20131124

यस्तो अवस्थामा संविधानसभाले कसरी काम गर्ला ? अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरसँगको अन्तर्वार्ता पनि

दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको नतीजामा विगतको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी तेस्रो दलमा ओर्लिएको छ भने समानुपातिकको मतगणनामा पनि त्यस्तै संकेत देखिएको छ । तर आफ्नो पक्षमा अनपेक्षित परिणाम आउन थालेपछि चुनावी प्रक्रियामा धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ । यस्तो अवस्थामा संविधानसभाले कसरी काम गर्ला? यसको जवाफ खोज्न हामीले आज नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटा र विश्लेषक सीके लाल हुनुहुन्छ । साझा सवालको यो अंकमा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरसँगको अन्तर्वार्ता पनि समेटिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक