
गृहमन्त्री बामदेव गौतम र उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई सपथ गराएका थिए । त्यसपछि प्रधानमन्त्रीले अन्य मन्त्रीहरुलाई सपथ गराएका थिए । सपथ लिने मन्त्रीहरुमा नेपाली कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल–संचार, डा. नारायण खड्का–सहरी विकास, महेश आचार्य–वन, विमलेन्द्र निधि–भौतिक योजना तथा पूर्वाधार विकास, चित्रलेखा यादव–शिक्षा, एनपी साउद–सिंचाइ मन्त्री र नरहरि आचार्य–कानुन तथा न्याय मन्त्री छन् । यसअघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका डा. रामशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरी, एमालेका महेन्द्र पाण्डे–परराष्ट्र, राधा ज्ञवाली–उर्जा, भीम आचार्य–पर्यटन, खगराज अधिकारी–स्वास्थ्य, कर्ण थापा–उद्योग, लालबाबु पण्डित–सामान्य प्रशासन, पुरुषोत्तम पौडेले–युवा तथा खेलकुद, दलबहादुर राना–भूमिसुधार र हरि पराजुली–कृषि मन्त्रीको जिम्मेवारी पाएका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा लगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । श्रम राज्यमन्त्रीको जिम्मवारी पाएका कांग्रेसका टेकबहादुर गुरुङलाई प्रधानमन्त्री कोइरलाले सिंहदबारमा सपथ गराएका थिए । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले आज बिहान मात्रै मन्त्री बन्नेहरुको टुंगो लगाएका थिए । साना दल मध्येबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माले पनि सरकारमा सहभागी हुने निश्चित भएपनि ती दलले मन्त्री बन्ने ब्यक्तिको टुंगो लगाएका छैनन् ।
मन्त्रिपरिषद् विस्तारकै दिन दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । मन्दिरको सिलामा मंगलबार दिउँसो दिनको पौने तीन बजेबाट करिब १ घण्टा पसिना आएको छ । दोलखा भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने स्थानीयको भनाइ छ । भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने जनविश्वास छ । यस पटक भीमसेनको शिलाको शिरबाट तिनधारा हुँदै दायाँ-बायाँ दुवै भागबाट पसिना आएको छ । यसअघि गत साँढे दुई महिनाअघि मंसिर ३० गते पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउँदा मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा-अर्चना गर्ने गर्छन् ।
नवनियुक्त उपप्रधानमन्त्रीद्वयले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न र जनताको आर्थिक, सामाजिक जीवनस्तर माथि उकास्न वर्तमान सरकारको प्राथमिकता रहने बताएका छन् । पद तथा शपथग्रहणपछि राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिने क्रममा उनीहरुले सरकारको नीति तथा कार्यक्रम शीघ्र सार्वजनिक हुने जानकारी दिए । उपपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले सरकार गठन सहमति र सहकार्यबाटै भएको बताएका छन् । गृहमन्त्री गौतमले आफूले आजैदेखि शान्ति सुरक्षा सदृढ गर्न पहिलो प्राथमिकता दिने दृढता व्यक्त गरे । स्थानीय विकासमन्त्री सिंहले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने र स्थानीय विकासका नयाँ कार्यक्रम ल्याइने जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले सरकारको प्रमुख ध्यान संविधान निर्माणमा नै जाने र यसका साथमा विकास निर्माणमा पनि प्राथमिकता दिइने बताएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सरकारले पूर्णता पाउन केही ढिलो भए पनि अब नयाँ गतिका साथ जनचाहनाअनुसार काम गर्ने बताए । शिक्षामन्त्री चित्रलेखा यादवले जनताका दैनिक जीवनयापनका समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउने जानकारी दिइन ।
सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ। बैठकले सरकारका प्रवक्तामा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नियुक्ति गर्नुका साथै प्रधानमन्त्री सुशील कोइरालाको म्यानमार जाने निर्णय गरेको छ।

मन्त्रिमण्डल यस्तो छ-
प्रधानमन्त्री | ||||
1 | श्री सुशील कोइराला | महिला,बालबालिका तथा समाजकल्याण;रक्षा;वाणिज्य तथा आपूर्ति;विज्ञान,प्रविधि तथा वातावरण;शान्ति तथा पुननिर्माण र सहकारी तथा गरिबी निवारण। | पार्टीः कांग्रेस | |
उप प्रधानमन्त्री | ||||
2 | श्री बामदेव गौतम | गृह | पार्टीः एमाले | |
3 | श्री प्रकाशमान सिंह | सङ्घीय मामिला तथा स्थानीय विकास | पार्टीः कांग्रेस | कोइराला पक्ष |
मन्त्री | ||||
4 | डा. रामशरण महत | अर्थ | पार्टीः कांग्रेस | कोइराला पक्ष |
5 | श्री विमलेन्द्र निधि | भौतिक पूर्वाधार तथा यातायात | पार्टीः कांग्रेस | देउवा पक्ष |
6 | श्री नरहरि आचार्य | कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला | पार्टीः कांग्रेस | कोइराला पक्ष |
7 | श्री महेश आचार्य | वन तथा भू-संरक्षण | पार्टीः कांग्रेस | कोइराला पक्ष |
8 | श्रीमती चित्रलेखा यादव | शिक्षा | पार्टीः कांग्रेस | देउवा पक्ष |
9 | डा. मीनेन्द्र रिजाल | सूचना तथा सञ्चार | पार्टीः कांग्रेस | कोइराला पक्ष |
10 | श्री राधाकुमारी ज्ञवाली | ऊर्जा | पार्टीः एमाले | खनाल पक्ष |
11 | श्री नारायणप्रकास साउद | सिँचाइ | पार्टीः कांग्रेस | देउवा पक्ष |
12 | डा. नारायण खड्का | सहरी विकास | पार्टीः कांग्रेस | कोइराला पक्ष |
13 | श्री भीमप्रसाद आचार्य | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; | पार्टीः एमाले | झलनाथ खनाल पक्ष |
14 | श्री महेन्द्रबहादुर पाण्डे | परराष्ट्र | पार्टीः एमाले | माधव नेपाल पक्ष |
15 | श्री खगराज अधिकारी | स्वास्थ्य तथा जनसङ्ख्या | पार्टीः एमाले | केपी ओली पक्ष |
16 | श्री लालबाबु पण्डित | सामान्य प्रशासन | पार्टीः एमाले | झलनाथ खनाल पक्ष |
17 | श्री दलबहादुर राना | भूमिसुधार तथा व्यवस्था | पार्टीः एमाले | झलनाथ खनाल पक्ष |
18 | श्री कर्ण बहादुर थापा | उद्योग | पार्टीः एमाले | केपी ओली पक्ष |
19 | श्री हरिप्रसाद पराजुली | कृषि विकास | पार्टीः एमाले | झलनाथ खनाल पक्ष |
20 | श्री पुरुषोत्तम पौडेल | युवा तथा खेलकुद | पार्टीः एमाले | झलनाथ खनाल पक्ष |
राज्यमन्त्री | ||||
21 | श्री टेक बहादुर गुरुङ | श्रम तथा रोजगार | पार्टीः कांग्रेस | देउवा पक्ष |
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक