20140126

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता बाबुराम भट्टराईलाई एमाओवादीकै कार्यर्ताले गोली हान्ने धम्की दिए !

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता बाबुराम भट्टराईलाई एमाओवादीकै कार्यर्ताले गोली हान्ने धम्की दिएका छन् । गोर्खा बारपाकका वाईसीएल धनबहादुर घलेले गोली हानेर हत्या गर्ने धम्कीसहितको
एसएमएस दुइटै नेतालाई शुक्रबार पठाएका हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। सहिदको सपना र जनताको भावनामाथि खेलबाड गरेर देशद्रोही बनेको आरोप घलेले लगाएका छन् । धम्कीसहितको एसएमएस आएपछि दाहाल र भट्टराईले त्यो एसएमएस प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराइएको थियो । प्रहरीले उनीविरुद्ध कुनै जाहेरी आए आज म्याद थप गरेर मुद्दा चलाउने बताएको छ । धम्की दिने घलेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । घलेले एसएमएस पठाएको स्वीकार गर्दै नेताहरूले बाचा गरेअनुसार काम नगरेकाले रिस उठेर पठाएको बयान दिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक