20131203

अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई तताउन पनि आखिर यसरीनै गीत संगीत सारथी बन्नु पर्‍यो । तस्बिरहरु आफै यसरी बोल्छन !

साँगितिक साँझ जहाँ महा बाणिज्यदुत एबम बरिस्ठ लोक गायक प्रेमराजा महत, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम बरिस्ठ लोक दोहोरी गायक रामप्रसाद खनाल, गायिका नलिना चित्रकार, नयाँ पिँढीका चर्चित गायक यश कुमार आदिको प्रस्तुती रहेको थियो। उक्त साँझको संयोजन मन्जु सङ्रौलाले गरेकी थिईन्।
  




































बृहत कवि गोष्ठी

अमेरिका, भर्जिनिया - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको भर्जिनियामा आयोजना गरेको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको दोश्रो दिन आइतबार बृहत कवि गोष्ठी सम्पन्न भएको छ । साहित्यकार गोवर्धन पूजा र महेश्वर पन्तद्वारा संयोजित उक्त गोष्ठीमा नेपाल, जापान, बेलायत, पोर्तुगाल, क्यानाडासहित अमेरिकाको बोस्टन, भर्जिनिया, डिसी, कोलोराडो, न्युयोर्क, मेरील्याण्ड, टेक्सासलगायतका राज्यका ७१ जना कविले सिर्जना वाचन गरेका थिए। तीन घण्टासम्म चलेको उक्त गोष्ठीमा नेपालका साहित्यकार मोदनाथ प्रश्रित, सरस्वती रिजाल, गोविन्दराज विनोदी, अमर न्यौपाने, मनिराज सिंह, प्रेम छोटा, उत्तम भौकाजी, प्रकाश चापागाई, जापानका प्रकाश माईला, बेलायतका सुमनकुमार गुरुङ, बोस्टन र न्यु ह्याम्शायरका डा. शिव गौतम, महेश्वर पन्त, दीपा राई, भारती गौतम, अनु शाह, ममता कर्माचार्य, दिनेश राजभण्डारी, लालगोपाल सुबेदी, शेखर ढुंगेल, हरि काफ्ले,अग्नि पराजुली, ईश्वरी भट्ट, गोवर्धन पूजालगायतले सिर्जना वाचन गरेका थिए। यसैगरी नर्थ क्यारोलाइनाबाट नीलम कार्की निहारिका, टेक्सासबाट गंगा लिगल, उषा पन्थी, न्युयोर्कबाट बिनोद रोका, गीता खत्री, आचार्य प्रभा,केशव आचार्य, गीता पन्थ, मणि बांग्देल, मनु लोहोरुङ, बिकाश बिष्ट, कुन्ती थापा,  भर्जिनिया, मेरिल्याण्ड, डिसीबाट बसन्त श्रेष्ठ, होमनाथ सुबेदी, हेमन्त श्रेष्ठ, गोविन्द गिरि प्रेरणा, सीता पाण्डे, सुदीपभद्र खनाल, रामप्रसाद खनाल,  रजनी श्रेष्ठ, नीरा शर्मा, बिमला निरौला, प्रेम संग्रौला, कल्पना सत्याल, मोहन निरौला, रविन्द्रभक्त श्रेष्ठ, सीताराम अधिकारी, शारदासिंह खाती, गुणराज लुइँटेल, डा. गोपी उप्रेती, निशेष कार्की, देवेन्द्रप्रसाद उपाध्यायलगायतले पनि कविता वाचन गरेर  
समाजका अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा प्राध्यापक एवं वरिष्ट समालोचक डा. खगेन्द्रप्रसाद लुइँटेल, होमनाथ सुबेदी, सीता पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक