20131212

१९७१ को मानवता विरूद्ध अपराधमा दोषी पाइएका बाङ्लादेशका विपक्षी नेता मुल्लाहलाई झुण्ड्याएर मृत्यूदण्ड दिइयो, नेपालमा पनि यस्तो कहिले हुने होला ?!

बाबुराम भट्टराईले द्वन्द्वकालका घटना ब्युँताए कांग्रेस र एमालेका नेतालाई पनि नछाडिने चेतावनी

मुल्लाहले गरेका अपीललाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो
बाङ्लादेशका विपक्षी नेता अब्दुल कादेर मुल्लाहलाई मृत्यूदण्ड दिइएको छ। उनी सन् १९७१ को ‌बाङ्लादेशको स्वतन्त्रताको लडाईंमा भएको भनिएको मानवता विरूद्ध अपराधमा दोषी पाइएका थिए। उनलाई दोषी ठहर गरी मृत्यदण्ड सजाय सुनाइएको यसअघिको फैसलालाई सर्वोच्च अदालतले बिहीबार सदर गरिदिएको थियो। पहिलेको सो फैसलामाथि पुनर्विचार गर्न मुल्लाहले गरेका अपीललाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो।
झुण्ड्याएर मृत्यूदण्ड
सो फैसलाको केही घण्टाभित्रै ६५ वर्षीय मुल्लाहलाई ढाकास्थित केन्द्रीय कारागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइएको छ।
उनी जमात ए इस्लामी दलका वरिष्ठ नेता थिए। उनी विरूद्धको अदालती कारवाहीको विरोधमा केही समयअघि उनको दलका समर्थकहरूले व्यापक
विरोध प्रदर्शन गरेका थिए। बाङ्लादेशका महान्यायाधिवक्ताले सर्वोच्चको फैसलाले कानूनी प्रक्रिया पुरा गरेको भएपनि मुल्लाहले राष्ट्रपतीय क्षमादान पाउन सक्ने यसअघि बीबीसीलाई बताएका थिए। यस वर्ष अदालतले अन्य इस्लामी नेताहरूलाई पनि १९७१ को ‌स्वतन्त्रताको लडाईंमा भएका भनिएका मानवता विरूद्धको अपराध सम्बन्धि मुद्धामा मृत्यूदण्ड सजाय सुनाइसकेको छ। ती मध्ये मृत्यूदण्ड दिइएको मुल्लाह पहिला विपक्षी नेता हुन्। जमात ए इस्लामीले उनी विरूद्धको मुद्धा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएको छ। ढाकामा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

बाबुराम भट्टराईले द्वन्द्वकालका घटना ब्युँताए कांग्रेस र एमालेका नेतालाई पनि नछाडिने चेतावनी 
गोरखा, मंसिर २७ – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालका घटना ब्युँताए कांग्रेस र एमालेका नेतालाई पनि नछाडिने चेतावनी दिनुभएको छ ।
द्वन्द्वकालका ८० प्रतिशत घटनामा तत्कालीन राज्य पक्ष अर्थात कांग्रेस र एमालेका नेता संलग्न रहेको भन्दै भट्टराईले आफ्ना कार्यकर्तालाई दुख दिएमा उनीहरुलाई पनि नछाडिने चेतावनी दिनुभएको हो ।
‘आज माओवादीलाई खाने बाघले भोली उनीहरुलाई पनि खान्छ’ गोरखाको फुजेलमा बिहीबार भएको कार्यक्रममा बोल्दै भट्टराईले भन्नुभयो ‘जनयुद्धमा मारिएका १७ हजार मान्छेमध्ये ८० प्रतिशत त कांग्रेस र एमालेले मारेका छन्, हामी पनि उनीहरुविरुद्ध मुद्धा हाल्न सक्छौं, भोक हड्ताल गर्न सक्छौं ।’
द्वन्द्वकालका घटना एउटा एउटा होइन एकमुष्ट रुपमा संबोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर आयोगले दोषी ठहर्‍याएमा कारबाही भोग्न तयार रहेको पनि बताउनुभयो ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद अधिकारी दम्पतिप्रति आफ्नो सहानुभुति रहेको उहाँले बताउनुभयो । ‘छोरा मारिएकामा उहाँहरुलाई परेको पीडा हामी पनि बुझ्छौं’ भट्टराईले भन्नुभयो ‘तर ब्यक्ति विशेषलाई पक्राउ गर्न माग गर्दै भोक हड्ताल गर्नु राम्रो होइन ।’
उहाँले बरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि अनसन बस्न अधिकारी दम्पतिलाई आग्रह गर्नुभयो । द्वन्द्वकालमा मारिएका माओवादीका परिवारजनले एकै साथ भोक हड्ताल गरे सरकारले थेग्नै नसक्ने उहाँको तर्क छ ।
भट्टराईले १२ बुँदे शान्ति सम्झौताको मर्म अनुसार संविधान निर्माण प्रक्रियामा अघि बढ्नुपर्ने बताउनुभयो । संविधानसभा निर्वाचनमा भएको हार स्वीकार्न आफूहरुलाई गाह्रो नभएको भन्दै भट्टराईले तर धाँधलीको भने छानबिन हुनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक