20140215

काङ्रेस र एमालेलाई भिडाउँदै चलखेल गर्दै प्रचन्ड बाबुराम र एमाओबादी, काङ्रेस एमालेको बुद्धिमा किन बिर्को ??

cart-2प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार साँझ भेटवार्ता भएको छ । गृह मन्त्रालयलाई लिएर कांग्रेस र एमालेको सम्वन्धी चिसिएको बेला कोइरालाको निम्तोमा प्रचण्ड महाराजगञ्ज पुगेका थिए । करिव आधा घण्टा भएको कुराकानीमा एमाओवादीका अध्यक्ष प्रचण्डले सरकारको विवादले छिटो मिलाउन सुझाव दिएका छन् । प्रचण्डले एमालेसँगको विवादतर्फ संकेत गर्दै सरकार संकटमा पर्‍यो भने सहयोग गर्ने आश्वासन दिएको कांग्रेसका एक नेताले बताएका छन् । ‘आत्तिनु पर्दैन, संकट पर्‍यो भने हामी छौं भन्ने उहाँको आशय थियो’ ती नेताले भने । यसअघि शनिबार दिउँसो भएको नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता दीनानाथ शर्माले कांग्रेस-एमाले गठवन्धन असफल भए आफूहरु विकल्प दिन तयार रहेका बताएका थिए । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले एक वर्षर्भित्र संविधान निर्माण गर्ने प्रतिवद्धतालाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताएका छन् । उनले सत्य निरुपण तथा मेलमिलापसहितका आयोग गठनमा समेत जोड दिएको प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिए । एकीकृत नेकपा माओवादीले तत्काल सरकार गठनको प्रक्रियालाई पूर्णता दिन नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गरेको छ । संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना पूरा हुन लाग्दासमेत सरकार गठन प्रक्रियाले पूर्णता पाउन नसक्दा एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतामा खिया लाग्न लागेको भन्दै एमाओवादीले प्रमुख दुई ठूला दलले मुलुकलाई निकास दिन नसक्ने भए आफू तयार रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित भेटवार्ता कार्यक्रममा
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सरकार गठन गर्न कांग्रेस र एमाले असफल भए त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभयो । उनले भने-’मुलुकलाई सरकार विहीनताको अवस्थामा राख्न सकिँदैन, सरकार गठन गर्न कांग्रेस, एमालेले नसके संविधानसभाले नयाँ विकल्प खोज्छ, विकल्प खोज्नुपर्दछ, विकल्पका लागि एमाओवादी तयार छ ।’ संविधानसभा निर्वाचनको क्रममा जनताका सामु गरेको प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान निर्माण नहुने आशङ्का बढेर गएको भन्दै उनले तत्काल संविधान निर्माणमा केन्दि्रत हुन संविधानसभा र व्यवस्थापिका-संसद्लाई आग्रह गर्नुभयो । संविधान निर्माणमा सहजता प्रदान गर्नका लागि एमाओवादीलाई सभामुख दिनुपर्ने तर्क गर्दै उनले अन्तरिम संविधानले मुलुकलाई सहमतिमा चलाउने भन्ने व्यवस्था गरेका कारण कांग्रेस र एमालेले हरेक पदमा भागबन्डा गर्न नपाउने बताए । ‘मुलुक सहमतिमा चलाउनु पर्दछ, दुई दलको आफूखुसी चलाउने भन्ने गैरसंवैधानिक प्रवृत्तिलाई स्वीकार गर्न सकिँदैन, संविधानसभामा रहेका दल र संविधानसभाभन्दा बाहिर रहेका सबै दललाई समेटेर अगाडि बढ्नु पर्दछ ।’ उनले भनेका छन् ।


cart-2
cart-1

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक