20131206

नेलशन मण्डेला, तिमी अर्को जन्म लिएर आउ, नेपाल मै आउ !

नेलशन मण्डेला 
तिमीले गोरा काला 
सबैलाई मिलायौ 
जात जाती भाषा भासी 
पूर्व पश्चिम उत्तर दक्षिण 
सबैलाई 
एउटै मालामा उन्न सक्यौ 
काला गोरा जात जाती 
सबैलाई बुन्न सक्यौ 
तर मण्डेला 
तिम्रो मृत्‍युको खबर पाउनसाथ 
श्रध्दान्जली को डँका पिट्ने 
तिमीलाई महान नेता भन्ने
प्रजातन्त्रको पहरेदार भन्ने 
मुखले मात्र अर्को गान्धी मान्ने 
मेरो देशका नेताहरु 

आजकाल 
जात जाती लडाउँदैछन 
मिलेर बसेका भाई भाई भिडाउंदैछन 
पूर्व तेरो पश्चिम मेरो, 
उत्तर उसको दक्षिण उसको भन्दै 
भाग बिला लगाउँदैछन 
आतंकको बिउ जगाउंदैछन 
संसारको भूगोलमा सानै भए पनि 
आफ्नै झन्डा र शान 
अनी मान भएको देश
छिन्न भिन्न बनाउन 
कोही गोप्य कोठा भित्र बसेर 
कोही गुलाम बनी पसेर 
मेरी नेपाल आमाको 
इज्ज्यत माथि धावा बोल्दैछन 
सबै "अर्कैको भाषा" बोल्छन 
एक आपसमा खुबै पोल्छन 
नेलशन मण्डेला 
तिमीले 
दक्षिण अफ्रिकालाई सुधार्यौ 
त्यती मात्र होइन 
सारा विश्वलाई 
प्रजातन्त्र र मेलमिलापको 
सन्देश दियौ 
भर्खरैको कुरा हो 
अनायाशै तिमी बिदा भयौ रे !
आराम गर्छु भन्दै 
स्वर्ग तिर गयौ रे !
तिम्रा हरेक बाणीहरु 
सन्देश र भोगाइहरु 
सबैका लागि 
शत प्रतिशत सच्चा छन 
मेरो देशका पाखन्डी नेताहरु
तिम्रा अगाडी धेरै बच्चा छन 
भोली के हुन्छ भन्ने थाहा नभएका
चुंट्ने धागो भन्दा  कच्चा छन 
तर जनता भने 
अफ्रिकी जनता जस्तै सच्चा छन 
दुई हात जोडेर बिन्ती गर्छु 
नेलशन मण्डेला 
तिमी अर्को जन्म लिएर आउ 
कृपया नेपालमै आउ 
हामी नेपाली जनताले पाएनौं 
तिमी जस्तो "महान बाउ" 
लाख लाख बिन्तिछ मेरो 
मण्डेला तिमी नेपालमै आउ 
चाहिएको छ हामीलाई 
तिमी जस्तो "अशल बाउ" 
मण्डेला तिमी नेपाल मै आउ । 
- रामप्रसाद खनाल, www.NepalMother.com, भर्जिनिया अमेरिका, डिसेम्बर ६, २०१३      
*****************************************************
                 नासो समुदाय, अमेरिका

  
                         

Education is the most powerful weapon which you can use to change the world” -Nelson Mandela

रंग भेद बिरोधी आन्दोलनका महानायक, युगकै प्रेरक व्यक्ति एबं दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति श्री नेल्सन मन्डेलाको ९५ बर्षको उमेरमा डिसेम्बर ५, २०१३ मा भएको असामयिक देहावसानले नासो परिवारलाई अत्यन्तै दुखी बनाएको छ । यस घडीमा वंहाप्रति हार्दिक श्रदान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौं । वहाँको निधनबाट विश्वले एउटा शाहसिक एबं प्रभावशाली नेता गुमाएको छ भने सामाजिक न्यायप्रेमीहरुले आफ्ना असल नेता गुमाएका छन् ।
युगनायक श्री मण्डेला रंगभेदक साथै सबै खाले बिभेद बिरुद्द जीवनभर निस्वार्थ रुपले संघर्ष गर्नु भयो र रंगभेद बिरोधी आन्दोलनलाई सफलतामा पुर्याउनु भयो । वहाँको निधन पश्चात् वहाँको आदर्श एबं वहाँले अपनाउनु भएको बाटोलाई हामी सामाजिक न्यायका क्षेत्रमा क्रियाशील कर्मीहरुले अझ बढी काम गर्न सक्यौं भने त्यो नै वहाँप्रति सच्चा श्रदान्जली  प्रकट हुने छ । पुनः श्री मण्डेलाप्रति श्रद्दा सुमन !
- दीपकजंग बिश्वकर्मा
अध्यक्ष
नासो समुदाय, अमेरिका



   
        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक