20140202

अन्तर्राष्ट्रिय कलाकार मंचको १ करोडको अक्षयकोष खडा हुने, युरोप महाशाखा पुर्नगठन


बेल्जियम, २ फ्रेब्रुअरी । अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका अन्तरगत रही, यसकै निती नियम र बिधान पालना गर्दै युरोपमा महा शाखाको रुपमा गठित र कृयाशिल  अन्तर्राष्ट्रिय कलाकार मंच, युरोप महाशाखाको साधारण सभा बेल्जियमको एन्त्वरपेनमा आइतवार सम्पन्न गर्दै सभाले पुरानो कार्यसमितिलाई विघटन गरेर कलाकार / निर्देशक उज्जल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति

चयन गरेको छ ।  के.सी. नेपाल टेलिभिजनबाट प्रसारित “क्लोज अप ए – वन हिट्स , ‘ब्राइटर तिम्रो सुर मेरो गीत ’ जस्ता बहुचर्चित कार्यक्रमका संचालक तथा नेपाली चलचित्र र म्यूजिक भिडियोका निर्देशक समेत हुन भने बेल्जियमबाट निर्मित अंग्रेजी चलचित्रमा समेत छायांकन गरिसकेका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा बेल्जियम निवासी किङ फ्रांकी अबुतो, देवु श्रेष्ठ (देवेन युवराज) र श्याम श्रेष्ठलाई चयन गरेको छ । अबुतो अफ्रिकी फिल्म क्षेत्रमा कार्यरत छन भने श्याम श्रेष्ठ र देवु श्रेष्ठ नेपाली चलचित्रका निर्माता तथा नायक समेत हुन । यसैगरी मंचको महासचिवमा जर्मन निवासी दयाराम पौडेल र सचिवमा बेल्जियम निवासी बेनी ढुंगानालाई चयन गरेको छ । पौडेल चर्चित फोटोग्राफर तथा नाटककार र ढुंगाना कुशल कलाकार हुन् । पछिल्लो अवस्थामा फिल्म निर्माणमा हात हालेका बेल्जियम निवासी तेजेन्द्र कडेंललाई कोषाध्यक्ष र सहकोषाध्यक्षमा जर्मन निवासी गायक लक्ष्मण जोशीलाई समेत सभाले जिम्मेवारी दिएको छ । साथै मंचले सूचनाको लागि प्रवक्तामा बेल्जियम निवासी महेन्द्र पौडेललाई कार्यभार अर्पण गरेको छ । 


यसका साथै सदस्यहरुमा क्रमश कलाकार तथा नृत्य निर्देशक बिनोद शाही बेल्जियम, चलचित्र नायक निर्माता उपेन्द्र थापा बेल्जियम, नृत्य निर्देशक रमेश कार्की बेल्जियम, गायिका सुश्री हिना कार्की बेल्जियम, रेडियो कार्यक्रम संचालक दिपक पौडेल बेल्जियम, गीतकार लव थापा जर्मन, लोक गायक राजेन्द्र लम्साल स्पेन, गायिका सावित्री रिजाल हल्याण्ड, नरेन्द्र थापा बेल्जियम, कुमार श्रेष्ठ पोर्चुगल, दिपेश रेग्मी स्कटल्याण्ड र महिला संयोजक जर्मन निवासी गायिका तथा नृत्यकार श्रीमती तारा थापालाई मनोनित गरेको छ ।
सो अवसरमा ने. रु.१ करोडको ‘कलाकर्मी कल्याणकारी कोष’ खडा गर्नका लागि साधारण सभा सम्पन्न हुँदै गर्दा कलाकर्मी कल्याणकारी कोषका लागि करिव १५ सय पन्ध्र युरो अर्थात करिब २ लाख ५ हजारको प्रारम्भिक अक्षयकोष रकम जम्मा भएको छ। यसै बिच कलाकर्मी कल्याण कोस संचालक समितीमा पनि मनोनयन गरिएको छ,  जसमा मँचका केन्द्रिय महासचिब रमेश उप्रेती , युरोप महा शाखा अध्यक्ष एबम केन्द्रिय सदस्य उज्ज्वल केसी, महाशाखा महासचिब दयाराम पौडेल र नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल रहनुभएको छ ।    
यसैबीच विभिन्न कार्यदल समेत गठन गरिएको छ । ‘कलाकार चयन तथा पाहुन सत्कार’ का लागि श्याम श्रेष्ठको प्रमुख संयोजकमा बेनी ढुंगाना र उपेन्द्र थापालाई तोकिएको छ भने च्यारिटी तथा अर्थमा देवु श्रेष्ठ (देवेन युवराज) को प्रुमख संयोजकको तेजेन्द्र कडेंल र तारा थापालाई तोकिएको छ ।
यसैगरी मिडिया तथा प्रचार प्रसार प्रमुखमा महेन्द्र पौडेलको संयोजकत्वमा दयाराम पौडेल र लव थापालाई कामको बाँडफाँड गरिएको छ । अन्तमा नयाँ कार्यसमितिले चुस्त दुरुस्तका साथै क्रियासिलतामात्र नभई गतिशिलताका साथ आगामी कार्यक्रमहरु एकबद्धरुपले एकजुट भै गर्नका लागि सबैको एकमत भएको जनाउँदै कार्यक्रम समापन गरिएको घोषणा गरिएको थियो । विश्वभर ३० देशमा आफ्नो शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय कलाकार मंचको केन्द्रीय कार्यालय अमेरिका छ । यसको केन्द्रीय अध्यक्ष अमेरिकी निवासी लोक गायक रामप्रसाद खनाल हुन भने महासचिव नायक रमेश उप्रेती त्यसैगरि नेपाल शाखाका अध्यक्ष बहुचर्चित हाँस्य कलाकार शिवहरि पौडेल हुन्।
***************
साधारण सभाको सफलअताका लागि मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले अमेरिका बाट यसरी शुभकामना र सन्देश पठाएका थिए:  
*******************************************************************************
IRS/US - EIN No. 90-0610751,      Regd. VA/ ID: 0727799-9,      DCN: 10-09-13-0086
International Artists Forum
United States of America
अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका
________________________________________________________________________
Address in USA: 9726 Loudoun Ave, Manassas Virginia 20109, USA
Tel: 703-330-8251, Email: internationalartistsforum@gmail.com, www.iafusa.blogspot.com
_________________________________________________________________________________________
                                                                                              
   Jan. 30, 2014

Ram Prasad Khanal - President 

International Artists Forum
9726 Loudoun Ave Manassas VA
United States of America,
 www.iafamerica.com, Tel: 703-419-0924   ________________________________________ 



***********************************************************************

अन्तराष्ट्रिय कलाकार मँच का सम्पूर्ण महा शाखा एबम शाखा उपशाखा हरुलाई अत्यन्त जरुरी सूचना !

संसार भर फैलिएका जुन सुकै क्षेत्रका कलाकारहरु (गायक, न्रित्यकार, संगीतकार, साना ठुला पर्दाका चलचित्रका कलाकार, कला को कुनै पनि बिधा अन्तर्गत रहेका नेपाली वा जुनसुकै देश का, जुन सुकै बिधाका कलाकारहर) को साझा संस्था अन्तरराष्ट्रिय कलाकार मँच हाल संसार का ३० देश मा स्थापित भै कृयाशिल रहेको र कला सन्स्कृतिको लागि काम गर्ने सबै कलाकार हरुको छाता संगठन भएको सबैलाई बिदितै छ । स्थापित भैसकेका र कृयाशिल यसका महा शाखा, शाखा, उपशाखाहरु लाई केन्द्रिय समिती हार्दिक धन्यवाद ज्ञापन गर्दछ र कृयाशिल नदेखिएका केही शाखा हरुलाई कृयाशिल हुन आग्रह गर्दै मँचको बिधान अनुसार बर्षमा कम्तिमा दुई वटा कार्यक्रम गर्नै पर्ने ब्यबस्था भएको ले सोही अनुसार गर्नु गराउनुहुन निर्देश गरिन्छ । यसरी कार्यक्रम गर्दा हुने खर्च सम्बन्धित शाखाले नै बेहोर्ने छ भने आम्दानीको हकदार पनि सोही शाखा नै हुने छ । केन्द्र लाई कुनै शुल्क बुझाउनु पर्ने छैन । साथै यस अन्तर्गत का कुनै पनि शाखाहरुले सस्थाको नाम पुरा लेखी देश को नाम मात्र उल्लेख गर्दा केही भ्रम उत्पन्न भएको देखिएकोले अब देखी अन्तरराष्ट्रिय कलाकार मँच, + जुन देश को शाखा हो त्यही देश को नाम र शाखा लेख्न नभुल्नुहोला । जस्तै उदाहरण का लागि इजरायल ले "अन्तरराष्ट्रिय कलाकार मँच, इजरायल शाखा" । शाखा बिस्तार को क्रम को जारी छ । कुनै पनि बिधामा रहेका कलाकारहरुले संपर्क गर्न सक्नुहुन्छ । हाम्रो  ईमेल ठेगाना हो, iafamerica@gmail.com , rampdkhanal@gmail.com , internationalartistaforum@gmail.com
 बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै 
शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको। 

 " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक 
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र 
* महा सचिब - एक 
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक 
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने 
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )
यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशिओ कलाकार पनि समाबेश गर्न सकिने छ ।
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारीwww.iafamerica.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166 
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141 
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
website : www.iafamerica.com





                  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक