20140108

राष्ट्रिय एकता दिवसको सन्दर्भमा : पृथ्वी नै नभए महान यसरी नेपाल बन्थ्यो कहाँ ?

- Sudip Bhadra Khanal
 जोड्यौ फूल र बाग सुन्दर बन्यो माली हुनाले तिमी 
हाम्रो सौर्य र वीरता गठ बन्यो रानो हुनाले तिमी 
हामी लड्न जुट्यौँ मिलेर मनका राजा हुनाले तिमी 
तिम्रै साथ थियो र आज पनि छौं बाँकी छ हाम्रो जिमी 

लोकोहीत निमित्त गद्दि पनि त्यो दाउ लगाई दियौ 
राजा रंक सबै मिलेर सपना यौटै बुनी हेलियौ 
देखायौ सपना विसेसँग मिली निर्माण नेपालको 
फोर्यौ खप्पर शत्रुका र अहिले नेपाल हाम्रो छ यो

पाँडे पन्डित मन्त्रणा पनि गर्यौ थापा र काजी लियौ
चारै वर्ण र जाति छत्तिस लिई मैदानमा उत्रियौ
बिर्सी राजसी ठाँट वा सयल त्यो नेपाल सम्झी लड्यौ
पायौँ स्वत्व र एकता विजयका नौला कहानी जड्यौ

उल्टो बग्दछ वायु आज प्ऋथिवी पल्टे सरि चाल छ
वीसे गर्दछ राज्य किन्तु नसकी बेहाल बेहाल छ
जाती वर्ण र लिङ्गको छ झगडा मीयो विना दाईँ छ
साधू चढ्छ सुली र चोर हरुको चौतारिमा बास छ

खुल्ला आज फिरङ्गी घुम्दछ बुझी भित्री कुरो राज्यको
खोक्रो दिन्दिन झन्झनै अधमरा नेपाल हाम्रो छ यो


खानू घूस छ मान पाउनुसरी सोझो छ भोको यहाँ
गोर्खामा अतिवाद चल्छ डरको साम्राज्य नेपालमा 



पाणे भन्छ मिल्यो विसे किन गयो दिल्ली छ गैरो कुरो
बीसे फत्तुर भन्छ भन्छ कसिदैं फोर्छु म त्यो पुर्पुरो
भाई भाग्दछ दाजुबाट कसरी नेपाल बाँच्ला अब?
नेपालै नरहे रहन्छ कसरी हाम्रो यहाँ गौरव?

काजी उत्तरमा गए किन भनी खोस्रन्छ पन्डीत त्यो
थापा भन्दछ रोगको जड विसे पन्डीत चैँ सीङ हो
अर्को भन्छ दलाल चल्छ झगडा वैरी छ त्यो दाउमा
सन्चो हुन्छ नुनै थपेर कसरी नेपालको घाउमा 


पृथ्वीको महिमा सकिन्न जसले जत्ती कराए पनि 
पुग्छौं हामी कहाँ भुली युगजयी हाम्रै कहानी अनि
आफ्नै त्यो इतिहास विर्सिन पुगे हामी रहन्छौँ कहाँ 
पृथ्वी नै नभए महान यसरी नेपाल बन्थ्यो कहाँ?

***************************************




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक