20131212

हामी नेपाली को घैँटोमा घाम कहिले लाग्ने होला कुन्नी !!??

- सरकार आफ्नै देशमा रोजगारी स्रिजना गर्न होइन, देशको काबिल युबा जनशक्ती बिदेश लगेर बेच्नमै गर्ब गर्छ । 
- हरेक दिन २-३ हजार युबा युबती को लामो लश्कर आफ्नो सिरिखुरी, सम्पत्ती सबै बेचेर, चर्को ब्याजको रिन लिएर साउदी अरब, दुबाइ, कतार, कुवेत, इराक, अफगानिस्तान, मलेसिया लगायत का देश हरुमा आफ्नो श्रम बेच्न जान्छन । 
- हरेक दिन ति देशहरुबाट काठमाडौं बिमानस्थलमा हाम्रा दाजुभाइ दिदी बहिनिका लाशहरु काठको बाकसमा बन्द भएर फर्किँदा सरकार दलहरु र तिनका नेताहरु बेखबर छन । 
- जिल्ला, शहर, गाउँ जताततै बुढाबुढी हजुरबा, हजुरआमा, बा, आमा, रोगी जनहरु, बेरोजगारहरु मात्र देखिन्छन ।
- गाउँमा कोही बिरामी पर्दा अस्पताल लैजाने, कसैको मृत्‍यु भएमा घाट जाने सम्मको आभाब हुने गरेका समाचार सार्वजनिक भएकै छन ।
- तर हाम्रा नेताहरु संबिधान सभाबाट संबिधान जारी गर्छौँ भन्दै जनताको करबाट उठेको र बिदेशिहरुले दिएको भिकको चरम दुरुपयोग गर्दै पाँचौँ बर्ष प्रबेश गरेकाछन । संसारमा कही कतै नभएका कथित लोकतान्त्रिक अभ्यासका नाममा देशलाई दल र नेताको क्रिडा स्थल बनाइएकोछ ।
- यती हुँदा पनि नबुझेर, तिनै दल र नेताहरु, सत्ता संचालकहरुको कुशासनको कारणले बिदेशिएका हाम्रा सोझा साझा नेपालीहरु खाडीबाट, साउदी अरब, दुबाइ, कतार, कुवेत, इराक, अफगानिस्तान, मलेसिया लगायतका देशहरुबाट तिनै दल र तिनका अदुरदर्शी नेताहरुको "महानता" गाउँदै तिनकै चाकरी गर्दै फेसबुकका वाल, अनलाइन मिडियाहरु रङ्याएको देख्दा लाग्छ: हामी नेपालीहरुले अझ धेरै दु:ख पाउन बाँकी छ, यस्तै सोझा साझा जनताका नाममा अझ धेरै संबिधान सभाहरु हुन बाँकी छन, अझ धेरै को ज्यान जान बाँकी छ । लुटिन कुटिन अपहरण हुन बाँकी छ । हामी नेपाली को घैँटोमा घाम कहिले लाग्ने होला कुन्नी !!!??? 

                 (साउदी अरेबियामा जेल जिबन बिताइरहेका नेपालीहरु यस्तो अबस्थामा छन्)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक