20140123

मलाई अध्यक्ष पद चाहिन्छ, म पद त्याग गर्दिन भनेर प्रचण्ड नालायकी देखाइरहेका छन्



- राजन कार्की
प्रचण्डलाई उनकै पार्टर्ीीत्र स्टालिन भनेर आलोचना भइरहेको छ । उनलाई पदत्याग गर भन्ने आवाज पनि उठिरहेको छ । मलाई अध्यक्ष पद चाहिन्छ, म पद त्याग गर्दिन भनेर प्रचण्ड नालायकी देखाइरहेका छन् । आर्श्चर्य छ, देशलाई देउथलजस्तो बहादुरी र भक्ति थापाजस्तो बहादुर बन्ने बेलामा प्रचण्ड शक्तिमा किर्ना टा“सिएझैं टासिन खोजिरहेका छन् । कठै, महान बन्न अवसर पाएर पनि प्रचण्डले अवसर कसरी दुरुपयोग गरे । प्रचण्डलाई संविधान र शान्तिका प्रतीक बनेको हर्ेन चाहने हामीहरु इतिखेर उनलाई दयाका दृष्टिले हेरिरहेका छौं ।  मलाई यतिखेर हिटलर र रमेलको सम्झना आइरहेको छ । रमेल हिटलरका सेनापति थिए । आफूले चाहेको र्सवकालिक नेतृत्वप्रति चुनौती बन्न लागेपछि हिटलरले रमेललाई जसरी पाखा लगाए, २०६३ सालपछि त्यस्तै परिदृश्य पटक पटक नेपाली राजनीतिमा दोहोरिने क्रम जारी छ ।
अत्यन्त सफल योध्दा, फौजी सेनापति थिए रमेल । उनको वीरता र विद्वताबाट प्रभावित थिए हिटलर । हिटलरले उनलाई दक्षिण अप्रिmकाको कमाण्डमा खटाए । एक दिन एकजना सिपाहीको खल्तीबाट एउटा
टिपोट भेटियो र त्यो टिपोट हिटलरको हातमा पुग्यो । त्यसमा हिटलरभन्दा रमेलप्रतिको आस्था, उसको सफलता र शक्तिको बखान थियो । झसङ्ग झस्किएका हिटलरले मिडियाको प्रयोग गरे, मिडियाबाट दक्षिण अप्रिmकाको मोर्चामा रहेका सेनापति रमेल मारिए भन्ने हल्ला पिटाइदिए । पछि रमेल जर्मन फर्किएपछि थाह पाए, सञ्चार जगतबाट त उनी मरिसकेछन् । इमान्दारिताका साथ देश सेवा गर्नेमाथि यत्रो षडयन्त्र - हिटलरको दिएको त्यो घात, मानसिक प्रताडनाको पीडा सहन नसकेर रमेलले जीवन त्याग गरे । हाम्रा भीमसेन थापाको पनि यस्तै कथा छ ।
सत्तामा प्रचण्डको हिटलरी उदयपछि सेनापति रमेलजस्तै पहिलो सिकार बने ः प्रधानसेनापति रुकमांगद कटवाल । २०६५ सालको यो घटनापछिका ६ वर्षो कालखण्डमा आफ्नै माटोमाथि उभिएका कटवाल अलिकति पनि बिचलित भएका देखिदैनन् । तर प्रचण्ड पटक पटक कहिले हिटलर, कहिले रमेलको नियति भोगिरहेका देखिदैछन् । २०६४ साल चैत २८ गतेको निर्वाचन परिणामले प्रचण्डलाई मेजर पार्टर्ीीे अध्यक्ष बनायो । प्रधानमन्त्री थिए कांग्रेसका गिरिजाप्रसाद । प्रचण्डले गिरिजाप्रसाद कोइरालको कान फुक्दै भने- गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाई । संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गराउनोस् । महत्वाकांक्षी गिरिजाप्रसादको मन हुडलियो । भारतका प्रतिनिधि करणसिंहलाई साक्ष्ँी राखेर वैशाख ११ गते गरेको 'कुनै प्रकारको भए पनि राजतन्त्र राख्ने' सहमतिलाई लत्याएर प्रचण्डको सुझाव उनले माने । तर, आफू संविधानसभामा जाने हिम्मत गर्न सकेनन् र चुनाव हारेका कृष्णप्रसाद सिटौलालाई प्रतिनिधिका रुपमा पठाएर गणतन्त्र कार्यान्वयनको प्रस्ताव राख्न लगाए । २०६५ साल जेठ १५ गते अपर्ूण्ा संविधानसभामा गिरिजाप्रसादका तर्फाट आएको प्रस्तावमा छलफलसमेत गराइएन र सभामुख सुवास नेम्वाङ्ले जनप्रतिनिधित्व भएको र्सार्वभौम संविधानसभाबाट गणतन्त्र कार्यान्वयन गर्ने निर्ण्र्ााभएको घोषणा गरिदिए । यो एउटा निर्ण्र्ाााट दर्ुइवटा सिकार गर्न सफल भए प्रचण्ड । राजदरवारमा रहेका श्री ५ ज्ञानेन्द्र, पर्ूवराजा बने । उनले वैशाख ११ गतेको सम्झौता किन उल्लंघन गरियो भनेर भन्ने अवसर पनि पाएनन् । अर्कोतिर राजतन्त्र र कांग्रेसको गर्धन जोडिएको 'टु पिलर' नीतिलाई एक्ला गिरिजाप्रसाद कोइरालाले व्यवहारमै परिवर्तन गरिदिए । नेपाली कांग्रेसको स्थापित सिद्धान्त रमेलको मृत्यु मर्‍यो । त्यसपछि राष्ट्रपति बन्न लालायित गिरिजाप्रसाद कोइराला उत्साहित थिए, त्रिपुरेश्वरमा माओवादीले ब्यानर झुण्ड्याइदियो- गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रचण्ड भनेर । प्रचण्डका हनुमान नेताहरु कर्ुर्लिन थाले- गिरिजाप्रसादलाई राष्ट्रपति दिन सकिन्न । माधव नेपालको नाम अघि सारियो, तिनै हनुमानहरु भन्नथाले- हरुवालाई केको राष्ट्रपति - कोइरालापछि प्रचण्ड प्रधानमन्त्री बने, कोइराला अस्पताल पुगे । राष्ट्रपतिको चिठ्ठा मधेसीमूलका कांग्रेसी डा.रामवरण यादवलाई पर्‍यो । प्रचण्डको रणनीतिक तीरबाट घायल भएका गिरिजाप्रसाद अन्ततः जीवनकै अन्तिम भूल गर्न पुगेछन् भन्ने त्यतिबेला अनुभव गरियो, जतिबेला उनले औषधि खान अस्वीकार गरे, खाएनन् र जीवन त्याग गरे । व्यवहारमै कांग्रेस भनेको गिरिजाप्रसाद कोइराला हो भन्ने प्रमाणित गर्न सफल भएका उनको अन्त्य हर्ेदा लाग्छ- हिटलर प्रचण्ड बने, गिरिजाप्रसाद उनका सेनापति रमेल ।
कटवाललाई बर्खास्त गरेर आफ्ना सहयोगी जर्नेललाई प्रधानसेनापति बनाउने तैयारी गर्दैथिए प्रचण्ड, आधारातमा राष्ट्रपति रामवरण यादवले कटवाललाई नै प्रधानसेनापति मुकरर गर्दै कार्यकारी प्रधानमन्त्रीको निर्ण्र्ााउल्टाइदिएका थिए । यो घटनामा रमेलका रुपमा प्रताडित बनेका प्रचण्डले पदबाट राजीनामा दिए । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टर्राई र खिलराज रेग्मीसम्मका सरकारहरु निर्माण गर्न प्रचण्ड नै निर्ण्ाायक भूमिकामा देखिए । तर, प्रत्येक पटक उनले रमेलको जस्तो आत्मपीडा भोग्न बाध्य भए । सबैभन्दा मर्नु त सरकार र निर्वाचन आयोगमा खिलराज रेग्मी र नीलकण्ठलाई लानु उनका लागि जीवनकै गलत निर्ण्र्ााहुनपुग्यो र उनी मर्नुसम्मको मर्माहतमा परेका छन् । पहिलो नम्बरको उनको पार्टर्ीीाप्रपा नेपालको हाराहारीमा तल झरेको छ । यो हिटलरको अन्त्य नभए के हो - प्रचण्डको पार्टर्ीीध्यक्षता प्रश्नचिन्हमा परिसक्यो, जातीय पहिचानको मुद्दा त्याग्न बाध्य हुनुपर्‍यो र बाबुराम र नारायणकाजीका सामु आत्मालोचना गरेर पदमा टिक्नुपर्ने स्थिति आयो । फुटेर गएका बैद्य समूहले 'खाइस्' भन्ने अवसर पाए । २२ वर्षपार्टर्ीीे अध्यक्षता हा“केका प्रचण्ड पहिलोपटक अलोकप्रियताको सतहमै र्झन पुगे । दक्षिण अप्रिmकाको मोर्चाबाट फर्केका सेनापति रमेलले आफू मरेको विश्वास जनताले गरिसकेको जब थाहा पाए, कस्तो अनुभव गरे होलान् - आज प्रचण्डको हालत त्यस्तै देखिन्छ । उनको मुहारबाट राजनीतिक चमत्कारिक चमक गायब भइसकेको छ । प्रचण्डकै शव्दमा भन्नुपर्दा- युद्ध हार्दैमा सेनापति भाग्दैन । हो, प्रचण्डले कमजोरी सच्याए, जनभावनामा समाहित हुनसके भने उनको पुनरागमन हुनसक्ने सम्भावना जिवितै छ । यो राजनीतिको सुन्दरता हो ।
चीनमा माओ सम्मानित इतिहास हुन् । चीनका लागि माओवाद व्यवहारिकबाद बन्न सकेन । तेङको नेतृत्वमा जनवादको आवरणमा समाजवाद अ“गालेर चीन खुला अर्थनीतिको बाटो अवलम्बन गर्नपुग्यो । यसैको कारणले चीन आर्थिकशक्ति, विश्वशक्ति बनिसकेको छ । आर्थिक मेरुदण्ड बलियो भएकाले चीन चन्द्रमा पुग्ने अभियानमा लागिसक्यो । माओ बोक्ने र जनतन्त्र, जनतन्त्र भनेर नथाक्ने नेपाली कम्युनिष्टहरुका लागि चीनको प्रगति र जनकल्याण प्रेरणाको स्रोत बन्नुपथ्र्यो । नेपाली कम्युनिष्टहरु माओवाद फलाकेर नेपाली राजनीति बगारिरहेका छन् र भ्रष्टाचारमा डुबुल्की मारेर कूशासन चलाइरहेका छन् । १० वर्षलामो जनयुद्ध र जनआन्दोलनको औचित्यमाथिसमेत प्रश्नचिन्ह खडा भइसक्दा कम्युनिष्टहरु आफ्ना गलत पाइला नियाल्न तैयार देखिन्न । वर्तमान नेपाल असरल्ल हुनु, संविधान नलेखिनु र शान्तिव्यवस्था खलबलिनुमा कम्युनिष्टको अतिवाद नै जिम्मेवार देखिन्छ । हामीले गणतन्त्र ल्यायौं भनेर नाक फुलाउने कम्युनिष्टहरु गणतन्त्रको केन्द्रमा अपराधी छन् कि गण - भनेर हर्ेनसमेत चाहदैनन् । जेठो मामाको त यो गति, कान्छा मामाको -अरु पार्टर्ीीभाङ्ग्राको धोती भनेको यही हो ।
इतिहास साक्षी छ, रहर गरेर मात्र गणतन्त्र संस्थागत हु“दैन । सन १९३१ म्ाा स्पेनको राजतन्त्रलाई बहिर्गमन गर्न बाध्य पार्नेहरुले गणतन्त्र स्थापना गरे । तर, रिभेरो तानाशाह भएर निस्किए । तानाशाहीमा गणतन्त्र चल्दो रहेनछ । गृहयुध्दमा फस्यो स्पेन । ३८ वर्षलामो गृहयुध्दपछि हु“वा कार्लोस पुनस्थापित भए अनि संभालिएको र सम्पन्न भएको हो स्पेन । राष्ट्रवाद सत्तामा उक्लने र सत्तामा टिक्ने नारामा सिमित हुनपुगेको छ । सन १९६० को दशकमा चीनमा माओ र सनयात सेन दुबै राष्ट्रवादी थिए । माओ सत्तामा उक्लिए, सनयातसेन फर्मोसाको जङ्गलतिर लाग्नुपर्‍यो । राजा वीरेन्द्रले आफ्नो जवानी विकास विकास भनेर बिताए, उनको परिवारको बिनास गोलीकाण्डबाट हुनगयो । ज्ञानेन्द्रका प्रत्येक अभिव्यक्ति कम राष्ट्रबादी थिएनन् । उनले जनताको चाहनाभन्दै बनवास लाग्नुपर्‍यो । २०६३ साल पछिको नेपालमा कति हिटलरको चरित्रमा देखिए, कति रमेलको भूमिकामा । राजनीतिमा यो आ“खमिचौली खेल २०७० साल मंसिर ४ को निर्वाचनपछि झन चर्को रुपमा चल्न थालेको छ । प्रत्येक पार्टर्ीी हिटलर र रमेलहरु छन् र कसको नियति कस्तो देखिने हो, राजनीति नाचघरको नाटकमञ्चनजस्तो छ ।
सुरुमा हिटलर राष्ट्रबादका प्रतीक थिए । स्टालिनले पनि देशकै कुरा गरे । सुरुका दिनका पोलपोटका जनवादी नीति हर्ेदा उनका सामु कोही पनि जनवादी देखिन्नन् । अर्थात्, प्रत्येक निरङ्कूश शासक सत्तामा पुग्न र पुगेका केही दिन जनहित कण्ठस्थ पार्छ, जनहित नै उसको ध्येय हो भन्छ । बिस्तारै उसका कृयाकलापले क्रूरताको साम्राज्य खडा गर्छ । प्रचण्डको सहमतिमा बाबुरामले त देशै उत्तर वा दक्षिणतिर मर्ज हुन्छ समेत भने । कांग्रेस र एमालेले स्वाधीनताको झण्डा उठाउन सकेनन् । यो सोझा र्सार्वभौम जनतामाथिको क्रुरता नभए के हो - ०६५ सालमा भारतले भनेको थियो- राष्ट्रपतिमा कांग्रेस, प्रधानमन्त्रीमा माओवादी, सभाध्यक्ष एमालेलाई, उपराष्ट्रपति फोरमलाई । त्यस्तै भयो र यसपटक फेरि राष्ट्रपतिको मुद्दा उठिसकेको छ । क्षतविक्षत राष्ट्रमा लोकतन्त्र संस्थागत गर्न पहरा फोरेर पानी निकाल्नुजत्तिकै भगिरथ प्रयत्न, इमान्दारिता र त्याग चाहिन्छ । हर्ेर्नुछ, हिटलर र रमेलको यो राजनीतिक रमाइलो खेल । जुन दिन नेपाली जाग्छन्, त्यो दिन यो हिटलर र रमेलको बालुवाको महल बनाउने खेल भताभुङ्ग हुनेछ । जनताले र्सप, भ्यागुता, बिच्छीजस्ता भागबण्डा, लुटमार र काटमार, षडयन्त्रमात्र गर्न जान्ने नेताहरुलाई पञ्जापत्र दिएका छैनन् । संविधानसभाको दोस्रो निर्वाचन किन - भन्ने सवालको जवाफ बन्नसक्नर्ुपर्छ संविधानसभा । यो संविधानसभाले त्यो हैसियत राख्ला -
देउथलको युध्दमोर्चामा भक्ति थापा मारिए तर नेपालको इतिहासमा उनी अमर छन् । जनयुद्धलाई जनआन्दोलनमा मिसाएर राजनीतिक युद्ध जित्न सफल भएका कुनै पनि दल वा नेता अमर हुन सकेनन् । उनीहरु आज पनि लोकतन्त्रको मैदानमा हिटलर र रमेलको -षडयन्त्रले इमान्दारिता पछार्ने) खेललाई राजनीति ठानिरहेका छन्, मानिरहेका छन् । विदेशीका खेलौना बनिरहेका छन् । यो षडयन्त्र राजनीति होइन रहेछ भन्ने भ्रम छिटै नहट्ने हो भने समस्याको जालोमा फसेको देशको अस्तित्व संकटमा पर्ने निश्चित छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक