20140108

"अहिलेसम्म कर्मचारीमाथि मात्रै भ्रष्टाचारका मुद्दा परेका छन् अब राजनीतिक दलहरुमा भएको भ्रष्टाचारलाई पनि हेरेर मुद्दा चलाउँछौं" : प्रमुख आयुक्त लोकमानसिंह कार्की

अख्तियार दरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अब राजनीतिक दल र तिनका नेताले गरेको भ्रष्टाचारबारे अनुसन्धान शुरु गर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाको बुधबार उद्घाटन गर्दै कार्कीले अहिलेसम्म कर्मचारीमाथि अनुसन्धान केन्द्रित गरेको भन्दै अब राजनीतिक क्षेत्रमा प्रवेश गर्ने बताउनुभयो । ‘अहिलेसम्म कर्मचारीमाथि मात्रै भ्रष्टाचारका मुद्दा परेका छन् अब राजनीतिक दलहरुमा भएको भ्रष्टाचारलाई पनि हेरेर मुद्दा चलाउँछौं’ उहाँले भन्नुभयो । राजनीतिक शक्तिको आडमा जे गरेपनि हुने परिपाटी बसेको भन्दै कार्कीले दलहरुकै आडमा आमहड्ताल, ठेक्कापट्टा र डन कल्चर मौलाएको दावी गर्नुभयो । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा भ्रष्टाचार बढेको पनि उहा“ले बताउनुभयो । मन्त्रीपरिषदले गरेका निर्णयहरुका बारेमा अख्तियारले छानबिन गर्न नपाउने नियम भएपछि मन्त्रालयमा गर्नुपर्ने निर्णयहरु पनि मन्त्रीपरिषदमा लैजाने गरिएको कार्कीले बताउनुभयो । देशका पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक र डिआइजीहरुले मात्र राम्रो काम गरे ५० प्रतिशत घटेर अनियमितता घटेर जाने उहाँले बताउनुभयो । यसैबीच अख्तियार दरुपयोग अनुसन्धान आयोगले केही जिल्लामा आफ्ना इकाई
कार्यालय स्थापनाको तयारी गरेको छ । अख्तियारको कामलाई प्रभाबकारी रुपमा संचालन गर्नका लागि ईकाई कार्यालयहरु समेत स्थापना गर्न लागिएको आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीले बताउनुभयो । अख्तियारले पाँचवटै बिकास क्षेत्रमा क्षेत्रीय कार्यालय खोलिसकेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक