20140119

तर आज एउटा राम्रो कुरा सुनियो एमालेबाट !!!

हामी कुनै राजनीतिक दलमा संलग्न छैनौं र कहिलै हुने पनि छैनौं । तर आज एउटा राम्रो कुरा सुनियो एमालेबाट । एमालेले संबिधानसभाको आगामी बैठकका लागी आफ्ना सभासदहरुको लागी 'ड्रेसकोड' को निर्णय गरेछ ! पुरुष सभासदहरुले दौरा सुरुवाल कालो कोट र भादगाउँले टोपी महिला सभासदहरुले फरिया र चौबन्दी चोली लगाउनु पर्ने भनेर ! आहा !! राम्रो निर्णय, नेकपा एमालेको यो निर्णयलाई मुरीमुरी धन्यवाद ! एमालेको यो राम्रो निर्णय को स्वागत गर्दै अरुले पनि यस्तै गरिदिए सबै सभासदहरुलाई नेपाली पोशाकमा मात्र देख्न पाए पनि यो आहत पुगेको नेपाली मनले अलिकती भए पनि राहत पाउने थियो कि ! कि कसो ?


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक