20131206

नेपालका सासकहरु हो, किन गर्यौ यती सारो नेपालको बदनाम ??!! : युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकका उडान गर्न निषेध

युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकका उडान गर्न निषेध गरेको छ । आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेकोछ । आयोगले बिहीबार नेपालका सबै वायुसेवा कम्पनीलाई इयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘इयु हवाई सूची’ सार्वजनिक गरेको हो । नेपालको उडड्यन इतिहासमा यसरी प्रतिबन्ध लगाइएको पहिलोचोटी हो । आयोगले ‘विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाई सुनेपछि इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई रोखेको बिहीबार जनाइएकोछ । आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनी युरोप आउन र इयुभित्र उडान गर्न पाउँदैनन् । युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरुले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान
नगर्ने जानकारी गराउनुपर्नेछ । 'नेपालको वर्तमान उड्यान सुरक्षाको अवस्था हेर्दा हामीसँग नेपाली वायुसेवालाई इयु हवाई सुरक्षा सूचीमा राख्नुपर्ने अवस्था थियो,' युरोपेली आयोगले विहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,' हामीले युरोपेली उड्डयान सुरक्षा एजेन्सीलाई नेपालका लागि उड्डयान सुरक्षा सहयता परियोजनाको तयारी गर्न निर्देशन दिइसकेका छौ।' नेपाली उड्डयान विज्ञहरुले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरेपनि यसको भित्री कारण 'चीनमा निर्मित जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र दिनु'भएको बताए । नेपालमा उडान गरिरहेका प्रमुख वायुसेवा कम्पनीहरुका अनुसार नेपाल आएर जहाजमा यात्रा गर्ने कुल विदेशीको ७० प्रतिशत युरोपेली पर्यटक हुन्छन् । युरोपेली पर्यटक बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकका रुपमा चिनिन्छन् । ‘यो तथ्यांक हेर्दा अब हाम्रो पर्यटन उद्योग चाँडै ध्वस्त हुनसक्छ,’ एक वायुसेवाका उच्च अधिकारीले भने ‘सरकारले चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दा त्यसको गम्भीर असर हामी वायुसेवासहित समग्र पर्यटन उद्योगमा पर्ने भो ।’ उनका अनुसार माउन्टेन फ्लाइट, लुक्ला, पोखरालगायत पर्यटकीय गन्तव्य जान युरोपेली पर्यटकले ठूलो परिमाणमा जहाज प्रयोग गर्ने गरेका छन् । तर अब युरोपेली पर्यटकले नेपालका जहाजमा चड्नुअघि गम्भिर रुपमा सोच्ने छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक