20131210

नवनिर्वाचित सभासद्हरुको सम्मानमा गुल्मेलीहरुको साझा मञ्च गुल्मेली समाजले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम

gulmeli savasad lai swagat
काठमाडौं ।  गुल्मेली सभासद्हरुले सहमतिको नाममा  संविधान निर्माण गर्न ढिलाई गर्न हुदैन भन्दै असहमतिको विषयलाई विधि र प्रक्रियाअनुसार टुङ्गयाएर एकवर्ष भित्रै संविधान जारी गर्न आफ्नो
तर्फबाट कुनै कसर बाँकी नराख्ने जनाएका छन् ।
नवनिर्वाचित सभासद्हरुको सम्मानमा गुल्मेलीहरुको साझा मञ्च गुल्मेली समाजले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मंलबार गुल्मीका सभासाद्हरुले चुनावअगाडि जनतासँग गरेको प्रतिवद्धता पूरा गरेरै छोड्ने प्रतिवद्धता दोहो¥याए ।
संविधान निर्माणमा सबै दलको सहमति खोजिनेछ भन्दै गुल्मी क्षेत्र नम्बर ३ का सभासद् एवं नेकपा एमालेका नेता गोकर्णराज विष्टले भन्नुभयो– सहमति भएन भने विधि र प्रक्रियामा जान्छौं, सहमतिको आधारमा मात्र संविधान बनाउन खोजिए गत संविधानसभाजस्तै हुनेछ र  एकवर्षभित्र संविधान नबन्ने अवस्था पनि आउनसक्नेछ ।
कार्यक्रममा गुल्मी क्षेत्र नम्बर २ का सभासद्  एवं नेपाली काग्रेसका युवा नेता चन्द्र भण्डारीले पनि एकवर्षभित्र नै संविधान जारी गर्न आफू क्रियाशील रहने भन्दै नयाँ संविधानमा दलित, जनजाति, महिला सबैको हक स्थापित हुने दाबी गर्नुभएको छ ।  । उहाँले राजनीतिक नेतृत्व इमान्दार नभएको कारण मुलुकमा समस्या देखिएको भन्दै संविधानसभामा गुल्मेलीहरुको शिर उच्च राख्ने गरी आफूले भुमिका निभाउने पनि बताउनु भयो ।
गुल्मी क्षेत्र नम्बर १ का सभासद् एवं नेपाली कांग्रेस महासमिति सदस्य डा. कृष्णबहादुर छन्तेलले पनि सहमतिको नाममा कुनैपनि प्रक्रिया अवरुद्ध हुन दिनेछैन भन्दै तोकिएकै समयमा संविधान जारी गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।  संविधानसभामा सहमति हुन नसकेको कुरा जनमत संग्रहमा लगेर भएपनि अब जनतालाई धोका दिन नहुने भन्दै उहाँले देश विकासको सन्दर्भमा सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने औंल्याउनु भएको छ ।
गुल्मेली सभासद्हरुलाई बधाई तथा शुभकामना दिदै  कानुन तथा संसदीय व्यवस्था मन्त्री हरिप्रसाद न्यौपानेले पनि छिटोभन्दा छिटो संविधान जारी गर्न सभासद्हरुले महत्वपूर्ण भुमिका निभाउने विश्वास व्यक्त गर्नुभएको छ ।  चुनावी मन्त्री परिषद्ले मंसिर ४ को निर्वाचन सफलताको साथ सम्पन्न गरेको भन्दै मन्त्री न्यौपानेले अब वर्तमान सरकार सत्ता छोड्न आतुर रहेको पनि उल्लेख गर्नुभयो ।
नेपाल सरकारका  मुख्य सचिव लीलामणि पौडेलले पनि गुल्मेली सभासद्हरुलाई शुभकामना दिदै ईमान्दारीका साथ जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको  छ  । गुल्मेलीका जनतालाई अवसर दिने बेलामा र गुल्मीको विकास गर्ने बेलामा पार्टी नहेर्न आग्रह गर्दै उहाले मुलुकको विकासमा सबैको आ–आफ्नो भुमिका महत्वपुर्ण हुने औलाउनु भएको छ ।
गुल्मेली समाजका अध्यक्ष सुर्यवहादुर सनेको  अध्यक्षतामा भएको  कार्यक्रममा गुल्मेली समाजका महासचिव एव नेपाल समाचारपत्र दैनिकका सम्पादक टंक पन्तले पनि गुल्मीका सभाषद्ले जनआकांक्षा पूरा गर्ने कुरामा विश्वस्त रहेको बताउनु भएको छ ।
एवार्नेस इण्टरनेशनल एकेडेमीमा भएको कार्यक्रममा नेपाल सरकारका सचिब युवराज भुसाल, समाजका कार्यसमिति सदस्य एवं बुद्धनगर पार्टी प्यालेसका प्रमुख बिष्णुप्रसाद भण्डारी, एआइएका प्रिन्सिपल बिष्णु अर्याल लगायतले नबनिर्बाचित सभसदहरुलाइ बधाइ तथा शुभकामना ब्यत्तब्m गर्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक