20131228

अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले आफ्नो कार्यकाल सकेर नेपाल फर्किनु अगाडि राजदुताबास को तर्फबाट यहाँ एउटा भब्य कार्यक्रमको आयोजना

अमेरिकामा रहेर सर्हानिय कार्य गरेका समाजका केही उत्क्रिस्ठ ब्यक्तिहरुलाई बिभिन्न पुरस्कार तथा प्रशँशा पत्र प्रदान
वाशिङटन डिसी / अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले आफ्नो कार्यकाल सकेर नेपाल फर्किनु अगाडि राजदुताबास को तर्फबाट यहाँ एउटा भब्य कार्यक्रमको आयोजना गर्नुभयो । समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको उक्त बिशेष कार्यक्रममा वहाँले आफ्नो मन्तब्य राख्दै भन्नुभयो "मैले आफ्नो ठाउंबाट जे जती गर्न सकें त्यो तपाईं सबैको सहयोगको कारण गर्न सकें र चाहँदा चाहंदै पनि साधन श्रोत का कारण केही कमी कमजोरी रहेका होलान त्यसको लागि म क्षमा प्राथी छु" ( वहाँको पूर्ण मन्तब्य तल भिडियोमा हेर्नुहोस् ) । कार्यक्रम मा पररास्ट्र मन्त्रालयबाट भर्खरै सरुवा भएर यहाँ आउनुभएका उपनियोग प्रमुख ( डेपुटी चिफ अफ मिसन ) ॠषि राम घिमिरेले पररास्ट्र मन्त्रालयको मुल्याङ्कन मा डा. शर्माको कार्यकाल उत्क्रिस्ठ रहेको र वहाँका प्रशँशनिय कार्यले निरन्तरता पाउने बताउँदै अब आफुले वहाँको गमन सँगै कार्यबाहक राजदूतका रुपमा अर्को नयाँ नियुक्ती नहुन्जेल जिम्मेवारी लिने बताउनु भयो । वहाँले बिगतमा जस्तै सबैको सहयोग जारी रहने र आफुले पनि राजदुताबासको साधन श्रोत ले भ्याए सम्म काम गर्ने कुरा मा कुनै कसर बाँकी राख्ने छैन भन्नु भयो । कार्यक्रममा राजदुताबासका तर्फबाट राजदूत शर्माले अमेरिकामा रहेर सर्हानिय कार्य गरेका समाजका केही उत्क्रिस्ठ ब्यक्तिहरुलाई बिभिन्न पुरस्कार तथा प्रशँशा पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम को भिडियो र केही फोटोहरु तपाईंका लागि तल प्रस्तुत छन :






















































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक