20131223

अमेरिकी जिवनका डरलाग्दा उतारचढावका घटनाहरु !

bhola

भोला आचार्य-  अमेरिका,  क्रिशमसमा मिचेलले आफ्ना बुवा आमालाई सम्झे ह्याप्पि मेरी क्रिसमस भन्दै । तर २२ वर्ष टेक्दै गरेका उनलाई बुवाले वाल्यकालमै छोडेको वर्षौ वितिसकेको छ । अहिले उनलाई बुवा कहाँ छन् , जिवित छन् या छैनन् भन्ने कुराको पत्तो छैन् । आमासँग सोध्दा पनि थाहा नभएको वताउछन् । छिमेकीहरुबाट बुझ्दा अर्कै केटीसँग वसिरहेको उनले बुझेका छन् । ४ वर्ष भयो, आमाले पनि उनलाई छोडेर अर्के पुरुषसँग वस्न थालेको । आफ्नो जन्म दिने आमा वुवाले छोडिसकेपछि उनी टुहुरो मात्र भएनन्, वेसाहारा वन्नु पर्यो । अव त उनी उक्लो भएर अमेरिकन संसारमा रमाउने भैसकेका छन् । उनको जीवन पनि केटीसाथी वनाउदै पार्टीहरुमा रोमान्स गर्दै उस्तै वन्ने क्रममा देखिन्छ । क्रिसमस पार्टीमा भेटिएकी झण्डै ७० वर्ष पुग्न लागेकी एक वृद्धा एलिजावेथ आफ्ना १३ जना नाति नतिना भएको वताउछिन् । सात पटक पारपाचुके गरिसकेकी उनी अहिले ५औ पटक पारपाचुके गरेर जर्ज नाम गरेका एक पुरुषसँग वसिरहेकी छिन् । अर्का, अमेरिकी युवा माइकेल एक जना प्रेमिकासँग छन् । उनी भन्छन् उनकी प्रेमिका तेस्री हुन् । पहिलो र दोस्रो उनले छोडिसकेका छन् । उमेरले २५ वर्षका उनले थाहा छैन कतिवटा केटीसाथी र कतिवटा पारपाचुके गर्नेछन् उनको जीवन कालमा । उनी भन्छन् रिल्याक्स गर्ने हो । उनकी केटि साथीलाई भेट्दा उनी पनि कम छैनन् । उनको पनि यो ४ औ सम्वन्ध हो रे । उनको तेस्रो प्रेमिले
विवाह गर्ने भनेर गर्भवति वनाइदिएछन् । पछि वच्चा जन्मेको तेस्रो वर्षमा तीन वटा केटा साथी वनाउन भ्याइछन् । उनको त्यो छोरा उनकी हजुरआमासँग छ रे अन्तै कता । साइकल चढेर मलाई खोज्दै आउने ७२ वर्षिय जोन वुढेसकालमा एक्लै जिवन विताईरहेका छन् । उनको साथमा न श्रीमती नै छन् न बुढेसकालको सहारा उनका कुनै सन्तान । उनले एकदिन सोध्दै जाँदा भनेका हुन् । उनीहरुका यी व्यक्तिगत कुराहरु सोध्दा पनि निर्धक्क वताउछन, लाजै नमानी । अमेरिकी जिवनका यी डरलाग्दा उतारचढावका घटनाहरु अमेरिकामा वस्ने नेपालीहरुको जिवनमा पनि केहि सांकेतिकरुपमा उदाएका छन् । तुलनात्मकरुपमा वरावरीमा आउन नसकेपनि नेपालीहरुमा वढ्दै गरेका पारपाचुकेका घटनाबाट त्यस्ता संकेतहरु भेटिएका हुन्
। १८ वर्षमा तमाखु र २१ वर्षको जन्मदिनबाट रक्सि पिउन शुरु गरेर अगाडी बढ्ने अमेरिकनहरुको स्वतन्त्रता रक्सि र चुरोटमा मातिएर बार र क्लवमा जाने र केटिसाथीसँग जानायज सम्वन्ध राख्ने र गर्भवति वनाएर विवाह नै नगरी छाडिदिने कुरामा सिमित छ । उनीहरुको यो जिवन संस्कारको विषयमा संसारलाई थाहा छ । जसको नक्कल गरि वाहिरी मुलुकबाट भित्रिनेहरुले यस प्रकारको स्वतन्त्रतालाई पछ्याएको पाइन्छ । थोरैको संख्यामा भएपनि यहाँका नेपालीहरुको जीवन पनि कम्ति टीठ लाग्दो छैन ।
माथीका पात्रहरुको जीवनहरु खबरमा उतार्दै गर्दा मेरा नेपाली विशेष गरी गाउँका जीवनहरुको संझना आयो । जहाँ गरिवीले सृजना गरेका समस्या वाहेक उनीहरुका लागि कुसंस्कार मानिने अमेरिकन जीवनको जस्तो स्वतन्त्रता कहि देखिदैन् । जीवनकालमै एक पटक विवाह गर्ने र आफ्ना केटा केटीको लागि जिवन अर्पण गर्ने मेरा गाउलेहरुको जीवन अर्थपूर्ण लाग्छ । मनमुटाव भैहाले पनि लोग्ने स्वास्नीको झगडा परालको आगो भन्दै गरेका सुझवुझ , अन्डरस्टान्डिडका सम्वन्धहरुले दिने संस्कार कैयौ गुना सलुट गर्ने खालको छ । अपवादको रुपमा विग्रिएका सम्वन्धको वहिष्कार गर्दै संस्कार वसाल्न सफल छन् मेरा गाउलेहरु । वेरोजगारी र भोकमारीमा परि गरिव वनेका मेरा गाउलेहरुको जीवन भोगाइमा सजिलो नभएपनि अमुल्य र प्रेरणादायी छ । ५० औ राज्यमा वस्ने असंख्य अमेरिकनहरुलाई मेरा गाउहरुको जीवनले धेरै कुरा सिकाउन सक्छ ।
त्यसो त वाल्यकालमा हुर्किने मेरा गाउँका केटाकेटीहरु र तीनका हजुर आमाको रेखदेख अमेरिकनहरुले पाउने जस्तो नहोला तर सार्थक जीवन जीउने कुरामा मेरा गाउँलेहरु अगाडी आउछन् । मेरो देशका गाउँहरुमा सगरमाथा जस्तो उचाईको संस्कार र बुद्ध जस्ता मेरा गाउँले अभिभावकले सिकाएको सरल र शान्त जीवन छ । त्यसैले त कहिल्लै मेरा गाउले अभिभावकहरुका केटाकेटी टुहुरा जस्ता र मेरा हजुरवुवा आमाहरु वेसाहारा वन्नु पर्दैन, जोन, मिचेल….जस्तै ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक