६ बुँदे घोषणा पत्र सहित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा
सम्पन्न
अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा संयुक्त
राज्य अमेरिकाको राजधानी वाशिंगटन डिसीमा ऐतिहासिक तथा भव्यरुपमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष श्रीमती गीता खत्रीको सभापतित्वमा
आरम्भ भएको सो समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि राजदुत डा.शंकरप्रसाद शर्मा
हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा बरिष्ठ साहित्यकार तथा भूपू शिक्षा मन्त्री
श्री मोदनाथ प्रश्रित, त्रिवि नेपाली विभागका प्राध्यापक डा. खगेन्द्र लुइंटेल रहनु भएको थियो ।
प्रमुख अतिथि डा.
शंकरप्रसाद शर्माबाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा अतिथि तथा
विशिष्ट अतिथिहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण भानुभक्तको
शालिक अनावरण गरिएको थियो । सो अवसरमा डिसी समाजका दुइ पूजारीहरुबाट मन्त्रोच्चारण
गरिएको थियो । मन्जु संग्रौला र साथीहरुबाट नेपाली राष्ट्रिय गान र आस्था
श्रेष्टबाट अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिको थियो । सो अवसरमा खेम संग्रौलाले
महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत, सुदिप भद्र खनालले स्वागत कविता र सीता
पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । समारोहमा नेपाल प्रज्ञा
प्रतिष्ठानका कूलपति बैरागी काइँलाको शुभकामना सन्देश खेम भट्टचन र मन्त्री
परिषद्का अध्यक्षको सन्देश श्याम पाण्डेले पढेर सुनाउनु भएको थियो । समारोहका
अवसरमा लक्ष्मीकान्त शर्मा लकास, होमनाथ सुवेदी र गंगा लिगलका पुस्तकहरु गीता खत्री, डा. शंकरप्रसाद शर्मा, मोदनाथ प्रश्रित र
डा. खगेन्द्र लुर्इंटेलले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो
चरणमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार वितरण डा. शंकरप्रसाद शर्मा, श्री होमनाथ सुवेदी, श्री मोदनाथ प्रश्रित
र श्रीमती गीता खत्रीले सम्मान पत्र र खादा ओढाई पुरस्कृत हुनु हुने महानुभावहरु
श्री अमर न्यौपाने, डा. खगेन्दप्रसाद लुइंटेल, डा. कुशुमाकर न्यौपाने, श्री सुमलकुमार गुरुगं, श्रीमती गंगा लिगल, श्री सुनिल संगम, श्री प्रकाश नेपाल र
श्री प्रेम छोटालाई सम्मान गरिएको थियो भने नेपाली साहित्यमा विशिष्ट योगदान
गर्नुहुने भुटानी बरिष्ट साहित्यकार गंगाराम लामिटारेलाई पनि सम्मान गरिएको थियो ।
यसै अवसरमा अनेसासका हिरो डा. शंकरप्रसाद शर्मालाई अध्यक्ष श्रीमती गीता खत्री र
होमनाथ सुवेदीले सम्मान गर्नुभएको थियो भने अन्य उपस्थित हिरोहरु क्रमशः श्री
विष्णु गौतम, लक्ष्मी प्रतिष्ठान, नेपाल, श्री प्रदीप थापा, युएस नेपाल अनलाइन, न्यूयोर्क, डा. हरिप्रसाद
भट्टराई,
साउथ क्यारोलाइनालाई
प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माबाट सम्मानित गरिएको थियो । अनेसासका हिरोहरुमा
डा. शंकरप्रसाद शर्मा, श्रीमती राधा बस्नेत, क्यानाडा, श्री पुष्पा बस्नेत, नेपाल, श्री शेष घले, अष्ट्रेलिया, श्री युवराज लामा, नेपाल, श्री खगेन्द्र नेपाली, लण्डन, श्री राजेन्द्रकुमार
भण्डारी,
भारत, Ander Crenshaw, Jared Polis र Ms. Maggie Doyne हुनु हुन्छ । सो अवसरमा विधान संशोधन समितिका
सदस्य श्री राम खत्रीले अनेसासको विधान संशोधनमा प्रस्तावित बुँदाहरुको जानकारी
गराउनु भएको थियो ।
कार्यक्रमको अवसरमा सम्मेलनको सफलताको शुभकामना मन्तव्य प्रकट
गर्नुहुनेहरुमा अवैतानिक महाबाणिज्यदूत प्रेमराजा महत, नासियाका अध्यक्ष
रामचन्द्र बराल, नेपाल अमेरिका सोसाइटीका अध्यक्ष डा. ठाकुर पुडासैनी, पुरस्कार समितिका
अध्यक्ष श्री राजा घले, डा. खगेन्द्र लुईटेल, एनआरएन अमेरिकाका
का.वा अध्यक्ष श्री शिवकुमार राई, बोर्ड अफ ट्रष्टीका अध्यक्ष श्री होमनाथ सुवेदी, विशिष्ट अतिथि तथा
साहित्यका श्री मोदनाथ प्रश्रित, प्रमुख अतिथि डा. शंकर शर्मा हुनु हुन्थ्यो ।
उद्घाटन समारोहको अध्यक्ष श्रीमती गीता खत्रीले सम्मेलनमा उपस्थित सबै महानुभावहरु
विभिन्न देश तथा अमेरिकाको विभिन्न राज्यहरुबाट सहभागी हुने साहित्यकारहरु, कलाकार, पत्रकार, सहयोगी महानुभावहरु
लगायत डा. शिव गौतम, डा. कुसुमाकर शर्मा, अमर न्यौपाने, प्रेम छोटा, गंगाराम लामिटारे, गोविन्दसिंह रावत, लक्ष्मीकान्त पौडेल, सुमल कुमार गुरुगं, सुनिल संगम, प्रकाश पौडेल माइला, प्रेम विनोदी, मणिराज सिंह, रमेश अधिकारी, गुहनाथ पौडेल, विष्णु थापा, सरोज प्रजापति, रामचन्द्र बराल, राजा घले, डा. शिव गौतम, गौरी मल्ल, यशकुमार, नलिना चित्रकार, केशव बराल, प्रेम सग्रौला, सानुबाबु सिल्वाल, हरिहर देव भट्राई, विष्णु मायाँ परियार र
नेपालका समाजसेवी श्याम राज पाण्डे,
सहयोग दाता राजेश तुलाधर र अनिल खनाल आदिलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य सहित
समापन गर्नु भएको थियो ।
उक्त दिनको अन्तमा
मोती राम युवा कवि गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीको सञ्चालन संयोजक बिमला
निरौलाले
गर्नु भएको थियो । गोष्ठीमा बालकविहरु प्रिया सुवेदी सुरबी खनाल, विवेचना निरौला, किशोर पन्थी, आभास खरेल, कृति भटट्राई, विराज शर्मा, जोशिका न्यौपाने, सोनाली दाहाल, निशान्त ज्ञावली र
शितल लुईंटेलले कविताहरु बाचन गरेका थिए । प्रतियोगितामा विवेचना निरौला प्रथम, प्रिया सुवेदी
द्धितीय,
निशान्त ज्ञावली
तृतीय र सुरबी खनालले तृतीय पुरस्कृत भएका थिए । विवेचना निरौला र प्रज्वल
निरौलाले अप्रतियोगीको रुपमा सहभागी थिए । कार्यक्रम पश्चात नेपाली राजदुताबासको
तर्फबाट बिशिष्ट अतिथि, विभिन्न मुलुकबाट पाल्नु भएका साहित्यकारहरुको सम्मानमा
रात्री भोजको आयोजना गरिएको थियो ।
अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाजले आयोजना गरेको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य
सम्मेलनको दोश्रो दिन आइतबार बृहत कवि गोष्ठी सम्पन्न भएको छ । साहित्यकार गोवर्धन
पूजा र महेश्वर पन्तद्वारा संयोजित उक्त गोष्ठीमा नेपाल, जापान, बेलायत, पोर्तुगाल, क्यानाडासहित
अमेरिकाको बोस्टन, भर्जिनिया, डिसी, कोलोराडो, न्युयोर्क, मेरील्याण्ड, टेक्सासलगायतका राज्यका ७१ जना कविले सिर्जना वाचन गरेका थिए । तीन
घण्टासम्म चलेको उक्त गोष्ठीमा नेपालका साहित्यकार मोदनाथ प्रश्रित, सरस्वती रिजाल, गोविन्दराज विनोदी, अमर न्यौपाने, मनिराज सिंह, प्रेम छोटा, उत्तम भौकाजी, प्रकाश चापागाई, जापानका प्रकाश माईला, बेलायतका सुमल कुमार
गुरुङ,
बोस्टन र न्यु
ह्याम्शायरका डा। शिव गौतम, महेश्वर पन्त, दीपा राई, भारती गौतम, अनु शाह, ममता कर्माचार्य, दिनेश राजभण्डारी, लालगोपाल सुबेदी, शेखर ढुंगेल, हरि काफ्ले,अग्नि पराजुली, ईश्वरी भट्ट, गोवर्धन पूजालगायतले सिर्जना वाचन गरेका थिए। यसैगरी नर्थ क्यारोलाइनाबाट
नीलम कार्की निहारिका, टेक्सासबाट गंगा लिगल, उषा पन्थी, न्युयोर्कबाट बिनोद रोका, गीता खत्री, आचार्य प्रभा,केशव आचार्य, गीता पन्थ, मणि बांग्देल, मनु लोहोरुङ, बिकाश बिष्ट, कुन्ती थापा, भर्जिनिया, मेरिल्याण्ड, डिसीबाट बसन्त
श्रेष्ठ,
होमनाथ सुबेदी, हेमन्त श्रेष्ठ, गोविन्द गिरि प्रेरणा, सीता पाण्डे, सुदीपभद्र खनाल, रामप्रसाद खनाल, रजनी श्रेष्ठ, नीरा शर्मा, बिमला निरौला, प्रेम संग्रौला, कल्पना सत्याल, मोहन निरौला, रविन्द्रभक्त श्रेष्ठ, सीताराम अधिकारी, शारदासिंह खाती, गुणराज लुइँटेल, डा. गोपी उप्रेती, निशेष कार्की, देवेन्द्रप्रसाद
उपाध्यायलगायतले पनि कविता वाचन गरे । समाजका
अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा प्राध्यापक एवं वरिष्ट
समालोचक डा. खगेन्द्रप्रसाद लुइँटेल, होमनाथ सुबेदी, सीता पाण्डेलगायतले
मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विविध विधामा कार्यपत्रहरु वाचन गरिएको थियो
। कार्यपत्रहरु प्रस्तुत गर्नुहुनेहरुमा डा. खगेन्द्र लईंटेल, डा. कुसुमाकर
न्यौपाने,
डा. गोविन्दंसिंह रावत, बसन्त श्रेष्ठ, प्रकाश पौडेल माइला
आदि हुनुहुन्थ्यो । उक्त अवसरमा आयोजित समापन समारोहको सभापतित्व अनेसास केन्द्रीय
कार्य समितिका अध्यक्ष श्रीमती गीता खत्रीले गर्नुभएको थियो । समापनका अवसरमा
विशिष्ट अतिथि श्री मोदनाथ प्रश्रितले भानुभक्तको शालिकमा माल्यार्पण गरि आरम्भ
गरिएको सो कार्यक्रममा प्रमुख अतिथि डा. शंकरप्रसाद शर्मा, विशिष्ट अतिथि श्री
मोदनाथ प्रश्रित, डा. खगेन्द्रप्रसाद लुईंटेल, होमनाथ सुवेदी र श्रीमती गीता खत्रीले भानु
वर्ष उत्कृष्ट पुरस्कारहरु प्रदान भएको थियो । पुरस्कृत प्राप्त गर्नेहरुमा
उत्कृष्ट च्याप्टरहरुमा कोलोराडो च्याप्टर, न्यूयोर्क च्याप्टर, अष्ट्रेलिया च्याप्टर, फ्लोरिडा च्याप्टर, जापान च्याप्टर, उत्कृष्ट लेखकमा
इजरायलकी भगवती बस्नेत, उत्कृष्ट इम्यागाजिनका लागि ताइवानका लेखनाथ काफ्ले, उत्कृष्ट
पत्रकारिताका लागि विश्वराज थापा, उत्कृष्ट अध्यक्षका लागि प्रकाश नेपाल, उत्कृष्ट सल्लाहकारका
लागि डा. खगेन्द्रप्रसाद लुईंटेल, उत्कृष्ट प्रतिनिधिका लागि श्री विमल नेपाल, उत्कृष्ट कार्यका
लागि ह्युष्टनका कमल मणी पन्थी, उत्कृष्ट सम्पादकमा श्री धनिराम सापकोटा, उत्कृष्ट कविहरुमा
देवनाथ भट्राई र सुदिप भद्र खनाल, उत्कृष्ट प्रिन्ट मेडियाहरुमा आइछिरिगं शेर्पा, एभरेष्ट टाइम्स, न्यूयोर्क, उत्कृष्ट मेडियाहरुमा
रामहरि सुवेदी, डिसी नेपाल डट कम, शैलेश पोखरेल, विआरटी नेपाल डट कम र तिलकमल्ल, समुन्द्रपारी डट कम छन् । यसै गरी छनोट
समिति राजा घले, डा. शिव गौतम, डा. विद्या रञ्जित, विनोद रोका र नताशा बस्ली, पूर्व अध्यक्षहरुमध्ये मोहन सिटौला, उत्कृष्ट कार्यहरुको
लागि डा. एच वि भण्डारी, हरि घिमिरे, खिमानन्द आचार्य, गोपाल भण्डारी, श्री तीर्थराज पाण्डेलाई पनि सम्मान गरिएको थियो । सम्मेलनमा नेपालका
बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट श्री सुदर्शनराज पाण्डेले अनेसासको अक्षय कोषकोलागि ५००
डलर दिनु भएको जानकारी गराइएको थियो । उक्त कार्यक्रमको उद्घोषण महासचिव पदम
विश्वकर्माले गर्नु भएको थियो । सम्मेलनमा प्रकाश पौडेल माइलाको संयोजकत्वमा ६
बुँदै घोषणा पत्र सुनाइएको थियो । उक्त घोषणा यसप्रकार छ :
१) डायसपोरा र अनेक डायसपोराको सिद्धान्त र
प्रयोगबारे अध्ययन र अनुसन्धान गर्ने गराउने,
२) विश्वका धेरै ठाउमा डायसपोरा अध्ययन केन्द्र
स्थापनातर्फ क्रियाशील रहने,
३) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
का विभिन्न च्याप्टरहरुबीचको अन्तरसम्बन्धलाई स्पष्ट कार्ययोजनासहित मजबूद पार्दै
आपसी समन्वय गर्ने गराउने,
४) नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न
स्तरीय नेपाली कृतिहरु चयन गरी अनुवाद गर्ने गराउने,
५) स्थापित नेपाली साहित्यकारहरुका सालिक
निर्माण गर्न तथा भानु स्मारक भवन निर्माण गर्न क्रियाशील रहने र
६) विभिन्न सामुदायिक संघ, संस्थाहरुबीचमा
भाइचाराको सम्बन्ध कायम गर्दै अघि बढ्ने ।
कार्यक्रमको अन्तमा
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका संयोजक सीता पाण्डे, अतिथि डा. खगेन्द्र
लुइंटेल,
विशिष्ट अतिथि मोदनाथ
प्रश्रित,
प्रमुख अतिथि डा.
शंकरप्रसाद शर्माले सम्मेलन ऐतिहासिक तथा भव्यरुपमा सम्पन्न भएकोमा आयोजकहरुलाई
धन्यवाद ज्ञापन गर्नु भएको थियो भने केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीले
प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न मुलुकबाट पाल्नुहुने साहित्यकारहरु, पत्रकारहरु, सहयोगीदाताहरु, सहभागी सबैलाई
धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो ।
सम्मेलनको अन्तिम दिन
डा. गोविन्दसिंह रावत, प्रेमराजा महत, रामप्रसाद खनाल, नलिना चित्रकार, यशकुमार र स्थानीय कलाकारहरुले गीत तथा नृत्यद्धारा मनोरन्जन प्रदान गरेक
थिए । यसै अवसरमा विदेशबाट पाल्नु भएका अतिथिहरुको सत्कारमा नोभम्बर २७ मा बोर्ड
अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदी, नोभम्बर २८ मा घर ए कवाव र डिसेम्बर १ का
दिन नासो समुदायका अध्यक्ष दीपकजंग विश्वकर्माले रात्री भोजको आयोजना गर्नु भएको
थियो भने नासो समुदायबाट डिसेम्बर २ का दिन
बिशिष्ट अतिथि एवं विभिन्न मुलुकबाट पाल्नु भएका साहित्यकारहरुको सम्मानमा
रात्री भोजको आयोजना गरिएको थियो ।
आदरणीय बरिष्ट साहित्यकारज्युहरु तथा अग्रजज्युहरु ,
सर्वप्रथम, तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सहभागी हुनु हुने साहित्यकारहरु, अतिथिज्यूहरु, विशिष्ट अतिथिज्यहरु, टाढादेखि पाल्नुहुने साहित्यकारज्यूहरु, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार ग्रहण गर्न पाल्नु हुने साहित्यकारहरु, भानुवर्ष उत्कृष्ट पुरस्कार र अनेसासका हिरो सम्मानपत्र ग्रहण गर्न पाल्नुहुने महानुभावहरु, पत्रकारहरु, सहयोगी महानुभावहरु तथा स्वयंसेवक सबै महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
सम्मेलन पश्चात् प्रकट भएका केही टिका टिप्पणीहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ध्यानाकार्षण हुनु स्वाभाविकै हो । सम्मेलन सफलरुपमा ऐतिहासिक तवरबाट सम्पन्न भएकोमा हामी गौरब गर्दछौं, धेरै महानुभावहरु लगायत टिप्पणीकारज्यूहरुबाट स्वीकारोक्ति भएको कुरा स्पष्ट छ । साहित्यकार एवं समालोचकहरुले सम्मेलनका अवसरमा भएका झिना मसिना त्रुटीहरुलाई विशेष महत्वकासाथ ग्रहण गर्नुभन्दा बौद्धिक तबरको सुझावहरु प्रस्तुत गर्नुमा अति उपयोगी हुन सक्थ्यो । यस्ता खालका स्वयंसेवी संस्थाहरुबाट यसस्तरको सम्मेलनको आयोजना गरी सफलरुपमा सम्पन्न गर्न सक्नु आफैंमा गौरबको विषय हो । सल्लाह सुझाव प्रदान गर्नु हुने साहित्यकारज्यू तथा टिप्पणीकारहरुज्यूप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौं र यस्ता कमी कमजोरीहरु आगामी दिनहरुकमा सुधार हुँदै जाने विश्वास पनि दिलाउन चाहन्छौं ।
संस्थामा आफू पदमा रहँदाको सबै कार्य उत्कृष्ट हुने, साहित्यिक हुने, पदबाट हटेपछि उत्कृष्ट र साहित्यिक नहुने, आफूले गरेका सबै कार्य राम्रा हुने र अरुले गरेका राम्रा नहुने व्यक्तिबादी र स्वार्थी प्रवृति बाहेक केही हुन सक्दैन । संस्थामा आफू रहँदा र आफूले छाडेपछि पनि संस्था फुटाउने, टुक्र्याउने प्रवृत्ति सत्ता लिप्सामा मोहित हुने र अपरिवक्क व्यवहार बाहेक केही हुन सक्दैन / संस्था छोडेपछि पनि संस्थालाई सहयोग गर्नुको अलावा संस्थाबाट प्रदान गरिएको सम्मान ग्रहण गर्दै संस्थाकै अपमान गर्नेहरुले यसप्रकारका टिकाटिप्पणी गर्नु असुहाउँदो कार्य हो । यसका अतिरिक्त संस्थालाई नरिवल बनाउन खोज्नेहरु न त विगतमा सहयोगी बने, न त बर्तमानमा सहयोगी भएका छन् र न त भविष्यमै हुन सक्छन् । खाली के कसरी, के गरे संस्था र संस्थाका गतिविधिहरुमा अवरोध खडा गर्न सकिन्छ भन्ने व्यवहारहरु न त आफू केही गर्न सक्छन्, न त अरुलाई केही गर्न दिन्छन न अरुले केही उन्नती प्रगति गरेको देख्न चाहन्छन्, यस्ता प्रवृत्तिहरु समाजबाट आफै विस्तारै तिरस्कार हुनु बाहेक केही हुन सक्दैनन् । कुनै व्यक्तिले गरेको गल्तीमा कार्यक्रममा सम्मानपूर्वक लगाइएको सम्मान चिन्ह फ्याँक्नु र आफूलाई सम्मान नभएको दुखेसो व्यक्त गर्नु पनि स्वयं व्यक्तिमा भएको लघुताभास बाहेक केही हुन सक्दैन ।
रह्यो, कार्यक्रममा यस्तो हुनु पर्ने, यसको सट्टा यसो हुनु पर्ने आदि इत्यादी । आजको समाजमा सबैजनाको चित्त बुझ्ने गरी सबै कार्य गर्न असंभव प्रायः छ । गर्यो किन गर्यो, गरेन किन गरेन भन्ने प्रवृत्तिको अगाडी कसको के लाग्छ र ? सम्मेलनमा किन पुरस्कार वितरण गरियो भन्ने प्रश्नहरु व्यक्तिका दृष्टिकोणमा फरक पर्ने विषयहरु हुन् । किनकि यस्तो सम्मेलनमा पुरस्कारहरु वितरण गर्दा सम्मेलनको गौरब बढ्ने र साहित्यकारहरुको अझ सम्मान हुने सकरात्मक पक्षलाई टिप्पणीकारहरुले समेट्न नसक्नु हो । सम्मेलनमा बालकवि गोष्ठीको आयोजनाले नेपाली भाषा तथा साहित्यमा बालबच्चाहरुको गहिरो अभिरुचि जाग्ने पक्षलाई समेटने प्रयास गरिएको थियो । यतै जन्मेका बालबालिकाहरुले पनि नेपाली भाषा नबिर्सिउन, सधैं उनिहरुलाई नेपाल र नेपालीको सम्झना भइरहोस्, मूल थलो लाई सदा माया र श्रद्धा गरिरहुन भन्ने कुरालाई ध्यानमा राखेर तयार गरिएको थियो । बालबालिकाहरुको प्रस्तुतीले यो उद्देश्य पुरा भएको जस्तो मलाइ लागेको छ । आधा घण्टाजतिको यो कार्यक्रमको समेत आलोचना गर्न पछि नपर्ने कहलिएका साहित्यकार तथा कलाकारज्यूहरुको उद्देश्य मैले अभैm बुझन सकेको छैन । तैपनि उहांहरुको टिप्पणीको लागि म धन्यवाद दिन चाहन्छु ।
अन्तमा, कार्यक्रमको अवसरमा भएका कमी कमजोरीहरुलाई आगामी दिनहरुमा आत्मासात् गर्दै यसमा सबैको सहयोग र सद्भाव एवं सहभागिता रहने विश्वास लिएको छु र सानातिना तिक्तता, कमीकमजोरीहरुलाई थाँती राखी सबै एकै थलोमा रहेर नेपाली भाषा र साहित्यको विकासमा एकजुट भई लाग्न सबै साहित्यकारहरुमा हार्दिक अपील समेत गर्दछु ।
- Gita khatri, president - INLS
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
for other related news click these links below

एतिहासिक साहित्य सम्मेलन तर फितल्लो ब्यबस्थापन, देश बिदेशबाट आएका अतिथीहरुको चित्त दुखाउँदै यसरी बिट मारियो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको !
अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई तताउन पनि आखिर यसरीनै गीत संगीत सारथी बन्नु पर्यो । तस्बिरहरु आफै यसरी बोल्छन !
अमेरिकाको वाशिङ्टन डिसीमा तेस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन यसरी सम्पन्न भयो
or
visit www.nepalmother.com
नासोद्धारा मोदनाथ प्रश्रित तथा युवा गायक
यशकुमार सम्मान
नासो
समुदायद्धारा भर्जिनियामा यही डिसेम्बर २, २०१३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा आयोजित तेस्रो
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सहभागी हुनुहुने विभिन्न राष्ट्रका
अतिथिहरुको सम्मानमा रात्री भोजको आयोजना गरि सो समारोहका अवसरमा साहित्यकार
मोदनाथ प्रश्रित तथा युवा गायक यशकुमारलाई एक विशेष समारोहका बीच भव्यरुपमा सम्मान
गरिएको छ ।
नासोका अध्यक्ष
दीपकजंग विश्वकर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नासोका सल्लाहकार प्रकाश
नेपालले विशिष्ट अतिथि, विभिन्न मुलुकबाट
पाल्नुहुने अतिथिहरु, पत्रकारहरु तथा
सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका महासचिव पदम विश्वकर्माले युवा गायक यशकुमार
र साहित्यकार मोदनाथ प्रश्रितले समुदायको हितका लागि पुरयाउनु भएको योगदानको चर्चा
गर्नुभएको थियो भने संस्थाका अध्यक्ष दीपकजंग विश्वकर्मा र महामहिम बाणिज्यदूत प्रेमराजा
महतले खादा तथा सम्मानपत्र अर्पण गरि विशेषरुपमा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा डा. कुसुमाकर न्यौपाने, डा. खगेन्द्रप्रसाद लुईंटेल, प्रेमराजा महतले सम्मानित व्यक्तित्व द्धय मोदनाथ प्रश्रित र यशकुमारले
पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो भने लोकप्रिय युवा गायक यशकुमार र मोदनाथ
प्रश्रितले नासोद्धारा आफूलाई गरेको सम्मानको प्रशंसा गर्नुभएको थियो । साहित्यकार
प्रश्रितले यो सम्मानले मदन पुरस्कारबाट सम्मानित भएको भन्दा अझ महत्वपूर्ण रहेको
र आफ्नो बाँकी जीवन समुदायका विपन्न वर्गको उन्नती र प्रगतिमा कलम चलाउने
प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष दीपकजंग
विश्वकर्माले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो र यसकुमारले
सहभागीहरुको अनुरोधमा आफ्ना केही लोकप्रिय गीतहरु गाउनु भएको थियो । कार्यक्रम
सञ्चालन संस्थाका महासचिव पदम विश्वकर्माले गर्नुभएको थियो ।
- Nepalmother.com/ biswaraj thapa/enepalese
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक