20140203

‘आपने तो अच्छा किया, हमारी हिन्दी भाषाको संसदमे बुलन्द करदिया’ : उपेन्द्र यादवलाई धाप मार्दै भारतीय राजदूत रन्जित रे



 
- महेन्द्र पौडेल
‘आपने तो अच्छा किया, हमारा भाषाको संसदमे बुलन्द करदिया’ भारतीय राजदूत रन्जित रेले मद्येसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई धाप मार्दैगर्दा अधिकांश उच्चतहका अधिकारीहरु र राजनीतिक नेताको ध्यान त्यता थिएन । 
पहिला सारा पत्रकारजगतलगायत अधिकांश राजनीतिकर्मीहरुको ध्यान रन्जित रे र भर्खरै मात्र पार्टीमा संसदीय दलको चुनाव जितिसकेका नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालातर्फ थियो । पछि रन्जित रेले उपेन्द्र यादवलाई खानपिनकै क्रममै मात्र केही सेकेण्डको भेटमा जतिबेला सबै खानपिनमै मस्त थिए, त्यतिबेला भनेका कुरा हुन यी ।  त्यसो त यादवले उनको मातृभाषा मैथिली भोजपुरी वा अन्य भाषामा संसदमा भाषण गर्न सक्थे । तर उनलाई बिगतमा चिनिया सरकारको भित्रिया आरोप लागेको बखत उनले बर्तमानमै हिन्दी भाषामै भाषण गर्दै हिन्दी भाषालाई संसदमा बुलन्द गर्दा भारतको विश्वासपात्र भइन्छ भन्ने लागेको हुनुपर्दछ मात्रै
होइन भारतीय डिजाइन अनुसार नै यो कदम चालिएको समाजशास्त्री विश्लेषकहरुको धारणा छ ।
mahendraसर्वप्रथम जातीय आधारमा क्षेत्रीय राजनीति त्यति सफल नभएपछि भारतले भाषिक आधारमा संसदमा बोलवाला गराउन सकिन्छ कि भन्ने अर्को काड फालेको तर्फ राष्ट्रबादी बुद्धिजिवीहरुको तर्क भएपनिविगतमा हिन्दीमा भाषण नगरेका यादवले संसदको पहिलो बैठकमै हिन्दी भाषामा भाषण गरे त्यो पनि भारतको ६५औं गणतन्त्रदिवसको दिन ? चाँसोको विषय बनेको छ ।
यसैलाई इंगित गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ससंदमा अप्रत्यक्षरुपमा उपेन्द्रमाथी खनिए, उनले भने ‘धर्म निरपेक्षता, गणतन्त्र र जातीय आधारमा संघियताको उत्थान कहाँबाट भयो? त्यसको वास्तविक सुत्रधार र रचनाकार को हुन? हामी कसबाट कहिले कहिले कुन मोडमा प्रयोग भयौं? भनेर कमल थापाले प्रतिप्रश्न गरेका थिए ।
अर्थात उनले मधेशवादी दलहरुलाई इंगित गर्दै हामी कस कसबाट कहिले कहिले कुन मोडमा प्रयोग भयौं भनेका हुन । मधेसबादी दलहरु भारतबाट परिचालित वा प्रयोग भएका हुन भन्नेतर्फ उनको इशारा थियो ।

आश्चर्यको कुरा देशको सच्चा पहरेदार ठान्ने मधेसवादी दलका नाइकेले हिन्दीमा भाषणै गरेपनि भारतले पुर्वदेखि सुदूरपश्चिमसम्म अतिक्रमण गरेको सीमाका कुरा भने कसैले उठाएनन् ? न उठाए सन्धि र वोर्डरशीलका साथै सुपुदर्गीका कुरा ।
अनि लाम लाग्न पुगे भारतको ६५ औं गणतन्त्रदिवसको शुभकामना दिन र वाडेँ स्वतन्त्रताको शुभकामना पनि । जनतालाई दिग्भ्रमित पार्ने अर्को आश्चर्यका विषय हो एकजना यादवथरका नेताले संसदमा हिन्दी भाषामा भाषण गरिहँदा अर्का यादवथरकै राष्ट्रपतिसमेत भएका रामबरण यादवले प्रेस विज्ञप्ति निकाल्दै एक हप्ताभित्र प्रधानमन्त्रीको चयन हुनुपर्ने लगायत सरकार गठन हुनुपर्ने विषय अगाडि सारे । यहाँ प्रश्न उठ्छ उनले पनि हिन्दीमै प्रेस विज्ञप्ति निकालेको भए? आश्चर्य मान्नु पर्ने थिएन । उनी पनि मधेसवादी तराईमूलकै हुन् तर उनले त्यसो गरेनन् ।
anil jha
कौतूहलको विषय के भने किन उपेन्द्र यादव अहिले भारत भक्त भए भन्ने हो ? दोश्रो संविधानसभाको सर्मनाक पराजयपछि एकअर्थमा मद्येशवादी दलको नेपाली राजनीतिमा वर्चश्व गौण हुन पुग्यो । उनी बिगतमा परराष्ट्र मन्त्री हुँदा उनले चीनसँग राम्रो सम्बन्ध कायम गरेका थिए भने भारतले पनि यादवलाई चीनको नजिकको मित्र भनिरहेको अवस्था थियो । आफू परराष्ट्र मन्त्री हुँदा र विमेष्टेकमा भाग लिनका लागि भारत भ्रमण गर्दा उनले कोशीवाँधको विषयमा कुरा उठाए कोशी नदीले नेपाल भन्दा भारतलाई धेरै असर गरेको त्यसको समाधान गर्नुपर्दछ भने । छिमेकीको मन्त्रीले भारतप्रति दया गरेको अर्थमा नवुझी राजनीतिक लाभको भनाईको अर्थमा भारतले लियो र टेरपुच्छर लगाएन ।
कुनैबेला बिरगंजमा पार्टीको महाधिवेशन हुँदा भारतीय गठबन्धनका कुनै नेताको अनुपस्थिति हुनु र चिनिया नेताहरुको उपस्थिति हुनुले भारतले शंसकित रुपमा हेरेको थियो यादवलाई । उनले त्यहीबिचमा नेपालका नेताहरुको दिल्ली दौडलाई ‘मक्का मदिना सरहको दौड’ भनि टिप्पणीसमेत गरेका हुन ।
पछिल्लो अवस्थामा उनलाई लाग्यो भारतसँग सम्बन्ध सुमधुर बनाउनमै आफ्नो भविष्य सुनिश्चित छ त्यसैले उनले भारतबाट प्रकासित हुने ‘तिसरी दुनिया’लाई अन्तरवार्ता दिदैं ‘मधेसीले सदैव भारतलाई आफ्नो मित्र ठानेको तर भारत सरकारले कहिल्यै मधेसलाई आफ्नोजस्तो नठानेको बताए’ यसलाई भारतीयहरुले नजिकका रुपमा लिएको साथै यो पत्रिकालाई खोजी खोजी भारतीय दुतावासलगायत नेपाल हेर्ने व्युरोमा समेत चर्चा रहेको बताउँछन जानकारहरु । त्यतिमात्र नभई उनले उनले यदि ‘मधेस बर्बाद भयो भने यसको सिधा असर भारतलाई पर्दछ’ भन्न भ्याए ।
आफ्नो भारतसँगको सम्बन्ध विग्रिएको र महन्थ ठाकुर र राजेन्द्र महतोको सम्बन्ध भारतसँग राम्रो भएको चालपाएपछि यादवले ठाकुरसँग सम्बन्ध राम्रो बनाइदिन आग्रह पश्चात गत श्रावणमा भारतीय विदेशमन्त्री सलमान खुर्शिदको नेपाल भ्रमणताका उनी बसेका द्वारिकाज होटलमा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत अनिल झा एकै पटक पुगेको श्रोतले बताउँछ ।

त्यहीबेला खुर्शिदले मधेशवादीदललाई एकजुट हुन अथ्र्याएका थिए भने उपेन्द्र यादवलाई चीनसँग नभई भारतसँग नजिकहुन सुझाएपछि उनले त्यही गरे जुन अहिले संसदमा देखिएको छ । राजनीतिक दलहरुको विभिन्न मोर्चा बनाउने क्रममा यादवले ७ वटा दललाई समेत समेटी संघिय लोकतान्त्रिक मोर्चासमेत बनाए तर जेसुकै मोर्चा बनाएपनि भारतको दाहिने हात चाहिन्छ भन्ने चेत खुलेपछि भारतप्रति नतमस्तक हुन पुगेका हुन ।
upendra yadav
एक अर्को विश्लेषण अनुसार भारतभक्त कहलिएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसवादीदललाई एकजुट बनाउन धेरैपल्ट बैठक डाके तर कोहीपनि उपस्थिति भएनन् । भारतको उदेश्यअनुरुप निर्वाचनअघिनै एकजुट हुनुपर्ने थियो ।
त्यतिबेला असार ८, २० र २४ गते गरी तीन तीनपल्टसम्म बैठक डाक्दा पनि मधेसवादीदलहरु एकजुट नहुनुमा पनि मधेसको राजनीतिमा आफूले आफैंलाई सर्वेसर्वा ठान्नाले थियो जसको परिणाम निर्वाचनमा देखिएपछि उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरले संयुक्त मोर्चा बनाउने र मोर्चाको संयोजक ठाकुरलाई नै दिने गोप्य सम्झौतागर्न वाध्य भएभने भारतीय डिजाइन अनुसार संसदमा हिन्दी भाषाको दबदबा सिर्जना गर्न अग्रसर रहे ।
राजनीतिक पंडितअनुसार मधेसवादी नेताहरुमा यादव राष्ट्रवादी र राष्ट्रभक्ति नेता मानिन्छन् । तर अप्रत्यासित रुपमा भारतभक्ति दर्शाउदैं उनले हिन्दी भाषामै भाषण गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक