20131223

विश्वपरिक्रमाले गर्‍यो राजदूत शंकर शर्माको विदाई कार्यक्रम

 सिल्भरस्प्रिंग, मेरिल्याण्ड / आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी नेपाल र्फकन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको विदाईका लागि विगत सात वर्षेखि वाशिंटन डिसी मेटォो क्षेत्रवाट नियमित रुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली अखवार विश्वपरिक्रमाले दिवा भोज
सहितको थ्याェ्क्यू एम्वेसडर कार्यक्रमको आयोजना ग・यो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत शर्माले आफ्नो कार्यकालमा केही काम गर्ने स्पष्ट एजेण्डा लिएर आएको र ती एजेण्डा पूरा गर्न पाएकोमा सन्तोष लागेको वताउनु भयो । तर प्रयास गर्दागर्दै पनि अमेरिकी उच्च ऋधिकारीहरुलाई नेपाल भ्रमण गराउन नसकेको स्वीकारोक्ति समेत व्यक्त गर्नुभयो । अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण तय भै लगभज अन्तिम अवस्थामा नेपालको सम्विधानसभा भँग भएर त्यो पूरा हुन नसकेको खुलाउनु भयो ।
सो कार्यक्रमका अध्यक्ष तथा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले अमेरिकी नेपाली समुदायका आँखाको नानी वन्नु भएका राजदूत शर्मालाई कुनै भौतिक उपहार भन्दा हृृदयको मायाँ उपहार दिन थ्याェ्क्यू एम्वेसडर कार्यक्रमको आयोजना गरेको वताउनु भयो । उहाँले राजदूत शर्माको कार्यकालमा टォेड एण्ड इन्भेष्टमेण्टप|mेमवर्क एग्रिमेण्ट सम्पन्न भएको कँग्रेशनल ककसको विधिवत स्थाना भएको, मिलेनियम चेञ्ज कर्पाेरेशनलाई नेपाल लैजान सफल भएको, माओवादी द्वन्दको वेला फिर्ता आएको पिस कोर्पस् भोलेण्टियरलाई पुन नेपालमा लैजान सफल हुनु भएको, नेपाल राष्टォ वैंकको एक मिलियन डलर डुव्नवाट जोगाउन सफल भएको, नेपाललाई अमेरिकी सहयोग वृद्धी गर्न सफल भएको , इराकवाट नेपाल फर्काउन लागिएका ३०,००० नेपालीलाई स्टेट डिपार्टमेण्टसँग पहल गरी फिर्ता हुनवाट वचाएको, लिलाम हुन लागेका दर्ुलभ नेपाली कृतिहरु नेपाललाई फिर्ता गराउन सफल हुनु भएको, १३ वर्षा पहिलोपल्ट टォेड एण्ड इन्चेटमेण्ट टोली नेपाल पठाउन सफल भएको तथा अमेरिकाको नेपाली जन समुदायमा लोकर्पयता हासिल गर्न सफल हुनु भएकाले कृतज्ञता ज्ञापन गर्न कार्यत्रमको आयोजना गरेको वताउनु भयो ।
सो अवसरमा कवि वसन्त श्रेष्ठले राजदूतको सम्मानमा कविता प्रस्तुत गर्नु भएको थियो ।
डिसी नेपाली समाजका पण्डित राजेन्द्र खनालले सो अवसरमा मँगल वाचनसहित विदाईको टीका लगाई दिनु भएको थियो । सञ्चार क्षेत्रका नगेन्द्र पौडेल तथा विपिन उप्रेतीले समेत मन्तव्य प्रकट गर्नु भएको सो कार्यक्रमको शुरुमा लोकनाथ तिवारीले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक अनुभव गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । स्थानिय नेपाली समुदायका सकृय समाजसेवी तथा सिपिए हरि शर्माले राजदूत शर्मालाई उपहार प्रदान गर्नु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक