20131124

कठै नेपालको राजनीति, कठै नेपालका नेता अनी हाम्रो पत्रकारिता र पत्रकारहरु ! ॠषि धमला र एमाओबादीका प्रबक्ता अग्नी सापकोटाको यो अन्तर्वार्ता हेर्दा बर्तमान नेपालको वास्तविकता छर्लंग हुन्न र ? हेर्नुस त !


- Nimesh
* संबिधान सभा शुरू देखिको माओवादीकै माग अनुसार आएको हो तापनि यदि जनमतको अपमान गर्दै आफ्नो हारबाट अत्तलिएर नवगठित संविधान सभा छोड़ने माओवादीले सोच राखेको छ भने आगामी दिनहरुमा निम्न प्रश्न हरुको उत्तर दिनु पर्नेछ: 
१. यदि संविधान सभा आवश्यक थिएन भने गएको ५-६ वर्ष देखि यो राजनैतिक नौटंकी किन मंचन गरियो? २. सो अवधीमा भएको राष्ट्रको अमूल्य समयको बर्वादी, अर्बोंको राष्ट्रीय ढुकुटीको सर्वनाशको जिम्मेवारी माओवादीले लिने कि नलिने?
 ३. फेरी जंगलनै पस्ने हो भने लड़ाकू समायोजन, सहिद परिवार तथा अन्य विविध नाममा जनताको रगत पसिनाको कमाई बाट गराइएको खरबौको खर्च माओवादीबाट असुल्ने कि नअसुल्ने?
 ४. बैधानिक प्रक्रिया बाट भागी अबैधानिक गतिविधिमा लिप्त हुने अवस्थामा माओवादीलाई आतंककारी घोषणा गरेर वार कि पार हुनु पर्ने बाध्यता लोकतान्त्रिक शक्तिहरु माथि पर्नेछ. नेपाली जनता पनि सधैको कचकच सहनु भन्दा एकपटक फेरी दुःख सहेर माओवादी नामको पिलो निचरेर खिल निकाल्न तैयार हुनु पर्नेछ. त्यो अवस्थाको जिम्मेवार माओवादी बाहेक अरु को हुन सक्छ?
 ५. जनताको निर्णय माओवादीले नमान्ने हो भने ज्ञानेन्द्रले चाही राजगद्दी किन त्याग्नु पर्ने? सबै प्रक्रिया भंग भई पुरानै अवस्थामा राजनीती पुगेमा ज्ञानेन्द्रलाई गद्दिमा पुनः स्थापित किन नगर्ने? त्यो रोकने माओवादीको नैतिक अधिकार बांकी रहन्छ? समय मै सोचेर माओवादीले बुद्धि मत्ता पूर्ण निर्णय लेवोस. साथै बैद्य माओवादी जस्तो पथभ्रस्ट र जनआलोचित समूहसंग मूतको न्यानो खोज्न गएर आफ्नो अवमूल्यन आफै नगरोस् यही हाम्रो शुभेक्षा छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक