागी राजनीतिक सहमतिमा जाने भए मात्रै संविधानसभामा सहभागी हुने' सर्त अघि सारेको छ। एमाओवादीको शनिबार बसेको पूर्व स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, राज्य समिति इन्चार्ज/संयोजकहरूको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा जाने सर्तका रूपमा यस्तो प्रस्ताव राखेका हुन्। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चासमेतलाई राखेर 'राजनीतिक सम्मेलन गरी संविधान निर्माणको सहमति जुटाउनुपर्छ' भन्ने अर्को सर्त दाहालले प्रस्तुत गरेका छन्। त्यस्तै, अन्तरिम संविधानमा बहुमतीय प्रणाली खारेज गरी सहमतीय मात्रै राखेर जान सकिने वा अन्तरिम
संविधानलाई नै थपघट गरी अघिल्लो संविधानसभाले पारित गरेको ८० प्रतिशत प्रावधान मिसाएर नयाँ संविधान बनाउने विकल्प दाहालले अघि सारेका छन्। अध्यक्ष दाहालले बैठकमा पेस गरेको प्रस्तावमा 'बहुमत पाएका दलहरूले सरकार नेतृत्व गर्दै जाने, तर संविधान निर्माणका लागि राजनीतिक सहमति गरेर मात्रै संविधानसभा बस्ने' सर्त अघि सारिएको छ। 'दुईतिहाइको बलमा संविधान बनाउने हो भने हामी बाहिरै बस्छौं,' बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एमाओवादीका एक वरिष्ठ नेताले नागरिकसँग भने, 'एजेन्डा हाम्रो, हामीबिना संविधान कसरी, कस्तो बन्छ हेरौंला।' बाह्रबुँदे सहमति र विस्तृत शान्ति सम्झौताले निर्दिष्ट गरेको संविधान निर्माणको बाटो भने नछाड्ने दाहालले बताएका छन्। 'सहमतीय प्रक्रियाबाटै बाह्रबुँदे सहमतिको कोर्स पूरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' दाहालको भनाइ उद्धृत गर्दै ती वरिष्ठ नेताले भने, 'संविधानसभाको एजेन्डा हाम्रै भएकाले तेस्रो दल भए पनि राजनीतिक पहल हामी नै लिन्छौं । सरकार छोडौं, त्यहाँ उनीहरूले नै गरी खाऊन्।' '२०५७ सालदेखि हामीले संविधानसभाको एजेन्डा अघि सारेका हौं। यो हाम्रै पहलमा आएको एजेन्डा हो। अहिले अर्कैको हातमा गएको हाम्रो राजनीतिक निष्कर्ष छ,' दाहालको भनाइ छ, 'हामी अग्रगामी संविधान बनाउन चाहन्थ्यौं। दोस्रो संविधानसभाले २०४७ सालकै संविधानवरिपरि रहेर नयाँ संविधान बनाउने अवस्था रहेकाले राजनीतिक सहमतिका आधारमा नहुने हो भने हामी बहिस्कार गर्छौं।' एमाओवादीले प्रारम्भिक मत परिणामलगत्तै गणनास्थल छाडेर 'मत पुनरावलोकन नगरे संविधानसभा बहिष्कार' गर्ने निर्णय लिएको थियो। उसकै पछिपछि मधेसी जनअधिकार फोरम, संघीय समाजवादी दल समेतले मतगणना स्थल छाडेर संविधानसभामा भाग नलिने नीति लिएका छन्। एमाओवादीले फोरम, संघीय समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी लगायतसँग मोर्चा गठनको छलफल अघि बढाइसकेको छ। शनिबारकै बैठकमा दाहालले 'मधेसमा जनाधार भएका दलहरू मधेसी जनअधिकार फोरम, संघीय समाजवादी लगायतसँग मिलेर मोर्चा बनाउने' जानकारी दिएको स्रोतले बतायो। दाहालले अघि सारेको अर्को सर्त चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको 'नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई समेत सामेल गरेर राजनीतिक सहमतिको बाटो समात्नुपर्छ' भन्ने हो। वैद्य मोर्चालाई सहभागी बनाउँदा नयाँ बन्ने संविधान निर्माणमा सबैको हिस्सेदारी रहने दाहालले प्रस्ट्याएका छन्। लोकतान्त्रिक मूल्य मान्यताअनुसार जनमतको कदर गर्नुपर्ने र दुईतिहाइ स्वीकार गर्नुपर्ने तर्क कसैले गरे आफूहरूलाई मान्य नहुने दाहालले बताए। 'लोकतान्त्रिक मूल्य मान्यताको कुरा गर्ने हो भने व्यवस्थापिका संसदले निर्वाचित गरेको बाबुराम नेतृत्वको सरकारले चुनाव घोषणा गर्दा किन मानिएन ?' उनले भनेका छन्, 'हामीसँग पनि त्यसको नजिर छ।' वैद्य मोर्चासहितको राजनीतिक सम्मेलनबाट नयाँ संविधान निर्माणको टुंगो लगाउने बाटो अपनाउँदा कसैलाई अप्ठ्यारो नपर्ने उनले बताएका छन्। 'राजनीतिक सम्मेलनबाट टुंग्यायौं भने संविधान सबैको हुने हो, जनमत भनेर इगो बनाइयो भने हामी बाहिरै बस्छौं। अहिले संविधानसभामा गए पनि पछि दुईतिहाइ पुग्दा हामीले बहिष्कार गर्नुको कुनै अर्थ हुँदैन,' दाहालले भने। अध्यक्ष दाहाल आफूले उठाएका एजेन्डावरिपरि नै राजनीति घुम्ने भएकाले कांग्रेस–एमालेलाई घुक्र्याएर सहमतिमा ल्याउन सकिने आसमा छन्। त्यही भएर केन्द्रीय समिति बैठकमा लाने एजेन्डा प्रस्तुत गर्दै दाहालले भने, 'दुईतिहाइको नाममा हामी झुक्दैनौं, बाह्रबुँदेअनुसार राजनीतिक सहमतिका लागि छलफल, वार्ता तत्कालै अघि बढाउनुपर्छ।' अघिल्लो संविधानसभामा सबै दललाई हिस्सेदार बनाउने सहमति भएको उद्धृत गर्दै दाहालले बैठकमा भने, 'दोस्रो संविधानसभाले त्यही सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्छ।' दाहालले राखेको तेस्रो सर्त 'अन्तरिम संविधानको बहुमतीय प्रणाली खारेज गरेर सहमतीय मात्रै राखेर जाने' भन्ने हो। अन्तरिम संविधानमा सुरुमा सहमतीय प्रणालीकै प्रावधान थियो । पछि माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकार बनाउनकै लागि बहुमतीय प्रणालीमा जाने गरी संशोधन गरियो। त्यतिखेर दाहालले रोजेको बहुमतीय प्रणालीलाई अहिले आएर आफैं उल्ट्याउन खोजेका छन्। अन्तरिम संविधान दलहरूकै सहमतिमा बनेकाले त्यसैलाई आधार बनाएर नयाँ संविधान निर्माण गर्न सकिने प्रस्ताव पनि उनले अघि सारेका छन्। 'अन्तरिम संविधान दलहरूबीचकै सहमतिमा बनेको हो। त्यसलाई केही थपघट गरेर अघिल्लो संविधानसभाले पारित गरेको ८० प्रतिशत मिसाएर बनाउँदा सबै हिस्सेदार हुन्छन्,' दाहालले प्रस्ताव गरेका छन्, 'यसका लागि राजनीतिक सम्मेलन गरेर टुंग्याउने एउटा विकल्प हुन सक्छ।' दोस्रो संविधानसभा निर्वाचनसम्बन्धी समीक्षा गर्न शनिबार बस्ने भनिएको केन्द्रीय समिति बैठकमा हेडक्वार्टर तर्पmबाट उक्त प्रस्ताव लाने तयारी भएको छ। केन्द्रीय समितिबाट प्रस्तावलाई निर्णय गराई संविधानसभा बहिष्कार गर्ने तयारी पार्टीले गरेको छ। यसबीच संविधानसभा बहिष्कार गर्ने भनेका अन्य दलहरूसँग मोर्चा बनाएपछि आफ्ना सर्तहरूबारे छलफल गर्न बहुमतप्राप्त दलहरूसँग सहमतिको पहल गर्ने एकीकृत माओवादीले तयारी गरेको छ। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक