20131201

अमेरिकाको वाशिङ्टन डिसीमा तेस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन यसरी सम्पन्न भयो

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा आयोजित तेस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन भब्य रुपमा सम्पन्न भएकोछ । कन्भेनर सिता पाण्डेको अध्यक्षता, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माको प्रमुख आतिथ्य, बरिस्ठ लेखक साहित्यकार ईतिहासबिद डा. मोदनाथ प्रश्रित को बिशेष आतिथ्य, बिभिन्न देश र अमेरिका का बिभिन्न राज्य बाट आएका सयौँ साहित्यकारहरुको राम्रो जमघट आफैमा कार्यक्रम सानदार थियो नै त्यस माथि नेपालकी प्रथम महिला टिभी पत्रकार, समाचार बाचिका, खेलाडी रमा  सिँहको मिठो उदघोषणले कार्यक्रमको सान अझै बढेको देखिन्थ्यो । केही कमी कमजोरीका बाबजुद कार्यक्रम सफल थियो । कार्यक्रममा जनसांस्कृतिक नायकको उपाधी सहित डा. मोदनाथ प्रश्रितलाई अभिनन्दन गरिएको थियो भने मदन पुरस्कार बिजेता अमर न्यौपाने सहितका श्रस्टाहरुलाई पुरस्कार सहित सम्मान, नेपाली राजदुत डा. शंकर शर्मा सहित १३ जना लाई नेपाली हिरोको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष एबम बोर्ड अफ ट्रस्टिका अध्यक्ष्य होमनाथ सुबेदी, प्रा. खगेन्द्र लुइटेल, अध्यक्ष गीता खत्री लगायतका दर्जन भन्दा बढी ब्यक्तिले मन्तब्य प्रस्तुत गर्नुभएको थियो । कन्भेनर सिता पाण्डे, सदस्य सचिब प्रकाश नेपाल, होमनाथ सुबेदी, गीता खत्री, पदम बिस्वकर्मा सहितको अनेसास सम्पूर्ण परिवार बधाईका पत्र छन तर कार्यक्रमका कमजोरी पक्ष जस्तो कि विद्वान साहित्यकारहरुका मन्तब्य सुन्नुको सट्टा भागशान्ती जय नेपाल गर्दै असान्दर्भिक मानिसका मन्तब्य राखिनु, भन्दा अन्तराष्ट्रिय साहित्य सम्मेलन तर केटाकेटी खेल जस्तो लाग्ने केही झुर प्रस्तुतीहरु परिवारिक रुपमा प्रस्तुत हुनु, विद्वान साहित्यकारहरु पुरस्क्रित, अभिनन्दित ब्यक्तित्वहरुलाई मन्तब्य राख्न नदिइनु, देश बिदेशबाट आएका साहित्यकारहरुको भन्दा लोकल झ्याउलाग्ने प्रस्तुती समाबेश हुनु लाई सहभागीले रुचाएका देखिएनन । सहभागीको टिप्पणी थियो "राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका विद्वान साहित्यकारहरुलाई दर्शक बनाएर बच्चाहरुको प्रस्तुती त्यसरी राख्नु भन्दा अर्को लोकल कार्यक्रम आयोजना गरी बाल साहित्यिक कार्यक्रम नाम दिएर अलग्गै गरेको भए हुन्थ्यो तर अन्तरराष्ट्रिय साहित्य सम्मेलनको फोरम को दुरुपयोग गरियो जुन गलत थियो"    आगामी दिनमा अनेसासको गम्भिर ध्यान जानुपर्दछ भन्दै थिए सहभागीहरु । सोही अबसरमा नेपाली राजदुताबासले साँझ राजदुत निवासमा साहित्यकारहरुको सम्मानमा रात्रीभोजको आयोजना गरेको थियो ।                                                          




























No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक