20131210

अमेरिकामा मदरल्याण्ड नेपालले नेपालको पर्यटन प्रबर्धनका लागि भव्य सांस्कृतिक प्रदर्शनी तथा सांगीतिक कार्यक्रमको आयोजना


1460164_10201175186077852_1893313358_n
1452543_10202183800630076_1340179036_nओकल्याण्ड, अमेरिका, २५ मंसिर । अमेरिकामा लोकप्रिय संस्था मदरल्याण्ड नेपालले नेपालको पर्यटन प्रबर्धनका लागि सोमबार भव्य सांस्कृतिक प्रदर्शनी तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । क्यालिफोर्निया राज्यको लागि नेपाल सरकारका पर्यटन दूत, मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा नेपाल अमेरिका चेम्बर अफ कमर्शका कोषाध्यक्ष अनिल पाण्डेको संयोजन तथा नेपाल अमेरिका चेम्बर अफ कमर्श र ओक्ल्याण्ड एसियन सांस्कृतिक केन्द्र आयोजक रहेको सो कार्यक्रम नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको बताइएको छ । कार्यक्रम अन्तर्गत नेपालको पर्यटन प्रबर्धन सम्बन्धी भिडियो प्रदर्शनी, नेपालका बिभिन्न समुदायको सांस्कृतिक भेषभुषा झल्कने सन्दर्भहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा
ओक्ल्यान्डकी मेयर जिम कुआनले सांस्क्रितिक बिबिधताले भरिपूर्ण नेपाली समुदायसँँँग मिलेर काम गर्न पाएकोमा बहुतै खूशी भएको बताउनुभएको थियो । मेयरले मदरल्याण्ड नेपालको संयोजन र सक्रियताको तारिफ पनि गर्नुभयो । कार्यक्रममा नेपाली समुदायको विकास र विस्तारमा टेवा पुर्याए वापत श्रीपशुपतिनाथ फाउण्डेशन, युएसए, लस एन्जलस, अमेरिका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष गोकुल पौडेल, समाजसेवी डा. आमोद पोखरेल र क्यालिफोर्नियामै प्रथमपटक सञ्चारकर्मीहरू नेपाल टेलिभिजनका समाचार सम्पादक चापागाईं, एलएनेपाल डट कमका संस्थापक गोकुल ढकाल, बारमासे डट कमका संस्थापक तिलक कार्की, हाम्रोसमाज डट नेटका संस्थापक ध्रुव थापा, पर्यटन सम्वाददाता विनोदराज तिवारी लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा पर्यटन दूत पाण्डे, अमेरिका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष गोकुल पौडेल र नेपाल आथिक पत्रकार समाजका निवर्तमान अध्यक्ष तथा नेपाल टेलिभिजनका समाचार सम्पादक प्रदीप चापागाईंले नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकीय दृष्किोणले विश्वकै उत्कृष्ट गन्तब्यका रुपमा रहेको बताउनुभयो । हालसालै पर्यटकिय हिसावले संसारकै तेस्रो प्रख्यात र पुग्नैपर्ने गन्तब्यको रुपमा विश्वले नै नेपालको नाम स्थापित गरेको प्रसंग पनि उहांहरूले औल्याउनुभयो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक