20140116

कठै कहिले सुध्रिने होला काङ्रेस : १७ पटक प्रधानमन्त्री चुनाव हारेका रामचन्द्र पौडेलको कनकन ले शुशिल लाई अप्ठ्यारो, देउबा दाउ हेर्दै !

कांग्रेसका तीन शीर्ष नेताबीच आगामी सरकारको नेतृत्व कसले गर्ने भन्न हानाथाप चलिरहेको बेला पार्टी सभापति सुशील कोइरालाले सरकारको नेतृत्व प्राप्तिका लागि पार्टीको नेतृत्व छाड्न तत्पर देखिएका छन्। बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडलसँग पार्टी संसदीय दलको नेता चयनको
विवादबारे आपसी परामर्श र सहमति गर्न आफ्नो निवास महाराजगञ्जमा बिहिबार बिहान डाकेको बैठकमा सभापति कोइरालाले त्यस्तो तत्परता देखाएका हुन्।  'म पाटी संसदीय दलको नेता भएर आगामी सरकार चलाउँछु तपाई (रामचन्द्र पौडेल) पार्टी चलाउनुहोस,' उपसभापति पौडेलसँगको छलफलमा कोइरालाले राखेको प्रस्ताव उद्रीद गर्दै स्रोतले भन्यो।  तर, सभापति कोइरालाको प्रस्तावलाई घुमाउरो पाराले अस्वीकार गर्दै पौडेलले आफूलाई नै संसदीय दलको नेता र आगामी सरकारको नेतृत्व दिन उनको सहयोग मागेका थिए। 'त्यसरी सुल्टो पर्दैन, बरु पार्टीभित्रको आन्तरिक कलह र समस्या झन बढाउदछ,' पौडेलले कोइरालालाई दिएको जवाफ उदृत गर्दै भने।  पौडेलले आफू उपसभापति भएकोले कार्यबहाक सभापति विधानतः स्वत आफूलाई नै आउने तर, कोइरालाले पार्टीको नेतृत्व आफूलाई दिएर सरकारमा जान खोज्दा देउवाले पार्टी भित्र आन्तरिक बिवाद र झगडा चर्काउनसक्ने सम्भावना प्रबल रहेको बताएका थिए।
 
पार्टीको नेतृत्व नछाड्न सुझाउदै पौडेलले भने, 'बरु तपाईले नै पार्टी संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्नुभयो भने देउवाले बार्गेनिङ गर्दै विरोध गर्न र पार्टी नेतृत्व आफूलाई देउ भन्न मिल्दैन,' पौडेलको भनाइ थियो।
 
कोइरालासँग सरकार चलाउने अनुभब नभएको सर्न्दभ दर्साउदै पौडेलले आफूसँग पटक पटक मन्त्री, उप-प्रधानमन्त्री, सभामुख र संसदीय दलको नेताको हैसियतमा काम गरेको लामो प्रशासनिक अनुभव भएकोले पनि सरकार चलाउन सहज हुने दाबी गरेका थिए।  
 
करिब ४ वर्षअघि उपसभापति पौडलसँग सहमति गरेर कांग्रेसको सभापति बनेका कोइरालाले यसअघि सरकारको नेतृत्वका लागि पार्टीको नेतृत्व नछाड्ने अडान लिदै आएका थिए। तर पछिल्लो समय पाटी नेता देउवा र उपसभापति   पौडेलबीचको बढ्दो सामिप्यताको कारण उनी पार्टीको जिम्मेवारी छाड्न तयार देखिएको कोइराला निकट स्रोतले बतायो।
 
बिहिबार बिहान साढे नौ बजे कोइराला निवासमा पुगेका पार्टी नेता देउवाले भने कोइरालासँगको छलफलमा आफूले आफ्ना सहयोगीहरुसँग यसबारे परामर्श गर्न नभ्याएकोले अहिलेनै केही जवाफ दिन नसक्ने बताएर फर्किएका थिए। देउवा निकट नेताहरुले दिएको जानकारी अनुसार संसदीय दलको नेताको दाबी गर्ने नगर्ने बारे आन्तरिक रणनीति तय गर्न शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन।
 
संविधानसभामा पहिलो ठूलो दल कांग्रेसभित्र देखिएको नेतृत्वको बिवादका कारण संसद अधिबेशनको मिति,राष्टपतिद्धारा नयाँ सरकार निर्माणको प्रक्रिया र अरु राजनीतिक दलको भूमिका समेत ओझेलमा परेको छ।
 
विद्यमान राजनीतिक अन्यौलतालाई दृष्टीगत गर्दै कांग्रेसका एकदर्जन भन्दा बढी नेताहरुले सभापति कोइराला, नेता देउवा र पौडेललाई जतिसक्दो चाडो संसदीय दलको नेता सहमतिबाट सम्भब भए सहमतिबाट र नभए निर्वाचन प्रक्रियाबाट टुंगोमा पुर्याइ सरकार गठनकालागि अरु दलसँगको बार्ता प्रक्रिया अगाडी बढाउन दबाब दिएका थिए।
 
त्यसको लगत्तै कोइरालाले मंगलबार र बुधबार देउवा र पौडेललाई आपसी छलफलका लागि आफ्नो निवासमा डाकेका थिए। तर नेता देउवाले आफ्नो कार्यव्यस्तता देखाउदै अनुपस्थित रहेपछि बैठक बिहिबारलाई तय गरिएको थियो।
 
यसैबीच सभापति कोइरालाले पार्टीको संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन विधानसम्मत निर्वाचन समिति गठनका लागि पार्टीको केन्द्रीय समितिको बैठक माघ ४ गतेलाई डाकेका छन।
 
कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले केन्द्रीय समितिले गठन गर्ने निर्वाचन समितिले सर्वसम्मत वा प्रतिस्पर्धा जसरी भएपनि संसदीय दलको नेता चयन गर्ने बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक