20131128

मतगणना सकियो, हेर्नुस अन्तिम नतिजा यस्तो छ ! कांग्रेस र एमालेको दुईतिहाइ बहुमत पुगेन, फेरि पनि साना दलकै भूमिका निर्णायक !





क्र.स.राजनैतिक दलप्राप्त मत
नेपाली काँग्रेस२४२१२५२
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)२२४३४७७
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)१४३८६६६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल६२४२८१
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)२६६२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी२५९२३८
मधेशी जनअधिकार फोरम, नेपाल२१२७३३
तराई–मधेश लोकतान्त्रिक पार्टी१८०४३५
सद्भावना पार्टी१३३५२१
१०नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)१३०२६१
११सङ्घीय समाजवादी पार्टी, नेपाल१२१५८०
१२राष्ट्रिय जनमोर्चा९२४९८
१३नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)९१९६४
१४राष्ट्रिय मधेश समाजवादी पार्टी७९६८०
१५नेपाल मजदुर किसान पार्टी६६६४२
१६तराई मधेश सदभावना पार्टी नेपाल६५४६७
१७राष्ट्रिय जनमुक्ति पार्टी६३८३९
१८थरुहट तराई पार्टी नेपाल६२८९४
१९नेपाल परिवार दल५१८१९
२०दलित जनजाति पार्टी४९२४२
२१अखण्ड नेपाल पार्टी३६८५१
२२नेपाली जनता दल३३२७८
२३मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)३२०३१
२४खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल३०६८९
२५नेपाः राष्ट्रिय पार्टी२८०२०
२६जनजागरण पार्टी नेपाल२७३९८
२७संघीय सद्भावना पार्टी२६८३५
२८मधेश समता पार्टी नेपाल२३९८८
२९संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)२१५८१
३०समाजवादी जनता पार्टी२१५३९
३१संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल१८६८०
३२नेपाल कम्युनिष्ट पार्टी१८१५८
३३नेपाल युवा किसान पार्टी१६७८२
३४नेपाल जनता पार्टी१५९३३
३५नेपाल सद्भावना पार्टी१५६०८
३६खस समावेशी राष्ट्रिय पार्टी१५२३७
३७तराई मधेश पहाड हिमाल एकता पार्टी१२६०५
३८अखण्ड सुदूरपश्चिम पार्टी नेपाल१२३३६
३९मधेश तराई फोरम११३६५
४०राष्ट्रिय स्वाभिमान पार्टी नेपाल११२४१
४१लोक दल१०९५३
४२जनता दल नेपाल१०५९५
४३नेपाल लोकतान्त्रिक समाजवादी दल१०३९१
४४जनता दल लोकतान्त्रिक पार्टी१००९०
४५जन प्रजातान्त्रिक पार्टी८५१७
४६शिवसेना नेपाल८३९७
४७पिछडावर्ग निषाद दलित जनजाति पार्टी८३४८
४८मंगोल नेशनल अर्गनाइजेशन८२४८
४९नव नेपाल निर्माण पार्टी८०६१
५०चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल७९९६
५१नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी७७८६
५२नेपाल शान्ति क्षेत्र परिषद्७७३७
५३नेपाल गणतान्त्रिक एकता पार्टी७१९९
५४संघीय लिम्बुवान राज्य परिषद७०६३
५५विश्व सत्यवादी पार्टी६६९०
५६सहकारी पार्टी नेपाल६१३९
५७राष्ट्रिय जनता दल नेपाल६०४२
५८शान्ति पार्टी नेपाल६०२९
५९संघीय समावेशी समाजवादी पार्टी, नेपाल५९८२
६०गरीब एकता समाज पार्टी, नेपाल५८६१
६१मधेशी जनअधिकार फोरम मधेश५८३६
६२राष्ट्रिय यथार्थवादी पार्टी नेपाल५५०४
६३नेपालआमा पार्टी५४९५
६४जनता दल युनाइटेड५३८९
६५राष्ट्रिय शिवसेना पार्टी५३८३
६६राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी५२७३
६७राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल५२५९
६८संयुक्त राष्ट्रवादी मोर्चा नेपाल५२२९
६९चुरेभावर लोकतान्त्रिक पार्टी५०८६
७०नेपाल लेबर पार्टी४८३४
७१नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)४८२२
७२नेपाल नागरिक पार्टी४७९३
७३बहुजन समाज पार्टी नेपाल४७८३
७४राष्ट्रिय नागरिक पार्टी४६६६
७५चुरेभावर राष्ट्रिय पार्टी४६५९
७६नेपाल सद्भावना पार्टी (युनाइटेड)४५८०
७७जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स४४७८
७८हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल४२४४
७९नयाँ नेपाल राष्ट्रिय पार्टी४११७
८०जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल४०६२
८१देशभक्त समाज३९०२
८२नेपाल समावेशी पार्टी३८९६
८३नेपाल जनसमावेशी एकता पार्टी३७५२
८४लिम्बुवान मुक्ति मोर्चा३७५२
८५लिबरल डेमोक्रेटिक पार्टी३७३७
८६नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)३६४४
८७जनता पार्टी नेपाल३५९८
८८देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा३५४२
८९राष्ट्रिय चुरेभावर पार्टी३४६२
९०नेपाल राष्ट्रिय विकास पार्टी३४१७
९१नेपाल गौरवशाली पार्टी३३९०
९२सोसल रिपब्लिकन पार्टी३३६०
९३राष्ट्रिय एकता पार्टी३३४२
९४युनाइटेड ग्रीन अर्गनाइजेशन३२६५
९५जनमोर्चा नेपाल३१९०
९६नेपाल राष्ट्रसेवा दल३१३६
९७लोकतान्त्रिक पार्टी–नेपाल३११२
९८नयाँ संघीयता जनधारणा पार्टी३०२३
९९मातृभूमि नेपाल दल३००६
१००नेपाल राष्ट्रिय यातायात विकास दल२९६१
१०१राष्ट्रवादी एकता पार्टी२९१२
१०२लिम्बुवान मुक्ति मोर्चा नेपाल२८५५
१०३राष्ट्रिय जन विकास पार्टी२७४१
१०४नेपाल समाजवादी पार्टी (लोहियावादी)२७०८
१०५संघीय विकासवादी पार्टी नेपाल२६४८
१०६राष्ट्रवादी जनता पार्टी२५१२
१०७नेपाल जनभावना पार्टी२४३२
१०८नेपाल न्यायिक दल२३८४
१०९तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी२३१०
११०संयुक्त जनमोर्चा२२३२
१११श्रमिक जनता पार्टी–नेपाल२०४२
११२राष्ट्रिय मधेश एकता पार्टी, नेपाल२०३५
११३ॐ सेना नेपाल२०२१
११४हरियाली नेपाल पार्टी१९३१
११५नेपाल मधेशी जनता दल (समाजवादी)१९०२
११६नेपाल श्रमजिवी दल१८९०
११७युवा शक्ति नेपाल पार्टी१८४४
११८लिग नेपाल शान्ति एकता पार्टी१८१८
११९लोकतान्त्रिक जनता पार्टी नेपाल१७२४
१२०तराई पहाड हिमाल समाज पार्टी१६९४
१२१राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी११९०
१२२नेपाली जनता पार्टी९९६
जम्मा
९४५७८४४

नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा मिल्दा सरकार गठनका लागि सुविधाजनक बहुमत प्राप्त गरे पनि संविधान निर्माणका लागि भने एकलौटी दुईतिहाइ बहुमत हासिल गर्न सकेनन् । यसकारण अब संविधानसभामा दुई तिहाइ प्राप्त गर्न कांग्रेस र एमालेेले साना दलको सहारा लिनैपर्ने भएको छ ।
sushil-and-jhalanath
समानुपातिकतर्फको मत परिणामअनुसार अनलाइनखबरबाट गरिएको प्रारम्भिक आँकलनअनुसार कांग्रेस र एमालेले प्रत्यक्ष र समानुपातिक दुबैतर्फबाट प्राप्त गरेको कूल मत ३ सय ७१ पुगेको छ । कांग्रेसले प्रत्यक्षतर्फ १ सय ५ र समानुपातिकतर्फ ९१ गरी १ सय ९६ सीट ल्याएको छ भने एमालेले प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ८४ गरी १ सय ७५ सीट ल्याएको छ । दुबै दलले सरकार निर्माणका लागि आपसमा मिल्दा स्पष्ट बहुमत पुर्‍याए पनि संविधान निर्माणका लागि दुईतिहाइ सीट भने पुर्‍याउन सकेनन् ।
संविधानसभाको नयाँ ‘कम्पोजिसन’ लाई हेर्दा कांग्रेस र एमालेलाई आफूल भनेजस्तो संविधान पारित गर्नका लागि दुईतिहाइ पुर्‍याउन ३ सय ७१ मा थप ३० सीट चाहिन्छ । यसमा विगतको लोकतान्त्रिक गठबन्धनमा रहेका राप्रपा (१३), नेकपा माले (५), राष्ट्रिय जनमोर्चा (३) र नेकपा संयुक्त (३) लाई साथमा लिँदा एमाले कांग्रेसले अझै ५ सीट थपेपछि बल्ल दुई तिहाइ बहुमत पुग्छ । तर, मनोनित हुने २६ जनाको कोटाबाट कांग्रेस एमालेले यो अभाव पूर्ति गर्ने सम्भावना छ ।
एमाओवादीले मधेसवादी र अन्य साना दललाई आफ्नो विश्वासमा लियो र कांग्रेस एमालेबाट अलग्याउने रणनीति अपनायो भने दुईतिहाइ बहुमत रोक्ने खालको परिणाम संविधानसभामा देखिएको छ । तर, कांग्रेस र एमालेका नेताहरुले साना दललाई सरकारमा लगेर लोभ्याए भने दुई तिहाइको संकट टर्ने देखिन्छ ।
जेहोस्, सरकार गठन र विघटनको खतरा एक किसिमले टरेजस्तो देखिए पनि संविधान बनाउने सवालमा कांग्रेस र एमालेका नेताहरुले जसरी दुई तिहाइले गरिन्छ भनिरहेका थिए, चुनावी परिणामले उनीहरुलाई साना दलप्रति ‘डिपेन्डेड’ बनाइदिएका छन् । यस्तो गणितीय अवस्थितिले एमाओवादीलाई संविधानसभामा खेल्न सहज बनाइदिएको छ ।
संविधानसभामा फेरि पनि एउटै दलको बुहमत नपुग्ने गरी जनताले मतदान गरेका छन् । लोकतान्त्रिक गठबन्धनको अत्यधीक बहुमत पुग्ने भए पनि कांग्रेस र एमाले आपसमा नमिलेको खण्डमा स्थिर सरकार बन्ने अवस्था छैन ।
दोस्रो संविधानसभाको मत अवस्थालाई हेर्दा फेरि पनि संविधानस निर्माणका लागि दलहरुवीच सहभार्ग र सहमति गरेर अघि बढ्नुपर्ने स्थिति देखिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक