20131123

तत्काल एमाओबादीले नगरी नहुने १० समीक्षा !!

दिवाकर ज्ञवाली   
१. भारत या चीन को कुनै एक प्रान्त को सिटिको जति जनसंख्या नभएको १२६ जातजातिको घुलीत बसोबास भएको फिस्टो जत्रो देश मा संघियता कति सार्थक र त्यसमा पनि एकल जातिय पहिचानको संघियता र १४ वटा संघ बनाउनु पर्ने आफ्नो एजेन्डा लाइ जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा ।
२. पहिलो संविधान सभा मा ठुलो पार्टी भएको नाताले अरु पार्टी संग अविभावकको भूमिका निर्बाह नगर्नु र उनीहरुलाई कहिल्यै पनि प्रतिस्पर्धी को रुपमा व्यवहार नगर्नुलाई जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा ।
३. जनबर्गीय उत्थानको लागी जनयुद्ध सुरु गरेको पार्टीले मूल लाइन मा आइसकेपछि जातीय मुद्धालाई प्रार्थमिकता दिई बर्गीय मुद्धा ओझेल मा पार्दा जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा ।
४. आफु प्रधानमन्त्री हुँदा बाबुराम भट्टराई ले पत्रकार डेकेन्द्र थापालाइ जिउदै गाडेको मा पश्चाताप गरि आत्मसमर्पण गर्ने अपराधीलाई नपक्रन आदेश दिनु तथा सम्माननीय अदालतले अपराधि प्रमाणित गरिसकेको व्यक्ति बाल कृष्ण ढुंगेल लाइ आम माफी को सिफारिस गर्नु अनि कानुन बिपरित दोश्रो संबिधानसभामा पुन ढुंगेललाइ उम्मेदबार बनाउनु लाई जनताले कसरि हेरेका रहेछन भनेर

समीक्षा ।
५. गोर्खा का अधिकारि दम्पतिका छोरालाई मार्ने अपराधि लाइ खिरारे सरकार ले पक्रदा नेपाली महिला दिदीबहिनीहरुको महान पर्ब तीज को दिन जिम्मेबार पार्टीका नेताले आबेश मा बन्द घोषणा गरी आफ्ना कार्यकर्ता लाइ तोडफोड मा उतार्नु र महिला दिदीबहिनीहरुको लखेटाई मा परि तुरुन्त बन्द फिर्ता लिनु लाइ जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा ।
६. बाढी पहिरोले सम्पूर्ण जाए जेथा हरण गरेका जनतालाई पूर्व राजाले राहत दिन जादा जथाभाबी बोल्दै आफु प्रधानमन्त्री भएको भए जेल हाल्थे भनेर बाबुराम ले भन्नु, त्यस्तै प्रचण्ड र बाबुराम को हरेक बोलीमा सत्यता नहुनु या सेकेन्ड सेकेन्ड मा कुरा फेर्दै हिड्नुलाई जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा
७. सर्बहारा बर्गको नेतृत्व गर्ने प्रचन्ड को रबाफी जीवनशैलीको बारेमा जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा ।
८. साधारण जनता भएकै कारण कानुन लाग्ने तर ठुलो पार्टीको कार्यकर्ता अथवा प्रचण्ड को पुत्र भएकै कारण प्रकाश दाहाल लाइ कानुनले नछुनु लाइ जनता ले कसरि हेरेका रहेछन भनेर समीक्षा (सन्दर्भ प्रकाश र बिना मगरको बिबाह सम्बन्धि)
९. चुनाब को समय मा जथाभाबी अरु पार्टीका अबसरबादी नेताहरुलाई यो पद दिन्छु उ पद दिन्छु भन्दै लोभ देखाएर पार्टी मा हुल्ने र युद्दस्तर बाट योगदान पुर्र्यौदै आएका आफ्ना नेता तथा कार्यकर्ता को चाहना बिपरित उनीहरुलाई उम्मेदबार बनाउनु कति सार्थक भनेर समीक्षा ।
१०. दिनभरी काम नगरी एक छाक खान नपुग्नेहरुको घर मा निर्बाचन आचारसंहिता बिपरित हेलिकप्टरमा चढेर भोट माग्न जानुलाइ जनताले कसरि हेरेका रहेछन भनेर समीक्षा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक