20131117

जगतगुरु कृपालु महाराजको मष्तिष्कको चोटका कारण निधन



jagat
अलाहबाद/ आध्यात्मिक गुरु जगतगुरु कृपालु महाराजको मष्तिष्कको चोटका कारण शुबmबार एक निजि अस्पतालमा निधन भएको छ। ९१ बर्षिय जगतगुरुलाई नोभेम्बर ११ मा अलाहबादबाट चिन्ताजनक अवस्थामा भेन्टिलेटरको प्रयोग गरि विमानबाट दिल्ली गुरगाउँमा पुर्याइएको थियो। केहि दिन अगाडी आश्रमको बाथरुममा चिप्लेर लडेका जगतगुरुको मष्तिष्कमा लागेको चोट बढेपछि उनको आपतकालिन
सल्यक्रिया गरिएको अस्पतालको श्रोतले जानकारी दिएको थियो। सघन उपचारमा रहेका कृपालु महाराजको गुरगाउ स्थित एक निजि अस्पतालमा शुक्रबार विहान स्थानिय समय ७ बजेर ५ मिनेट जाँ मृत्यु भएको थियो। कृतिम स्वास प्रस्वास दिएका कृपालु महाराजलाई गुरगाउँ स्थित फोर्टिस मेमोरिएर रिसर्च इन्स्टिच्युटमा भर्ना गरिएको थियो। चिन्ताजनक अवस्थामा पुगिसकेका जगत गुरुलाई नोभम्बर ११ मा अलाहबादबाट अस्पतालमा विमानबाट ल्याइपुर्याएको र उनको शुक्रबार निधन भएको फोर्टिसका प्रवक्ताले बताएका थिए।
डा. राना पतिर र उनका टोलीले मध्यरातमा कृपालु महाराजको मस्तिष्कको चोटको उपचारका लागि आपतकालिन सल्यक्रिया गरेको ती प्रवक्ताले बताए। उनी विश्वभरी फैलिएको मुनाफामा चलिरहेको हिन्दु संस्था जगतगुरु क्रिपालु परिषदका निर्देशक हुन् र उक्त आध्यात्मिक संस्थाको पाँचवटा प्रमुख केन्द्र , चारवटा भारतमा र एउटा अमेरिकामा रहेको छ। कृपालू महाराजको जन्म सन् १९२२ अक्टोबरको सरत पुर्णिमाको राती अलाहबाद सहरको मनगार्थ गाउँको एक प्रतिस्थित ब्राम्हण परिवारमा भएको थियो। हिन्दु धर्ममा करिब पाँच हजार बर्ष पहिला सरत पुर्णिमाको राती कृष्ण र श्री राजेश्वरी राधा रानीले बृन्दाबनमा रमन गरेको भन्ने उल्लख गरेको छ।
कृपालु महाराज विगत २ हजार ५ बर्षको कालखण्डमा बनेका पाँचौ र ७ सय बर्षपछिको पहिलो सर्वोच्च जगतगुरु अर्थात विश्वगुरु अर्थात गुरुहरूका गुरु हुन्। विश्वमा करोडौं अनुयायी भएका अध्यात्मिक गुरु कृपालु महाराजले हिन्दु धर्मका विविध ग्रन्थ तथा विशेष गरि भागवत गिताको आध्यात्मिक दर्शनलाई सरल भाषामा प्रवचन मार्फत प्रचार प्रसार गर्दै आइरहेका थिए। उनको अदभुत आकर्षक प्रवचन शैली र अठाह ज्ञानले भरिएका कथामा श्रोताहरू मन्त्रमुग्ध हुने गरेको पाइन्छ। श्री महाराजी जी को नाममा आफना अनुयायीहरूको माझमा चिनिएका कृपालु महाराज ९१ बर्षको उमेरमा समेत भक्ति योगको दिक्षा प्रदान गर्ने तथा प्रवचनमा सबिmय रहेका थिए। जन्मपछि र हुर्कदै जाने क्रममा कृपालु महाराजले आफ्नो अनुपम तथा नैतिकताले ओतप्रोत स्वभावबाट अरुलाई प्रभावित पारेका थिए। १४ बर्षको उमेर उनी संस्कृत साहित्य अध्ययनका लागि इन्दोर गए। इन्दोरमा दुई बर्ष भित्रै सबै विषयमा विज्ञता हासिल गरि कृपालु महाराजले आफना गुरुहरूलाई समेत आश्चर्य चकित तुल्याइदिएका थिए। १६ बर्षको उमेरमा उनी इन्दोरबाट अलौकिक चैतन्य अवस्था प्राप्त गरि फर्के र चित्राक्रुत र सार्बांग तर्फ लागे। चित्रकुत र सार्बांगबाट कृपालु महारजले महोबा र झाँसीको यात्रा गरे। उनी जहाँ गएपनि उनलाई भेट्ने र देख्नेहरूले उनीमा दैविक तथा अलौलिकताको महसुस गरे। उनको भक्ति ज्ञानको धारा प्रवाह प्रवचनले भारतमा मात्र नभई विश्व भरि नै चर्चा पाउदै गयो। यसले उनको अनुयायीहरू पनि ज्यामितिय आकारमा बढ्न थाल्यो।
सन् १९५७ जनवरी १४ मा धार्मिक नगर काशीमा ५ सय वेदज्ञाताको एक धार्मिक संस्था काशी विद्वत परिषदले श्री महाराज जीलाई जगतगुरुको पदबाट विभुषित गरिएको थियो। ७ सय बर्ष पछि जगतगुरुको उपाधी दिइएको पहिलो थियो। उनले ५ सय विद्धानहरूको सबै धार्मिक जिज्ञासाहरू सान्त पार्न सफल हुनु भएकोथियो। उनले हिन्दु धर्ममा इश्वर प्राप्तीका लागि सबैभन्दा उत्तम मार्ग भक्ति मार्ग भएको पनि प्रमाणित गरिदिएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक