20140227

कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु

कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । १२ नेपालीसहित ३२ जना घाइते भएका छन् । घाइते नेपालीहरुको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर क्षेत्री छन् । ‘तीनै जना हाम्रा साथी हुन् । सँगै काम गथ्यौं,’ कमल हमालले भने, ‘सबै जना भेला भएका छौं, निक्कै निराश छौं,’ । नेपाली दूतावासले ती नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । अस्पताल पुगेका श्रम सहचारी इन्द्रदेव पाण्डेले आपतकालीन उपचार कक्षमा १२ नेपालीको उपचार भइरहेको बताए । ‘उनीहरु सबैको अवस्था खतरामुत्त, छ,’ उनले भने । स्थानीय समयअनुसार विहान १० बजेर १२ मिनेटमा विस्फोट भएको थियो । मृत्यु भएका नेपाली अल अराबी कम्पनीमा काम गर्थे । त्यस कम्पनीमार्फत उनीहरु विस्फोटले क्षति पुगेको होटल टेस्टीमा काम गर्थे । हमालका अनुसार उनीहरु ८ वर्षदेखि कार्यरत थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक