20131204

हरुवा एमाओबादीको छानबिन समितिको यो रिपोर्ट हेरेर नहाँस्नुहोला है ! "कती हाँस्नु, म त हाँसेरै मर्ने भयो" भन्ने धुर्मुसेलाई पनि उछिनेछन बा एमाओबादीका छानबिन टोलीले त !!!


1-annpurnaकेपीशर्मा ओलीसँग झापा ७ मा निर्वाचन लड्नुभएका एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले ३६ वटा बुथ कब्जा गरेको आरोप लगाउनुभएको छ । साथै मतदान अधिकृत मादक पदार्थ सेवन गरी मातेको उहाँले बताउनुभएको छ । एमाओवादी नेता वर्षमान पुनको संयोजकत्वमा गठित छानविन समितिलाई दिएको वयानमा एमाओवादी नेता किरातीले सेनामाथि यस्तो आरोप लगाउनुभएको हो । किरातीले समितिलाई टिपाएको विवरणमा भनिएको छ- ‘३६ बुथ प्रतिनिधिबेगर आर्मीले कब्जा गरेको, मतदान अधिकृत मादक पदार्थले मातिएको थियो । ’माओवादीले पेरिसडाँडामा पत्रकार सम्मेलन गरी बुधबार सार्वजनिक गरेको छानविन प्रतिवेदनमा ४ दर्जन बढी निर्वाचन क्षेत्रहरु भएका विभिन्न घटना विवरण समेटिएका छन् । प्रतिवेदनमा डडेलधुराका उम्मेद्वार खगराज भट्टले मतपत्रसँगै मतपेटिकामा हालिएको ५ रुपैयाँ हराएको समितिलाई बताउनुभएको छ । ‘अजयमरु गाविसस्थित सहश्रा लिंग उमावि केन्द्रमा एक मत रु ५ सहित खसालियो’ भट्टको भनाइ छ, ‘तर, त्यो मतपत्र गणनामा देखिएन, मतपेटिका साटिएको पुष्टि हुन्छ ।’ मतपेटिकामा किन पैसा हालिएको थियो भन्ने प्रतिवेदनमा खुलाइएको छैन । एमाले नेता वामदेव गौतमले प्युठान जिल्लामा आर्थिक चलदेख गरेको नवराज सुवेदीले आरोप लगाउनुभएको छ । यस्तै कांग्रेस
महामन्त्री कृष्णप्रसाद सिटौलाले सुंगुर र राँगा काटेर सन्थाल बस्तीमा भोज खुवाएको  तथा कञ्चनपुरमा बिनामगरको बुथ सेनाले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी बाबुराम भट्टराई, रामचन्द्र झा, लोकेन्द्र विष्टमगर, पूर्वउपसभामुख पूणर्ा सुवेदी, वर्षमान पुन, देवेन्द्र पौडेल लगायतका क्षेत्रमा धाँधली भएको रिपोर्ट तयार पारेको छ । एमाओवादीको प्रतिवेदनमा विभिन्न जिल्लाका उम्मेद्वारहरुले टिपाएका विवरण यस्ता छन् ः

रुपन्देही-बाबुराम भट्टराई
सुरक्षा निकायले मतपेटिका जिम्मा लिएको मतदान अधिकृत र उम्मेदवारका प्रतिनिधिलाई मतपेटिकाको साथमा बस्न नदिई लाठी चार्ज गरी मरणासन्न अवस्थामा पुरयाएको । कृष्ण रिमाल अस्पतालमा उपचारार्थ छन् । लुम्विनी वाणिज्य कलेजका मतदान अधिकृतमध्येका एक प्रेम घिमिरेले मतदान केन्द्रवाट मतपेटिकाका साथमा आफुलाई जान नदिएको, मतपेटिका प्रहरीले लगेर इलाका प्रहरी कार्यालय वुटवलमा रातिमा लगेर राखेको, प्रतिनिधिहरु मतपेटिका छोड्न नमान्दा लाठीचार्ज गरेको सोही समयमा विद्युत आपुर्ति बन्द गरेको । मतदान अधिकृतहरुलाई सात घण्टापछि मात्र बोलाई बुझाएको । भरपाई गर्न लगाएको मतपेटिका भण्डारणमा कुनै प्रतिनिधि छैन, शिल, मुचुल्का, लाहाछाप केही पनि छैन ।
धनुषा १ रामचन्द्र झा
आचासंहिता उल्लंघन विरुद्धको उजुरी, हाम्रा कार्यकर्तामाथिको ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी गरीयो तर सुनुवाई भएन । बालाबाखर गाविस ७ र९ को मतपेटिका लगभग दिनको ११:३० बजे प्रजिअले लिएर गएको । मतपेटिकासँग मतदान कर्मचारी र दलका प्रतिनिधि कसैलाई पनि आउन दिइएन । सिलहरु मतपत्र झिक्न र राख्न समेत मिल्ने गरी खुकुलो अवस्थामा थियो । नौनपट्ट िर यदुकुवावीचको सडक किनारामा दुईवटा सिल टुुटेको अवस्थामा भेटिएको ।
मोरङ ९ (वर्षमान पुन/प्रेम लिम्बू)
रमिते, सिंहदेवी लगायतको मतपेटिका प्रतिनिधिविना सेनाले लिएर गएको । मतपेटिका कानेपोखरीको जंगलमा सेनाको बसमा थियो । कोही पनि उमेद्वारको प्रतिनिधि थिएन । मतदान अधिकृतको सही रातो, कालो मसी र छाप आदि छ ।
झापा ७ – गोपाल किराती
३६ बुथ प्रतिनिधि बेगर आर्मीले कब्जा गरेको । तोपगाछी गाविसमा ११८ मत कमी आएको । मत गणनास्थलमा मतपेटिका पुगेपछि पनि १२ घण्टासम्म मतगणना नभएको । ल्याप्चेविनाको अधकट्टीसहितको मतपत्र मतपेटिकामा भएको । मतदान केन्द्र मुचुल्का पत्रमा खाली ठाउँमा सही गराएको । लखनपुर गाविसमा ५ वटा मतपेटिका बेवारिसे छोडिएको थियो । मतदान अधिकृत मादक पदार्थले मातिएको थियो ।
झापा क्षेत्र नम्बर ३ मा सिटौलाले धाँदली गरेको आरोपसहितको रिपोर्ट
झापा क्षेत्र नम्बर ३ मा सिटौलाले धाँदली गरेको आरोपसहितको रिपोर्ट
बाँके- पूर्णाकुमारी सुवेदी
मतगणना स्थलभन्दा २४ किमी पश्चिम रौनियापुरको बुथको बाकस भेटियो । मुचुल्का गरी राखिएको छ । मतगणनास्थल न.पा. मा सो को २५ किमी टाढा बनकटियामा मतपेटिका भेटियो ।
प्यूठान- नवराज सुवेदी/कृष्णध्वज खड्का
क्षेत्र नं.१ को जुम्रीकाँडा गाविस र गोठीबाङ गाविसबाट मतपेटिका कुनै पनि प्रतिनिधिलाई लान नमानेको । बांगेसाल, तिराम, मर्कवाड, दाखा, विजयनगर, बर्जिवाङ, नयाँगाउँका मतपेटिका करिव ३ घण्टा बिजुवार प्रहरी चौकीमा सबै मतदान अधिकृत र दलका प्रतिनिधिहरुलाई बाहिरै राखी प्रहरीद्वारा छुटटै कोठामा राखेको । क्षेत्र नं. २ पूजा, रजवारा, अर्खा र खुङका मतपेटिका ठुलाबेंसीमा अस्थायी आर्मीे क्याम्पमा करिव चारघण्टा मतदान अधिकृत र प्रतिनिधिलाई बाहिर पठाई बाहिरबाट काँडेतार लगाएर राखेको ।
स्याउलीबाङ र खबाङका मतपेटिका बाहाने प्रहरी चौकीमा पाँच घण्टा राखेको । र, वामदेव गौतमद्वारा व्यापक आर्थिक चलखेल गरेको ।
म्याग्दी- लोकेन्द्र विष्ट
४ गते साँझ प्रहरीले सार्वजनिक गाडीमा दलका प्रतिनिधि र मतदान अधिकृतलाई संगै राखेर मतपेटिका बेनी ल्याउन गाडीमा लोड गरे पनि सेनाले रोकेपछि ५ गते सेनाको गाडीले दलका प्रतिनिधीहरुलाई साथमा नराखी बेनी ल्याएको । मतपेटिका र मतदानमा प्रयोग भएका सामाग्रीहरु कपडामा पोको पारेपनि लाहछाप नलगाई ओसार्ने काम भएको । मुदी गाविसको चन्द्रज्योती मावि र मुदी गाउँको मतदान केन्द्रमा हाम्रा प्रतिनिधीलाई मतदानका दिन एजेन्ट बस्न दिइएन । चन्द्रज्योती मावि मतदान केन्द्रका हाम्रा एजेण्ट कमल पाईजालाई ४ गते बिहान ६ बजेदेखि ११ बजेसम्म नजरबन्द गरियो ।
कञ्चनपुर- विना मगर (नवराज सुवेदीमार्फत्)
प्रतिनिधिलाई बस्न दिएन सेनाले मतपेटिका कब्जा लियो । चादँनी दोधाराको मतपेटिका ब्यारेकमा एक दिन राखियो । मतपेटिका राखेको ठाउँमा ताला लगाउन पनि दिइएन । प्रतिनिधि र मतदान अधिकृतलाई पनि बस्न पनि दिइएन । सेनालाई विश्वास नगर्ने भन्यो र सिल रुजु गर्न पनि दिएन मतपत्र कमबेसी आए पनि मतलव गरिएन ।
काठमाडौं ३ गणेश रेग्मी
कपडाले बेरेका पेटिकाहरु कपडाविहीन थियो । पेटिकाको बिर्को हात पस्ने गरी सिल्ड मिलाइएको थियो । कयांै पेटिकाको सिल्ड तोडिएको थियो । कयांै मतपेटिकाहरु सिलवन्दी समेत नगरी सेनासमेत भएर प्रतिनिधिबेगर सेनाकै गाडीमा ल्याइयो । मतपेटिका राखेको ठाउँमा कोही कसैलाई जान दिइएन । मतगणना सोही दिन नगरी भोलिपल्ट मात्र गरियो । मतपेटिका ६ घण्टादेखि १८ घण्टासम्म संकलन अवधि लगाइयो ।
काठमाडौं ५- महेन्द्र श्रेष्ठ
अन्य ठाउँका मतपेटिका भनी स्टीकर टाँसेको पाइयो । मतपत्रमा रातो र कालो मसीले सही गरेको । मत पेटिकामा सिल्ड लगाइएन । तर, अर्धकट्टीमा भने सिल्ड लगाएको थियो । सेनाको गाडी आयो, बक्सा लग्यो । बीआइसीसी प्रतिनिधिलाई पस्न दिएन ।
काठमाडौं ९ देवेन्द्र पौडेल
भीमढुंगा गाविसवाट अनिष तामाङ, गमबहादुर केसी लगायतलाई बुथ साथ आउँदा डाँडापौवामा ओरालिदियो । यही गाडी दुर्घटनाको नाटक गराई बाकस सेनाले नियन्त्रणमा लियो ।
काभ्रे- सूर्यमान दोङ
लाहाछाप तोडिएको विषयमा विवाद भई मतगणना स्थगित २ बजे नै भएको थियो । मतदानपछि २४ घण्टा मात्र पेटिका गणनास्थलमा पुगेको थियो । त्यस समय पुरै सेनाको नियन्त्रणमा रहेको थियो । चौंरीरी गाविसको पुनः मतदान निम्ति निवेदन गरेका थियौं, तर मानेन । सिपाली गाविस मतपत्र अर्धकट्टी सहित आयो । सो मतपत्र फोल्ड गरेको एकै नास भएको पाइयो ।
मंगलटारमा काग्रेसले बुथ कब्जा गरे । बन्खुको पेटिका फुटेकोले कपडामा पोको पारेर ल्याएको । कुनै पनि मत पेटिकाको सिल्ड लगाएको मुचुल्का बनाएन । हाम्रो प्रभाव क्षेत्रको मच्छे गाविसमा हो । तर, पेटिकामा हाम्रो मत न्युन । मतपेटिका ल्याउँदा भने पुरै सुरक्षाकर्मी मात्र थिए ।
धनकुटा १ हेमराज भण्डारी
मत खसाउने घेरामा पनि सेना थिए । मुढेवास गाविस,छिन्ताङको बुथ सिल्ड गरेको थिएन । कोही बाइकमा आएका प्रतिनिधिलाई पनि रोकियो । बुथको गाडी दुई घण्टा सशस्त्रमा रोकियो । भेडेटारमा सेना क्याम्पमा पसेको थियो । गणना केन्द्रमा आएपछि पनि एक रात राखेर भोलिपल्टमात्र गणना गरियो । ४/५वटा बाक्सा फोरेको छ । छिन्ताङ, बेलाहारा, मुढेवास, बुधबारे बुढीमोरड. आदिमा । यी क्षेत्र हाम्रो प्रभाव क्षेत्र हो । यस क्षेत्रमा ६ हजार मत बदर । बदर पनि हाम्रो । किनकि हाम्रो मत लागेको ठाउमा अर्को ठाउँमा पनि छाप लगाइदिएर बदर गराइदिए । सिल्ड तोडेर मत बिगारिदिएको । यो खबर केन्द्रलाई पनि गरिदिएको ।
बैतडी- रेणु चन्द
प्रतिनिधि, कर्मचारीसमेत मतपेटिकाकासाथ जान दिएन । मतपेटिका सेनाले लग्यो । बाँकी रहेको खाली मतपत्र मतदान अधिकृतले सेनालाई खुलै झोलामा राखेर पठाए । राति नै मतगणनास्थलबाट मतपेटिका ब्यारेक पठाइयो । कतिपय सिडिओ कार्यालयमा पाइयो । म्ातपेटिकामा कति मत खसेको छ भन्ने लेखिएन । मुचुल्का पनि गरिएन । गणनाको नियम स्थानीय रुपमा बनाउन पाइएन माथिबाटै आयो । खाली बाकस पनि मगाएर ल्याएको छ ।
डडेलधुरा- खगराज भट्ट
मतपेटिकाकासाथमा प्रतिनिधिलाई आउन दिएन । मतपेटिका सैनिक व्यारेकमा राखियो साथै जान खोज्दा बन्दुक ताकी फायर गर्न खोजियो । अजयमरु गाविसस्थित सहश्रा लिंग उमावि केन्द्रमा एक मत रु ५ सहित खसालियो तर, त्यो मतपत्र गणनामा देखिएन मतपेटिका साटिएको पुष्टि हुन्छ ।
मुचुल्का भिडाउने काम कहिल्यै गरिएन, मतसंख्या सोध्दा प्रत्यक्षमा ४७४१८ र समानुपातिकमा ४९६४८ भनियो तर गन्दा त्यो भन्दा बढी भेटियो । जोगबुढा, अलिताल, शीर्ष, भित्रीमधेश क्षेत्रका मतपेटिका लैजान प्रतिनिधिलाई जान दिइएन । सेनाले जान दिएन । सीडीयो, न्यायाधिशलाई अनुरोध गरियो, तैपनि जान पाइएन । अजयमरु गाविस स्थित सहश्रालिंग उच्च मावि केन्द्रमा रु. ५।- नोटसहितको मत हालेको गणनामा भेटिएन । मुचुल्का भिडाइएन । १५ मतपेटिका एकसाथ गणना गरियो ।
कैलाली – लीला भण्डारी
मतदान प्रतिनिधिलाई मतपेटिका साथमा जान दिएन । सेनाको जिम्मा बाकस रहे । निर्वाचनका सामाग्रीहरु जंगलमा बेवारिसे अवस्थामा भेटिए । सिल, स्ट्याम्प प्याड, मसी साथमा छ ।
भक्तपुर- डीपी ढकाल/ निर्मल भट्टराई
नखेल, चितापोल, ताथली, नगरकोट, वागेश्वरी सुडालका मतपेटिका पाँच मिनेटको दुरीको मतगणनास्थल सानो ठिमीमा लैजान पर्नेमा जिल्ला प्रसाशन कार्यालयमा राखियो र ६ बजेदेखि सात बजेसम्म विद्युत बन्द गरियो । जिल्ला प्रशासन कार्यालय पछाडि दुईवटा लकर भेटिएको । गुण्डु भुक्तेश्वरी निमाविको वुथमा एकसय मत बढी भेटियो । स.डि.ओ.कार्यालय पछाडि सिल्ड थान ३ -०८४४९९६, ०८२६४९९) भेटिएकोछ । नङखेल सुडाल क्षेत्रका मतपेटिका सिडीओ कार्यालयमा राखियो । जवकि गणनास्थल सानोठिमी १० मिनेटमा पुगिने थियो ।
बारा २ क्षेत्रहादुर श्रेष्ठ
सबै पुलिस अफिसरहरु, फाराम नं ४५-महिला,पुरुष) र ५८ नं. को फारामहरु शिलवन्दी नगरिकन ल्याउनु होला भनी सूर्य पराजुली, निर्वाचन अधिकृत बाराले मेशेज गरेको हो । यसको मतलव मुचुल्का स्थितिअनुसार बनाउनको निम्ति गरेको हो । माओवादी पकड क्षेत्रहरुबाट पेटिका ल्याउँदा प्रतिनिधि आउन दिएनन् । अनि सबै मतपेटिका सिमरामा राखियो । त्यहाँ खाली मतपेटिका पनि थिए । ती खाली मतपेटिका र संकलित पेटिका कलैया पठाइयो । सेना प्रहरीमात्र बसेर लगे । यस क्षेत्रमा ८४ बुथ थिए । तर बाक्सा ८६ राखेर लगियो । मतपेटिकाको सिल्ड तोडिएको थियो ।
सुनसरी २ रामकुमारी चौधरी
मतपेटिकाको सिल्डहरु तोडिएको, प्रतिनिधिहरु जान नदिएको, विभिन्न बुथमा पेटिका थपियो, जो आवश्यक नै थिएन । एउटा मतपेटिकामा १००० मत अटाउँछ । त्यति मत कुनै पेटिकामा खस्दैन । ९३ बुथ छन् । ७ वटा पेटिका थपिए । तर, त्यो थपेकोमा पनि कुनै मुचुल्का गरिएन । मतगणना सुरुमा नै २०० बढी मतपत्र भेटिए त्यसमा पनि सदर गरियो । एक दिन एक रातपछि मात्र मत गणना गरियो । त्यसैले धाँदली भएकै हो । पकली ६६ नं.खमा वडा नं.४ ११ मत बढी आएको । यो क्षेत्रमा कयांै ठाउँमा मतपेटिका साथ कर्मचारी पनि आउन दिएनन् । मत गणनामा सेना नै उपस्थित । नर्सिड. गाविसको मतपेटिका मतदान अधिकृतले नै ल्याएको । ४ घण्टापछि सबै मतपेटिका सेनाले व्यारेकमा लगेर राखेको । रातको १२ वजेपछि मात्र मत गणनास्थलमा ल्याएको ।
ओखलढुंगा १-केशव राई
मतपेटिका संकलन केन्द्रमा कांग्रेस एमालेले नबस्ने भने । हाम्रो क. नरेश ढकाल बस्न गएकोमा सुरक्षाकर्मीले बस्न दिएनन् । अनि उनी पनि फर्के । मतपेटिका भएको ठाउँमा कसैले पनि चाबी लगाउन पाइएन । खिजी फलाँटेमा बिहानै कांग्रेसको चहल-पहल भयो । हर्कपुर, श्रीचौर, पातले जेसे बुथ सहित ४ बुथमा हाम्रो मतदाता आउन दिएनन् । यो काम वैद्य समुहको नामबाट गरियो ।
तेह्रथुम-दूर्गा चापागाई
आठराई गाविस समेत ३ गाविसमा ६ वटा मतपेटिका थपिए । त्यही पेटिकाहरुबाट मतपेटिका फेरिए । मतदान अधिकृत सोही गाउँको प्र.अ. लाई राखियो । यो कुरा मातृका प्र. आर्चाय निर्वाचन अधिकृतले सुनुवाइ नगरेर यो कार्यमा सहयोग गरे । तेह्रथुम सोल्मा कालिका नि.मा.वि.को बुथ सेनाले लगेको । प्रहरीको भनेको बाटो पनि लगेन ।
झापा ५, झलकसिंह दर्लामी
चकचकी, झिलझिले गाविसको ब्यारेक छेउमा ७/८ वटा मतपत्र भेटिए । मतगणनामा २० मतपत्र पुगेन । निर्वाचन अधिकृतको सही नभएका मतपत्र पनि भेटिए । प्रतिनिधिबेगर पेटिका ल्याइयो । यी सब कुरालाई लिएर ८ दलले पत्रकार सम्मेलन गरेको छ । कुमारखोपबाट गणनास्थलमा आउन १५ मिनेट लाग्छ । तर, मतपेटिका ल्याउन ८ घण्टा लगाए । सतासीधाम गाविस ४ को बाक्सा चेञ्ज गरेको ब्यारेकमा लगेर । -म्यादी प्रहरीसमेतले देखेको )2-kantipur
ताप्लेजुङ २ टंक आङबुहाङ
कर्मचारीहरु एमाले र काँग्रेसहरु प्रायः राखियो । जसले धाँदलीको योजना बनाए । मतपेटिका सेनाले प्रतिनिधिबेगर राखे । क्याप्टेनको नेतृत्वमा । त्यहाँ कसैलाई बस्न दिइएन । बाटोमा अनावश्यक ढिलाइ । मतदान अधिकृतसमेत बाकस साथ आएन । पापुङ, गोला, फोलेर, धुम्सा आदिबाट बाकस मंसिर ६ गतेमात्र मतगणना केन्द्रमा लगियो । गणना केन्द्रमा पनि एक रात राख्यो । त्यहाँ पनि प्रतिनिधि बस्न दिएन । चाँगे गाविसमा हाम्रो पकड, त्यो बाकस पनि आर्मीले लगेको । ४५० मात्र मत आयो, जहाँ १५०० मत खसेको थियो । हाङपाङ गाविसमा पनि पकड, यस्तै भयो । त्यहाँ एमाले कांग्रेसले उजुरी पनि गरेका थिए, माओवादीले बुथ क्याप्चर भयो भनेर ।
रौतहट- प्रभु साह
आचारसंहिताको पनि पालना भएन भनेर उजुर गरेको तर सुनाइ भएन । सांघातिक हमला, गोली लागेर घाइते, प्रहरी पनि मूकदर्शक । यो अपराध माओवादीविरुद्ध अरु दल मिलेर गरेको । रौतहट ३ मा बुथ क्याप्चर । जनताले थुने, तर सेनाले छुटायो । हामीलाई आक्रमण बारेमा वास्ता गरेन । बाकससँग प्रतिनिधि थिएनन् । पर्सा जिल्लामा भने मतपेटिका गायव गरेर पछि ल्याइएको छ ।
सिरहा-१
मतपेटिका ओसार-पसारमा लाहाछाप लगाउने, मुचुल्का गर्ने, भण्डारण गर्ने, गणनाभन्दा अगाडि राखेको ठाउँ सबैैमा प्रतिनिधि रहन, बस्न दिएनन् । मुचुल्का गर्ने आदि पनि गराएन । सेनाद्वारा बुथमा बढी मत, यो प्रायःमा थियो । विसनपुरा प्रहरी पोष्टमा खाली बाकस भेटियो । जहाँ मतपेटिका लगेको गाडी राति रोकिएको थियो । बाक्सा धेरै समय बेवारिस भयो । हाम्रा साथीले पिछा गरेपछि मोटरसाइकलको हावा सुरक्षाकर्मीले खोलिदियो । एक दिन, एक रातपछि मात्र गणना सुरु । रामपुरबिर्ता गाविस, जम्दह आदिमा ३१५ मत बढी आयो । यो विवादले गणना स्थगित भयो । पछि आयोगले बढी भए पनि गणना गर्नु भनेपछि पुनः गणना भयो । बढी भएका मत २/३ हजार नै छन् ।
इन्सपेक्टर गिरी र कर्मचारी विक्रम सदाले बुथमा नै प्रचार । कपडामा पनि सिल्ड लगाइएन । अधिकृतको हस्ताक्षर पनि फरक, गोविन्दपुर गाविसको बुथ मुतनी जंगलमा सेनाको गाडी रोकेर राखेको, मतपत्र बढी भेटिएको, स्वस्तिक छापको रंग फरक भएको, वाकसलाई बेरिएको कपडा च्यातिएको, संकलन अनावश्यक ढिलाइ गरेको, मतपेटिका ओसार-पसारमा ५/६ वटा सेनाको गाडी प्रयोग, जुन आवश्यक थिएन । छोटो दुरीलाई पनि धेरै समय, गणना सुरुमा पनि अनावश्यक ढिलाइ । डीएसपी कृष्ण अधिकारीद्वारा हतोत्साहित पारियो । लाहान १ र २ वडा सोनमति, गोविन्द वज्रमार, सिसवोनी, पररिया बुथमा कंाग्रेसले कबजा ।
धनुषा २ रामचन्द्र मण्डल
समानुपातिकमा १५३९४ र प्रत्यक्षमा ७१४६ किन भयो ? नं ६ क्षेत्रमा लाहाछाप नगरी -झटिया गाविस) सेनाले लगे । आधा घण्टाको बाटोलाई ३ घण्टा बाटोमा लगाएको छ । केही बक्सा भोलिपल्ट मात्र ल्यायो । मतपेटिकाका साथ प्रतिनिधि आउन दिएनन् । संकलन केन्द्र र अन्य ठाउँमा सेनाका गाडी थिए ।
सर्लाही २ राजकुमार यादव
२०७०/८/१५गते आपखोल्सीको मुर्तिया जंगलमा निर्वाचन मतपेटिका ६७१३७७ नं.आधा जलेको र कागजातहरु सबै जलेको पाइयो ।
दैलेख- बसको पत्ता भाँचियो भन्ने बाहाना बनाएर राकाम, दुल्लु, नौमुलेका मतपेटिका ८/९ घण्टा सैनिक व्यारेक सिमरामा राखियो । नौमुलेमा सहायक प्रजिअले मतपेटिका राख्न लगाए ।
ओखलढुंगा २ पेशल खतिवडा- प्रतिनिधिबेगर सेनाको ब्यारेकमा बाक्सा लगेको, कोषडाँडामा राखेको, त्यो दिन सदरमुकाम लगेन । मतगणनामा पनि मुचुल्का सार्वजनिक भएन ।
रसुवा- मतपेटिकाको बिर्को लाहाछापसहितको सिल गरेको कपडाको टुक्रा र सिल लकर भेटिएको ।
ताप्लेजुङ १ सञ्चपाल मादेन- उम्मेद्वारलाई हमला, एमाले वैद्य साँठगाँठ । विकट गाँउमा कर्मचारीले नै भोट हाले ।
पर्सा ३- विभिन्न ठाउँमा बढी मत पाइएको छ । 


- news source : onlinekhabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक